Monday, December 17, 2012

अपराध गतिबिधी-Crime News Pokhara



अपराध गतिबिधी
१)     बिभिन्न मितिमा अनैतिक कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ :-

जिल्ला प्रहरी कार्यालय कास्की र अन्य प्रहरी कार्यालयले पोखरा उपत्यका भित्र सार्बजनिक सदाचार र सामाजिक मर्यादा कायम गर्ने उद्देश्यले अनैतिक कार्यमा सलग्न हुंने महिला र पुरुष उपर कारबाही चलाउन गत हप्ता चलाईएको अभियानमा पोखरा उपत्यका स्थित बिभिन्न स्थानहरुबाट निम्न अनुसार मानिसहरु पक्राउ गरी केही सार्बजनिक अपराध शिर्षकमा मुद्दा दर्ता गरी  थप अनुसन्धान कारबाही भई रहेको ।
निम्न
सि.न.
मिति
 स्थान
पक्राउ गर्ने कार्यालय
पक्राउ महिला
पक्राउ पुरुष
जम्मा
०६९।०८।२४ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।२५ गते
पोखरा-२ नालाकोमुख
,,
०६९।०८।२५ गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
११
०६९।०८।२७ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
०६९।०८।२८ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
०६९।०८।२९ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
जम्मा
१५
१६
३१

२)        सवारी दर्ता किताव नबिकरण गर्ने भनी रकम लिई ठगी गर्ने पक्राउ ।

जि.स्याङजा चण्डीभन्ज्याङ- ७ घर भई हाल जि.कास्की पोखरा-८ सृजनाचोक बस्ने बर्ष-२७ को कृष्ण प्रसाद न्यौपानेले बिगत देखिनै सवारी साधनहरुको ब्लु बुक ( सवारी दर्ता किताव) यातायात ब्यवस्था कार्यालय गण्डकीबाट नबिकरण गराई दिने बहानामा सवारी धनीहरुसंग सवारी साधनको ब्लु बुक र रकम लिई नबिकरण गर्ने भनी ठगी गरेको खुल्न आएकोले निजको खोजतलासको क्रममा मिति २०६९।०८।२८ गते निजलाई बिभिन्न सवारी दर्ता किताबहरु सहित पक्राउ गरिएको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान गर्दा निजले आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुको सवारी दर्ता किताव नबिकरण गरि दिन्छु भनी सवारी दर्ता किताब लिई किर्ते तौरतरिका अपनाई दर्ता कितावमा नबिकरण गरी दिने तर बास्तबिक रुपमा उक्त दर्ता किताबहरुको नबिकरण नहुने खुल्न आएको छ । निज बिरुद्द ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।

मिति २०६९।०९।०१ गते ।

Wednesday, December 5, 2012

अपराध गतिबिधी सम्बन्धी बिबरण कास्की

                                                  हतियार सहित  मानिस पक्राउ
  • मिति २०६९/०/१८ गते दिन यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि। कास्की कृष्ति गा।बि।स। वडा नं(८ घर भै हाल पोखरा(१७ छोरेपाटन बस्ने वर्ष(२३ को बिशाल गुरुङलाई पोखरा १० सिताराम हाउजिङबाट नं(७७९४८।३२ बोरको Made in England लेखिएको पिस्तोल थान(१ र ऐ।को म्याग्जिन थान(१ सहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको ।

                         जबरजस्ती चन्दा नदिए अपहरण गर्ने धम्की दिने प्रतिबादीहरु पुर्पक्षको लागी थुनामा
  • मिति २०६९/०७/२० गते १५:०० बजेको समयमा कास्की पोखरा उ.म.न.पा.वडा नं.(५ जिरोमा जि।कास्की पोखरा(१३ बाझापाटन बस्ने बर्ष(२३ को बिनोद गुरुङ, ऐ। कमलपोखरी बस्ने बर्ष(१९ को मनजिल गुरुङ समेतले श्री सत्य युबक्वल बाझापटनको रसिद देखाई जबर्जस्ती रकम माग गरेको र उक्त रकम नदिए अपहरण गर्ने धम्की दिएको भन्ने ब्यहोराको जाहेरी परे अनुसार मुद्दा दर्ता गरी यस कार्यालयबाट सम्पुर्ण अनुसन्धान पश्चात कास्की जिल्ला अदालतमा पेश गरिएकोमा निज प्रतिबादीहरु कास्की जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षको लागी थुनामा गएको ।
                                            मृत अवस्थामा शव फेला परेको
  •  मिति २०६९/०८/२० गते जि।कास्की भरतपोखरी गा.बि.स.वडा नं.(२ बस्ने श्री जनजागृति नि.मा.वि.का शिक्षक बर्ष (४६ को अर्जुन गिरीको ऐ. ले.न.पा.वडा नं.(१३ तल्लोगगनगौडा स्थित खहरे खोलामा मृत अवस्थामा शव फेला परेको, उक्त शवको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पतालमा राखिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।
मिति २०६९।०८।२० गते ।

Thursday, November 29, 2012

सवारी दुर्घटना Accident and other incident


सवारी दुर्घटना

आज मिति २०६९।८।१० गते १२:१५ बजेको समयमा जि. कास्की
माझठाना गा.वि.स. वडा नं. ३ स्थित कृष्णभिर भन्ने स्थानमा पोखराबाट कास्की जिल्लाको थुम्सीकोट गा.वि.स. तर्फ गईरहेको ग.१.ख. २०३६ नं. को यात्रुवाहक बस सडक देखि अं. २०/२५ मिटर तल
खस्न गई दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका निम्न ८ जना यात्रुहरु घाईते भएको, निजहरुको प.क्षे. अस्पतालमा उपचार भईरहेको, चालक जि. कास्की माझठाना १ बस्ने वर्ष ३० को सिताराम तिवारी प्रहरी चौकी
शिसुवामा रहेको, उक्त बस सोही स्थानमा रहेको, घटनास्थलमा प्रहरी चौकी शिसुवाबाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली परिचालन गरी उद्धार गरिएको ।

घाईतेहरुको नामावली :

१) जि. कास्की माझठाना २ बस्ने वर्ष ४० कि कुमारी घिमिरे ।
२) एै. मिजुरे २ बस्ने वर्ष ८० कि सुमित्रा बि.क. ।
३) एै. वडा नं. ३ बस्ने वर्ष १७ को सुशान्त शाही ।
४) ले.न.पा. ७ बस्ने वष ४९ कि दिलमाया सुनार ।
५) जि. स्याङ्गजा तेल्काचौर १ बस्ने वर्ष ३० चेत बहदुर गुरुङ्ग
६) भारत मोतिहारी घर भै पोखरा १४ चाउथे बस्ने वर्ष २० को दशचथ कोहार ।
७) एै.एै. बस्ने वर्ष १७ को जमसेद आलम ।
८) एै.एै. बस्ने वर्ष १८ को जावेद आलम ।

जुवातास खेल्नेहरु पक्राउ: 

मिति २०६९/८/९गते जि. कास्की ढिकुरपोखरी गा.वि.स. वडा नं. २ स्थित पुन्य प्रसाद सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले तास तथा नगद रु . १,६७,९५०।– सहित निम्न मानिसहरुलाई पक्राउ गरी मिति २०६९/८/९ गते देखि लागू हुने गरी सम्मानीत कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति पत्र लिई जुवा मुद्धा दर्ता गरी कारवाही अनुसन्धान भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु :

१) जि. कास्की ढिकुरपोखरी ३ बस्ने मोहनध्वज कुंवर ।
२) ढिकुरपोखरी– २ बस्ने वर्ष पशुपति भुगाई ।
३) ढिकुरपोखरी– १ बस्ने लक्ष्मण दाहाल ।
४) ढिकुरपोखरी– २ बस्ने महेन्द्र कुंवर ।
५) ढिकुरपोखरी– १ बस्ने एक बहादुर कुंवर ।
६) ढिकुरपोखरी– ६ बस्ने राजकुमार गुरुङ्ग ।
७) ढिकुरपोखरी– ३ बस्ने कृष्ण बहादुर श्रेष्ठ
८) ढिकुरपोखरी– १ बस्ने एकाधर तिवारी ।
९) ढिकुरपोखरी– २ बस्ने दिपक अधिकारी ।
१०) ढिकुरपोखरी– २ बस्ने रेशम सुवेदी ।
११) ढिकुरपोखरी– ३ बस्ने बसन्त कुंवर ।
१२) ढिकुरपोखरी– २ बस्ने मिम बहादुर गौचन ।
१३) ढिकुरपोखरी– २ बस्ने रामचन्द्र थापा ।
१४) ढिकुरपोखरी– २ बस्ने धर्मराज सुवेदी ।

मिति : २०६९/०८/१० गते ।
कास्की जिल्ला प्रहरी कार्यालय,

Thursday, November 22, 2012

सवारी दुर्घटना-Bus Accident in Hamja,kaski,Nepal

१)    आज मिति २०६९/८/७ गते १:०० बजेको समयमा पोखरा बाट बाग्लुङ्ग तर्फ गईरहेको ग.१.ख. २१५६ नं. को यात्रुवहाक बस जि. कास्की हेम्जा गा.वि.स. वडा नं. ७ सुईखेत चोकमा पुग्दा अचानक सडक किनारामा पल्टिन गई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको, चालक जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २५ को विरेन्द्र दर्जीलाई पक्राउ गरी व.प्र.का. बगरको नियन्त्रणमा राखिएको, बस घटनास्थलमा नै रहेको ।

घाईतेहरुको बिवरण:
१)    जि. बाग्लुङ्ग न.पा. २ बस्ने वर्ष ६८ कि जयकली थापा
२)    जि. म्याग्दी तारगुम २ बस्ने वर्ष २७ कि डिल कुमारी परियार
३)    ऐ.ऐ. बस्ने वर्ष १९ कि सुशिला परियार
४)    ऐ.ऐ. बस्न वर्ष २४ को प्रेम परियार
५)    जि. बाग्लुङ्ग पैयूपाटा ४ बस्ने वर्ष ३१ कि माया देवी रेग्मी
६)    जि. म्याग्दी दरवाङ्ग ९ बस्ने वर्ष ३९ कि नर कुमारी सुनार
७)    जि. गोर्खा मान्वु ३ बस्ने वर्ष ४२ को राज कुमार गुरुङ्ग
८)    जि. बाग्लुङ्ग पाला ४ बस्ने वर्ष ७० को बालकृष्ण गौतम
९)    ऐ. पैयूपाटा ५ बस्ने वर्ष ५२ को देवी प्रसाद सुवेदी
१०)  जि. पर्वत शंकरपोखरी ४ बस्ने वर्ष ३५ को केशव रिजाल
११)  ऐ. खुर्कोट १ बस्ने वर्ष ३१ को रामचन्द्र बास्तोला

Sunday, November 18, 2012

खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या

जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(२ मिरुवा स्थित रुद्र प्रसाद तिमिल्सेनाको श्रीमती बर्ष(३५ की मुना तिमिल्सेनालाई घाटीको पछाडीको भाग गर्धन रेटिएको अवस्थामा आफ्नै घरकोठामा मृत अवस्थामा रहेकी भन्ने आज मिति २०६९/०८/०१ गते बिहान ०७स्१५ बजेको समयमा यस कार्यालयमा टेलीफोन मार्फत् जानकारी प्राप्त हुंन आए अनुसार सो स्थानमा यस कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट घट्नास्थल बिशेषज्ञ सहित प्रहरी अधिकृतको टोली खटिई गई मृत लाशको प्रारम्भिक कारबाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाईएको, वारदात स्थलबाटनै पक्राउ परेका मृतकका श्रीमान निज रुद्र प्रसाद तिमिल्सेनाले प्रारम्भिक सोधपुछमा बताए अनुसार घरायसी बादबिबादमा निजले राती सुती रहेको अवस्थामा आफ्नै घरमा रहेको खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको खुल्न आएको छ । घट्नास्थलबाट वारदातमा प्रयोग भएको खुकुरी थान(१ बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ।