Friday, October 12, 2012

Different Incident In Pokhara-प्रहरी गतिविधि

  लागू औषध सहित मानिस पक्राउ

     जिल्ला कास्की लेखनाथ .पा. वडा नं. भण्डारढिक बस्ने वर्ष ३१ को निर बहादुर गुरुङ्गले विभिन्न किसिमका लागू औषधहरु ओसार पसार, विक्री वितरण गर्ने गर्दछन भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी शिसुवाबाट खटिएको प्रहरी टोलीले निजको घर कोठाबाट डाईजापाम , नर्फिन फेनरागन सहित निज निर बहादुर गुरुङ्गलाई पक्राउ गरी लागू औषध मुद्धामा थप अनुसन्धान कारवाही भईरहेको

जवरजस्ती सुन चोर्ने पक्राउ

      मिति २०६९/६/१९ गते बेलुका अं७:०० बजेको समयमा जि. कास्की हेम्जा सापकोटाचोक बस्ने तारा जैसी (पौडेल) आफनो खुद्रा पसलमा बसी रहेको अवस्थामा अपरिचित व्यक्तिहरुले निजले लगाएको अं. एक तोलाका सुनको सिक्री जवरजस्ती लुटी चोरी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई चोरी गरेको सुनको सिक्री सहित पक्राउ गरी मिति २०६९।६।२५ गते देखि नै लागू हुने गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई चोरी मुद्धामा थप अनुसन्धान कारवाही भईरहेको

पक्राउमा परेको व्यक्तिहरु
()      जि. धादिङ्ग फुलखर्क घर भई हाल कास्की जि. हेम्जा बस्ने बिमल बहादुर गुरुङ्ग, 
()      जि. धादिङ्ग फुलखर्क घर भई हाल कास्की जि. हेम्जा बस्ने अन्जु गुरुङ्ग
()       जि. धादिङ्ग फुलखर्क घर भई हाल कास्की जि. हेम्जा बस्ने  बुद्धिमान गुरुङ्ग

सवारी दुर्घटनाबाट मानिसको मृत्यु :

   मिति २०६९/०६/२६ गते बिहान ०३:२० बजेको समयमा जि. कास्की पोखरा उप...पा. वडा नं. जिरो कि.मी.मा पार्किङ्ग एवं रोकी राखेको ना... ७०१९ नं. को बसमा सोही समयमा लेकसाईड तर्फबाट आई रहेको बा... १८०० नं. को कार उक्त बसमा आई ठक्कर खाँदा उक्त कारमा सवार जना मध्ये कार चालक पोखरा सृजनाचोक बस्ने वर्ष २० को मोहन नेपालीको घट्नास्थलमै मृत्यु भएको, तत्काल प्रहरी टोली पुगी उद्धार गरी मृतक लास .क्षे. अस्पतालमा पठाईएकोमा उक्त लाशको प्रारम्भिक अनुसन्धान पुरा गरी मृतक लाश आफन्तको जिम्मा लगाईएको सोही गाडीमा रहेका अन्य जना व्यक्तिहरु सामान्य घाईते भएको

जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, October 10, 2012

अवैध रुपमा भसी भित्रयाउने पक्राउ-Crime News


 राति प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले छोरेपाटनमा चेकिङ्गको क्रममा स्याङजा देखि पोखरा तर्फ आई रहेको ध.१.ख. ३६२ नं. को मिनी ट्रकमा अवैध रुपमा भित्रयाईएको ६ वटा भैसी सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भैसी सहित पक्राउ मानिसहरु जिल्ला पशु सेवा कार्यालय कास्की पोखरामा पठाईएको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. स्याङ्गजा विरुवा अर्चले ३ बस्ने वर्ष ३९ को तिल बहादुर गुरुङ्ग   
२)    ऐ.ऐ. बस्ने वर्ष २० को मोहन राना ।
३)    ऐ.ऐ. वडा नं. ५ बस्ने वर्ष ३१ को भिम बहादुर थापा
४)    ऐ. पुतलीबजार न.पा. १२ राङ्गखोला बस्ने वर्ष ३६ को ईन्द्र जित थापा

लागू औषध सहित मानिस पक्राउ:
 जिल्ला म्याग्दी शिखा गा.वि.स. वडा नं. २ घर भई हाल  जि. कास्की पोखरा ३ नदीपुर डेरा गरी बस्ने वर्ष ३० को श्याम भन्ने रुक बहादुर तिलिजा पुनले लागू औषध विक्री वितरण गर्दछन भन्ने विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले निजको डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४१ थान, डाईजापाम ईन्जेक्सन ३२ थान, फेनरागन ईन्जेक्सन ४५ थान सहित निजलाई पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

विभिन्न मोडेलका मोवाईल चोरी गर्ने पक्राउ-Different Incident


पोखरा ६ बैदाम एरियामा मोवाईल चोरी भएको छ भन्ने  सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बैदाम एरियामा चेकजाँच गर्ने क्रममा जि. ओखलढुंगा खिजीकाती गा.वि.स.  वडा नं. ९ घर भई हाल पोखरा बस्ने वर्ष ३० को होम बहादुर खत्रीको साथबाट विभिन्न कम्पनी र मोडेलका ५ थान मोवाईल सेट-HTC Screen Touch Mobile 1, L.G E400 Screen Touch Mobile 1, Sony Ericsson Mobile 1, C7 Screen Touch Nokia Mobile 1,  C2 Nokia Mobile 1) र सोनी कम्पनीको १ थान भिडियो क्यामरा सहित पक्राउ गरिएको । निजलाई चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको । उल्लेखित मोवाईल हरु मध्ये C7 Screen Touch Nokia Mobile 1,मोवाईल सनाखत भई सकेको । अन्यको हकमा हालसम्म सनाखत नभएको ।

दुम्सी मार्ने पक्राउ:
मिति २०६९।०६।२१ गते साँझ ८:५५ बजे कास्की जिल्ला लेखनाथ न.पा. वडा नं. ४ गुंदेताल नजिकै अं. ५।६ के.जी. को दुम्सीलाई तिर प्रहार गरी मारी मृत अवस्थाको दुम्सी घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी शिसुवाबाट खटिएको प्र.नि. सहितको टोलीले मृत अवस्थाको दुम्सी र निम्न २ जना व्यक्तिलाई पक्राउ गरी कारवाहीको लागि वन कार्यालय शिसुवा रेन्जमा पठाईएको ।
पक्राउमा परेका व्यक्ति:
१)    मकवानपुर भैसे १ घर भई हाल ले.न.पा. ३ कालिकाचोक बस्ने वर्ष ३० को डिल बहादुर राना मगर ।
२)    बाग्लुङ्ग वुङ्गादोभान २ घर भई हाल ले.न.पा. ३ कालिकाचोक बस्ने वर्ष २७ को किशोर थापा ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।