Wednesday, November 14, 2012

अपराध गतिबिधी पटकाहरु सहित मानिस पक्राउ

आज मिति २०६९/०७/२९ गते दिन बिभिन्न स्थानहरुबाट निम्न पटकाहरु  सहित  मानिस पक्राउ
१०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटा स्थितचोक भित्र शिसु निकेतन बोडिङको आडमा नारायण भट्टराईको पसलबाट बच्चाले खेलाउने प्लाष्टिकको पिस्तोलमा राखी पड्काउने पटका ४ पोका सहित पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा रहेको ।
२०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटाचोक स्थित पुष्प स्टेशनरीको संचालक ईन्द्र ढुंगानाको पसलबाट साढे १ प्याकेट आलु बम सहित बरामद गरिएको ।
३०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० कुंडहरचोक नजिकै अन्नपुर्णचोकबाट कृष्ण थापाको किराना पसलबाट २६ पिस खुर्सानी पटका सहित संचालकलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय रामबजारमा रहेको ।
४.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(३ नदिपुरबाट R and R पसलबाट रोयल क्याप पटका सहित संचालक मान बहादुर कुवरलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगरमा रहेको ।
५.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ बुद्व बिशालबजार भित्र प्रितम कस्मेटिक पसलबाट ३० पोका प्लाष्टिकको पिस्तोलमा राखी पट्काउने पटका सहित संचालक बिनोद कुमार जैसवाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा रहेको ।
६.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ पालिखेचोक स्थित फोटो फ्रेम पसलबाट संचालक राम नारायण शाहलाई निम्न पटका सहित पक्राउ गरी जि.प्र.का.मा रहेको ।
निम्नस् :
१. खुर्सानी बम( ५०० प्याकेट                 
२. मछले छाप पटका – २५५ प्याकेट ।
३. वहिल क्याप पटका ( १६६ प्याकेट ।       
४. भईचम्पा ( ३३ प्याकेट ।
५.  रकेट बम( ११ प्यकेट ।                       
६. फुलझडी बम( ९७ पिस ।
७. आलु बम( १० प्याकेट ।                         
 ८. चकलेट बम( १८० पिस ।


मिति २०६९/०७/२९ गते ।

Sunday, November 11, 2012

अपराध गतिबिधी:धारिलो हतियार प्रहार गरी हत्या-Crime News

मिति २०६९/०७/२५ गते अ.:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ शान्तीपटन चोक बगैचा मार्गमा १५/२० जनाको समुहले धारिलो हतियार प्रहार एबं हातपात गरी जि। कास्की पोखरा  उ.म.न.पा.वडा नं.(६ गौरीघाट बस्ने बर्ष(१६ को मिथुन बि.क.लाई गम्भिर घाईते बनाई निजलाई तत्काल उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएकोमा ऐ.७:०५ बजे उपचारको क्रममा मृत्यु भएको, कुटपिटमा संलग्न रहेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई वारदातमा प्रयोग भएको हतियार सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको । वारदातमा संलग्न अन्य ब्यक्तिहरुको खोजतलासको कारबाही भई रहेको तथा मृत शव पोष्टमार्टमको लागि प.क्षे.अस्पताल पोखरामा रहेको ।
निम्न:
१.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ बस्ने अं. बर्ष(१७ को रोहन ओली ।
२.    ऐ.बस्ने अं.बर्ष(१८ को राजु पाण्डे ।
३.    ऐ. बस्ने अं.बर्ष(१७ को संजय गुरुङ ।
४.    ऐ. बस्ने अं।बर्ष(१७ को देबेन्द्र पुन ।
५.    ऐ. बस्ने अं.बर्ष(१८ को लोकेन्द्र थिङ ।
६.    ऐ. बस्ने अं.बर्ष(१७ को सरोज जलारी ।
७.    ऐ. बस्ने अ.बर्ष(१७ को जिन्दगी भण्डारी  ।
८.    ऐ. बस्ने अं.बर्ष(१६ को मिलन जलारी ।
मिति २०६९/०७/२६ गते ।
District police office Kaski,Nepal

Monday, November 5, 2012

सवारी दुर्घटना -Accident

१)    आज मिति २०६९।७।१७ गते १८ः२५ बजेको समयमा जि. कास्की पोखरा – ९ नगरपालिका कार्यालय नजिक ग.१.च. ७९६० नं. को प्राईभेट कारले बा.२३.प. ६६४०, ग.५.प. ९००९, ग.५.प.५४१, ग.५.प ६९२६, ग.१.च. ८०१६, ग.१.च. ७२६७ नं. को कार समेत गरी ६ वटा सवारी साधनलाई ठक्कर दिंदा मोटरसाईकलहरुमा सवार ५ जना मानिसहरु घाईते भई उपचारको लागि मेट्रो सिटी अस्पतालमा लगिएकोमा जि. कास्की पोखरा १७ विरौटा बस्ने अं. वर्ष ४०÷४५ की हिरा गुरुङ्ग (स्कुटर पछाडि बस्ने) को उपचारको क्रममा मृत्यु भएको, निम्न घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको । चालक जि. कास्की ले.न.पा. ४ बस्ने कल्याण अधिकारी र उक्त नं. को कार जिल्ला प्रहरी कार्यालय कास्कीको  नियन्त्रणमा रहेको ।
घाईतेहरु ः
(क)    पोखरा १७ विरौटा बस्ने वर्ष ३५ को युवराज मिश्र
(ख)    पोखरा १७ बस्ने वर्ष २० कि सर्मिला पोखरेल ।
(ग)    पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष २५ कि सरिता गुरुङ्ग ।
(घ)    पोखरा १५ रामबजार बस्ने वर्ष ४७ को केशव थापा ।

२)    आज मिति २०६९।७।१७ गते १९ः०० बजेको समयमा जि. कास्की ले.न.पा. १२ स्थित माथिल्लो गगनगौडामा कोत्रे बाट पोखरा तर्फ आउँदै गरेको ग.१.त. २७२८ नं. को पछाडिको ट्रली छुटिन गई ट्याक्टर अनियन्त्रित भई नालीमा खस्न जादा ट्याक्टरमा यात्रा गरी आईरहेका ५ जना मानिसहरु घाईते भई स्थानिय मेडिकलहरुमा उपचार भईरहेकोमा घाईते मध्ये ले.न.पा. १२ बस्ने वर्ष ३४ कि धनमाया पाईजा र सरस्वती मगर गम्भिर घाईते भई उपचारको लागि प.क्षे. अस्पताल ल्याईएको, ट्याक्टर तथा चालक व.प्र.का. गगनगौडा कास्कीको नियन्त्रणमा रहेको ।






Man Arrested with Drugs-लागू औषध सहित मानिस पक्राउ


    भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन रघुनाधपुर बैजनाधपुर छौडदानो घर भई हाल जिल्ला तनहु छाङ्ग गा.वि.स. वडा नं. १ डेरा गरी बस्ने वर्ष ४८ को अशोक प्रसाद शाहले भारतको रक्सौलबाट अवैध लागू औषध खरिद गरी ल्याई लेखनाथ नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई कार्यालय पोखराबाट प्रहरी निरीक्षक विश्वराज सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ७ तालचोकमा सवारी चेकजाँच गर्ने क्रममा निजले हाँकेको ग.४.प. ८६९३ नं. को कालो पल्सर मोटरसाईकल नियन्त्रणमा लिई तलासी लिने क्रममा मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखेको अवैध लागू औषध नर्फिन ईन्जेक्सन १४४ थान, डाईजापाम ईन्जेक्सन १७१ थान, फेनरागन ईन्जेक्सन २११ थान, नगद नेपाली रुपैयाँ ३,००,०००।– (तिन लाख) र भारतीय रुपैयाँ २,१०,०००।– (दुई लाख दश हजार) सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, October 31, 2012

लागु औषध फेन्सिडिल सहित पक्राउ -Crime News

अपराध गतिबिधी
दशै तथा दिपावलीको अवसरमा चालिएको सुरक्षा चेकिङको क्रममा यस जिल्ला अन्तर्गत जि.कास्की ले.न.पा. स्थित पृथ्वीराजमार्ग सडकमा कुकुर द्वारा चेकिङ गर्ने क्रममा भैरहवाबाट पोखरा तर्फ आई रहेको ना १८७९ नं. को बस चेकजांच गर्ने क्रममा लागु औषध फेन्सिडिल ५२ सि.सि. बरामद गरी सो ला.औ.खरिद गरि मगाउने जि.कास्की दाङसिङ गा.बि.स.वडा नं.( घर भई पोखरा उ.म.न.पा.वडा नं.( नयाबजार बस्ने बर्ष(३९ को बाबुराम गुरुङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको

लागु औषध नाईट्रोसन सहित पक्राउ
 मिति २०६९/०७/१२ गते ११:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० अम्मरसिह चोकमा जि.कास्की घाचोक गा.बि.स.वडा नं.( बस्ने बर्ष(३८ को अजय भन्ने दिपक गुरुङलाई संकित अवस्थामा फेला पारी सरिर खानतलासी लिंदा निजको साथबाट ला.औ.नाईट्रोसन २८० चक्की बरामद एबं पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्यादथप अनुमती लिई लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भई रहेको  

फरार प्रतिबादी पक्राउ
प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी कुबेर सिंह पुन समेत भएको हातहतियार खरखजना मुद्दामा तत्काल फरार रहेका प्रतिबादी मध्येका जि।स्याङजा चिलाउनेबास गा।बि।स।वडा नं.( घर भई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.( नागढुङगा बस्ने नरेन्द्र बहादुर गुरुङलाई मिति २०६९/०७/१३ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा आवस्यक कारबाहीको लागि पठाईएकोमा निजलाई उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीको फैसला अनुसार बर्ष कैद ठेकिए अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशले सो अबधी भुक्तान गर्न कारागार कार्यालय कास्कीमा चलान गरिएको

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा  
मिति २०६९।०७।१४ गते