Monday, November 5, 2012

सवारी दुर्घटना -Accident

१)    आज मिति २०६९।७।१७ गते १८ः२५ बजेको समयमा जि. कास्की पोखरा – ९ नगरपालिका कार्यालय नजिक ग.१.च. ७९६० नं. को प्राईभेट कारले बा.२३.प. ६६४०, ग.५.प. ९००९, ग.५.प.५४१, ग.५.प ६९२६, ग.१.च. ८०१६, ग.१.च. ७२६७ नं. को कार समेत गरी ६ वटा सवारी साधनलाई ठक्कर दिंदा मोटरसाईकलहरुमा सवार ५ जना मानिसहरु घाईते भई उपचारको लागि मेट्रो सिटी अस्पतालमा लगिएकोमा जि. कास्की पोखरा १७ विरौटा बस्ने अं. वर्ष ४०÷४५ की हिरा गुरुङ्ग (स्कुटर पछाडि बस्ने) को उपचारको क्रममा मृत्यु भएको, निम्न घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको । चालक जि. कास्की ले.न.पा. ४ बस्ने कल्याण अधिकारी र उक्त नं. को कार जिल्ला प्रहरी कार्यालय कास्कीको  नियन्त्रणमा रहेको ।
घाईतेहरु ः
(क)    पोखरा १७ विरौटा बस्ने वर्ष ३५ को युवराज मिश्र
(ख)    पोखरा १७ बस्ने वर्ष २० कि सर्मिला पोखरेल ।
(ग)    पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष २५ कि सरिता गुरुङ्ग ।
(घ)    पोखरा १५ रामबजार बस्ने वर्ष ४७ को केशव थापा ।

२)    आज मिति २०६९।७।१७ गते १९ः०० बजेको समयमा जि. कास्की ले.न.पा. १२ स्थित माथिल्लो गगनगौडामा कोत्रे बाट पोखरा तर्फ आउँदै गरेको ग.१.त. २७२८ नं. को पछाडिको ट्रली छुटिन गई ट्याक्टर अनियन्त्रित भई नालीमा खस्न जादा ट्याक्टरमा यात्रा गरी आईरहेका ५ जना मानिसहरु घाईते भई स्थानिय मेडिकलहरुमा उपचार भईरहेकोमा घाईते मध्ये ले.न.पा. १२ बस्ने वर्ष ३४ कि धनमाया पाईजा र सरस्वती मगर गम्भिर घाईते भई उपचारको लागि प.क्षे. अस्पताल ल्याईएको, ट्याक्टर तथा चालक व.प्र.का. गगनगौडा कास्कीको नियन्त्रणमा रहेको ।






Man Arrested with Drugs-लागू औषध सहित मानिस पक्राउ


    भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन रघुनाधपुर बैजनाधपुर छौडदानो घर भई हाल जिल्ला तनहु छाङ्ग गा.वि.स. वडा नं. १ डेरा गरी बस्ने वर्ष ४८ को अशोक प्रसाद शाहले भारतको रक्सौलबाट अवैध लागू औषध खरिद गरी ल्याई लेखनाथ नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई कार्यालय पोखराबाट प्रहरी निरीक्षक विश्वराज सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ७ तालचोकमा सवारी चेकजाँच गर्ने क्रममा निजले हाँकेको ग.४.प. ८६९३ नं. को कालो पल्सर मोटरसाईकल नियन्त्रणमा लिई तलासी लिने क्रममा मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखेको अवैध लागू औषध नर्फिन ईन्जेक्सन १४४ थान, डाईजापाम ईन्जेक्सन १७१ थान, फेनरागन ईन्जेक्सन २११ थान, नगद नेपाली रुपैयाँ ३,००,०००।– (तिन लाख) र भारतीय रुपैयाँ २,१०,०००।– (दुई लाख दश हजार) सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, October 31, 2012

लागु औषध फेन्सिडिल सहित पक्राउ -Crime News

अपराध गतिबिधी
दशै तथा दिपावलीको अवसरमा चालिएको सुरक्षा चेकिङको क्रममा यस जिल्ला अन्तर्गत जि.कास्की ले.न.पा. स्थित पृथ्वीराजमार्ग सडकमा कुकुर द्वारा चेकिङ गर्ने क्रममा भैरहवाबाट पोखरा तर्फ आई रहेको ना १८७९ नं. को बस चेकजांच गर्ने क्रममा लागु औषध फेन्सिडिल ५२ सि.सि. बरामद गरी सो ला.औ.खरिद गरि मगाउने जि.कास्की दाङसिङ गा.बि.स.वडा नं.( घर भई पोखरा उ.म.न.पा.वडा नं.( नयाबजार बस्ने बर्ष(३९ को बाबुराम गुरुङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको

लागु औषध नाईट्रोसन सहित पक्राउ
 मिति २०६९/०७/१२ गते ११:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० अम्मरसिह चोकमा जि.कास्की घाचोक गा.बि.स.वडा नं.( बस्ने बर्ष(३८ को अजय भन्ने दिपक गुरुङलाई संकित अवस्थामा फेला पारी सरिर खानतलासी लिंदा निजको साथबाट ला.औ.नाईट्रोसन २८० चक्की बरामद एबं पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्यादथप अनुमती लिई लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भई रहेको  

फरार प्रतिबादी पक्राउ
प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी कुबेर सिंह पुन समेत भएको हातहतियार खरखजना मुद्दामा तत्काल फरार रहेका प्रतिबादी मध्येका जि।स्याङजा चिलाउनेबास गा।बि।स।वडा नं.( घर भई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.( नागढुङगा बस्ने नरेन्द्र बहादुर गुरुङलाई मिति २०६९/०७/१३ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा आवस्यक कारबाहीको लागि पठाईएकोमा निजलाई उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीको फैसला अनुसार बर्ष कैद ठेकिए अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशले सो अबधी भुक्तान गर्न कारागार कार्यालय कास्कीमा चलान गरिएको

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा  
मिति २०६९।०७।१४ गते                                                         

Wednesday, October 24, 2012

सवारी दुर्घटना

आज मिति २०६९/०७/०८ गते, दिनको अं.2::५५ बजेको सममयमा जि।कास्की पोखरा उपमहानगर पालिका चिप्लेढुङ्गा तर्फबाट तनहुं दमौली तर्फ जादै गरेको ग.१ख ३९६५ नं।को बस पोखरा(८ स्थित सभागृह चोक नजिक पुगी विपरित दिशाबाट आएको बा,३५प ४६२३ नं.को मो.सा.लाई साईड दिने क्रममा अचानक सो बस सडकमा पल्टिन जांदा जि।कास्की लेखनाथ न.पा.(१ बस्ने बर्ष(१८ को सुदर्शन सुवेदी घाईते भई तत्काल उपचारको लागी प।क्षे।अस्पताल गण्डकी पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको , तत्काल घटनास्थलमा यस का.बाट SOCO सहितको प्रहरी टोली खटिई गई घटनास्थल तथा लास जांच मुचुल्का कार्य सम्पन्न गरी शव पो.मा.को लागी अस्पतालमै राखिएको, बस चालक का.म.न.पा.(२३ बस्ने बर्ष(२८ का कमल श्रेष्ठ र बस यस का.को नियन्त्रणमा, सडक अवरोध नभएको साथै सो बस पल्टिन जांदा बसमा सवार निम्न व्यक्तिहरु घाईते भई प.क्षे.अस्पताल गण्डकी पोखरा तथा चरक अस्पतालमा उपचार गराई रहेको।
निम्न:
१, लक्ष्मण पौडेल बर्ष(४५, जि।कास्की पोखरा(९ नयांबजार ९सामान्य घाईते. चरक अस्पतालमा।
२, शोभा के।सी। बर्ष(३०, जिल्ला कास्की लामाचौर (३ बस्ने ९सामान्य घाईते.चरक अस्पतालमा ।
३, कुल ब।बस्नेत बर्ष(२५, जिल्ला कास्की लेखनाथ(१ बस्ने ९सामान्य घाईते. ।
४, भारत घर बताउने बर्ष(३६ को दिपक धामी ९सामान्य घाईते. ।
५, राजन कार्की बर्ष(२४, जिल्ला कास्की पोखरा(५ मालेपाटन बस्ने ९सामान्य घाईते. ।
६, तारा कार्की बर्ष(२३,    ऐ.ऐ.बस्नने ९सामान्य घाईते. ।
७, रिहेन कार्की बर्ष(४, ऐ.ऐ. बस्ने ९सामान्य घाईते. ।
८, रिहाना कार्की बर्ष(४, ऐ.ऐ.बस्ने ९सामान्य घाईते. ।
९, महेश कार्की बर्ष(२२, जिल्ला तनहुं खैरेनीटार(४ बस्ने ९ गम्भिर घाईते.।
१०, नितु थापा बर्ष(जिल्ला कास्की ह्याङजा(१ बस्ने ९सामान्य घाईते.।
११, निलम थापा बर्ष(१३ ऐ.ऐ बस्ने ९ सामान्य घाईते.।
१२,बिष्णु थापा बर्ष(३४ ऐ.ऐ बस्ने ९सामान्य घाईते।
१३,निकिता थापा बर्ष(१४ ऐ.ऐ। बस्ने ९सामान्य घाईते।
१४, मेनुका नेपाली बर्ष(१९ जिल्ला कास्की लेखनाथ(९ बस्ने९सामान्य घाईते।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा ।

Friday, October 19, 2012

पोखरामा लागू औषध सहित मानिस पक्राउ-Man Arrested with Drugs in Pokhara

    पोखरा – रामबजार एरियामा लागू औषध विक्री वितरण तथा सेवन गर्दछन भन्ने विशेष सुराकीको आधारमा मिति २०६९।०६।३० गते वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १० उत्तमचोक स्थित सडकमा हिडी रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिहरुको साथबाट नाईट्रोसन चक्की १६ थान, फेनरागन ईन्जेक्सन ४८ थान, नर्फिन ईन्जेक्सन ४८ थान, डाईजापाम ईन्जेक्सन ४८ थान सहित पक्राउ गरिएको । निजहरुलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु:
  1. जि. कास्की मिजुरेडाँडा गा.वि.स. वडा नं. ८ घर भै हाल पोखरा १२ माटेपानी  बस्ने वर्ष २४ को काले तमु  भन्ने ईन्द्र बहादुर गुरुङ्ग ।
  2.  जि. चितवन जुटपानी घर भै हाल पोखरा १३ वाझापाटन बस्ने वर्ष २४ को सौरभ गुरुङ्ग ।
जिल्ला प्रहरी कार्यालय, कास्की