Sunday, September 9, 2012

Different Incident ( 2069-5-24)-भैसी चोरी गर्ने प्रहरी द्धारा पक्राउ

 मिति २०६९/५/२३ गते साँझ चराउन भनी फुकाई लगेको पोखरा – १७ घारीपाटन बस्ने मिना तिमिल्सीनाको भैसी १ निम्न व्यक्तिहरुले चोरी गरी ऐ. २३  गते पोखरा ७ रत्नचोकमा विक्री गर्न भनि लागेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निजहरुलाई भैसी सहित फेला पारी पक्राउ गरिएको । निजहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान कारवाही भईरहेको, उक्त भैसी हाल भैसी धनीको जिम्मा लगाईएको ।

पक्राउमा परेका व्यक्तिहरु:
  • जि. कास्की पोखरा ८ सृजनाचोक बस्ने वर्ष २४ को पुकार मानन्धर ।
  •  जि. दोलखा डाँडाखर्क १ भई पोखरा बस्ने वर्ष २३ को रमेश थापा ।
  • जि. सिन्धुपाल्चोक ठकनी ७ घर भै पोखरा बस्ने वर्ष २१ को किरण तामाङ्ग ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, September 5, 2012

किर्ते मानिस खडा गरी ठगी गरेको ( Cheating Case))

पो.उ.म.न.पा. वा. नं. ६ स्थित साविक कि.नं. २६८१, क्षेत्रफल ०–१ ४–१–२ भएको जग्गाको वास्तविक जग्गा धनी जिल्ला चितवन, भरतपुर न.पा.वडा नं.–९ माईती भएकी वर्ष– ५० की शान्ता राणा विगत २१ वर्ष देखि
आफ्ना पति एवं परिवारका अन्य सदस्य सहित अमेरीकामा बसोवास गदै आएकी थिईन् । उनलाई उक्त जग्गा २०४३ सालमा आफ्ना दाजु राज कुमार थापाले वकस पास गरी हक हस्तान्तरण गरेका थिए । शान्ता राणाले नियमीत रुपमा उक्तजग्गाको कर तिर्दे आएकी थिइंन् । आफू अमेरीकामा रहेको अवस्थामा
जग्गा वरपरका छिमेकीले तपाईको जग्गा एक हात जति मिचीएको छ भन्ने खवर सुनाए पश्चात बावु आमालाई भेटघाट गर्नु प–यो र जग्गा पनि मिलाउनु पर्यो भनी करीव ३ महीना अगाडि उनी नेपाल आईन । नेपाल आए पश्चात जग्गाको हाल साविक पनि गर्नु पर्यो र मिचीएको भए सो समेत मिलाउनु पर्यो
भनी निजका आफन्तलाई मिति २०६९/०४/३२ गते जिल्ला मालपोतकार्यालय कास्की पठाएकी थिइन् ।

घटना विवरण:

मालपोत कार्यालय कास्कीमा गई बुझ्दा उनको नाममा भएको जग्गा उनको अनुपस्थिीतिमा आफ्नो हक भोगबाट मेटीई गएको थाहां भयो, निजले मिति २०६९/०४/३२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा
ठाडो उजुरी दिए पश्चात छानविनको क्रममा निजको नाममा रहेको उपरोक्त जग्गा मिति २०६८/०६/०५ गते जिल्ला मालपोत कार्यालय कास्की वाट हाल साविक भई कित्ता नम्वर १६ कायम भई किर्ते खडा भएकी शान्ता राणाले ऐ. मितिमा पोखरा उ.म.न.पा. वडा नं. १२ बस्ने वर्ष ३६ कि वविता कार्कीको नाममा राजिनामा पास दिएकी भन्ने खुल्न आएको । त्यस्तै गरी उक्त जग्गा पुनः कित्ता फोड भई कित्ता नं. १२५ र १२६ कायम गरी विभिन्न मितिमा जि. कास्की दाङ्गसिङ्ग ७ बस्ने वर्ष ६७ का चन्द्र बहादुर गुरुङ्ग र जि.पाल्पा भैरवस्थान गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ३४ का निर्मल गौतमको नाममा राजिनामा पास भएको थियो ।

अनुसन्धान प्रगति विवरणः

यस कार्यालयमा उक्त निवेदन पर्न आए पश्चात घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु भएको थियो । तत् पश्चात वारदातमा संलग्न व्यक्तिहरुको पहिचान एंवं खोजतलास गरी निम्न बमोजिमका व्यक्तिहरुलाई पक्राउ गरी मिति २०६९/०५/०५ गते देखि लागु हुने गरी सम्मानित कास्की जिल्ला अदालतवाट म्याद थप अनूमती लिई थप अनुसन्धान कार्य भईरहेको छ । वार दातमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा पहिचानको कार्य जारी राखिएको छ।

क.पक्राउ प्रतिवादीहरु:

१) जि. नुवाकोट, ककारी गा.वि.स. वडा नं. १ घर भई हाल जि. भक्तपुर,भक्तपुर न.पा. वडा नं. १५ बस्ने वर्ष ४६ कि आशा माया लामा ( किर्ते नागरिकता प्रयोग गरी जग्गा धनी शान्ता राणा भएको बताउने महिला)

२) ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष २३ को सुस्मा लामा (निज किर्ते खडा भएकी शान्ता राणा की छोरी–
वारदातबाट प्राप्त रकम निजको खातामा जम्मा भई पटक पटक भुक्तानी लिएकी )

३) जिल्ला पाल्पा, पोखराथोक गा.वि.स. वडा नं. ४ घर भै हाल जि. कास्की पोखरा १२ रानीपौवा बस्ने वर्ष ५२ को भिमदेव शर्मा ( पोखरा उप.म.न.पा.वडा नं. ६ का तत्कालिन वडा सचिव)

४) जि. कास्की पोखरा १२ कुँडहर बस्ने वर्ष ३६ की वविता कार्की (जग्गाको हक हस्तान्तरण गरी लिएकी )

५) ऐ.ऐ. बस्ने वर्ष ४२ को ईश्वर कार्की (जग्गामा बास्तविक लगानी गर्ने तथा जग्गा विक्री गरे पश्चात लाभांश प्राप्त गर्ने, निज वविता कार्कीका श्रीमान)

६) जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष ३२ को रामचन्द्र भण्डारी जग्गामा लगानी गर्ने तथा विक्री गरे पश्चात लाभांश लिएको )

७) जि. कास्की पोखरा १७ घारीपाटन बस्ने वाषर्् ४९ को पिताम्वर भण्डारी जग्गामा लगानी गर्ने तथा विक्री गरे पश्चात लाभांश लिएको )

८) जि. पाल्पा तालसेन न.पा. वडा नं. १० घर भै हाल जि. कास्की पोखरा ६ ड्यामसाईट बस्ने वर्ष ४१ को अनिल खनाल (जग्गा धनी तथा जग्गा देखाई दिई किनवेचमा मध्यस्थकर्ता )

९) जि. कास्की कृष्टिनाच्नेचौर गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ५३ को बुद्धि बहादुर कार्की ( तत्कालिन जिल्ला मालपोत कार्यालयका कर्मचारी)

ख.फरार प्रतिवादीहरुको बिवरण:

१) जि. कास्की ढिकुरपोखरी गा.वि.स. वडा नं. ४ स्थायी वतन भई लेखनदास काम गर्ने भोजराज भण्डारी ( वारदातको शुरुवात देखि विभिन्न कागजपत्रहरु मिलाउने नगरपालिकामा कागज गराउन साक्षीहरुको परिपन्च मिलाउने लगायतका काममा संलग्न रहेको, निज वारदात सम्बन्धमा प्रहरी कार्यालयमा सूचना
आएको मिति देखि नै फरार रहेको)

२) जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ३ स्थायी वतन भई हाल पोखरा ८ आलुमाईलाचोक बस्ने वर्ष ४३ का डिल्लीरमण पौडेल ( जग्गा रजिष्ट्रेशन पास गर्न तथा हाल साविक गर्न विभिन्न परिपन्च मिलाउने )
३) नामथर वतन थाहा नभएका प्रकाश नाम गरेका व्यक्ति (निज आस माया लामालाई काठमाण्डौ देखि पोखरा झिकाउने व्यक्ति भएको)

ग. अनुसन्धान सम्बन्धी थप बिवरण:
ड्ड जग्गा हाल साविक गर्ने कार्य देखि जग्गाको रजिष्ट्रेशन पास गर्ने प्रक्रिया सम्म सरोकार राख्ने जि. मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थितिको लागि पत्राचार गरिएकोमा निजहरु मध्ये कतिपय अन्यत्र जिल्लामा कार्यरत रहेका भन्ने बुझिएको तथा केही कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको भन्ने बुझिएको ।

ड्ड पोखरा उप महानगरपालिकाबाट तिरो तिरेको रसिद उपलव्ध गराउने कर्मचारीलाई यस कार्यालयमा उपस्थितिको लागि लेखिएकोमा हालसम्म उपस्थित नभएका साथै उप.म.न.पा. बाट फोटो प्रमाणित गर्ने कर्मचारीलाई समेत बुझने कार्य भईरहेको ।

ड्ड जग्गाको पछिल्लो पटक हक हस्तान्तरण भएका निर्मल गौतम तथा चन्द्र बहादुर गुरुङ्ग यस कार्यालयको सम्पर्क बाहिर रहेका निजहरुको खोजतलास भैरहेको ।

ड्ड निज शान्ता राणा नाम बताउने आस माया लामाले जिल्ला प्रशासन कार्यालय चितवनबाट लिएको भनिएको उक्त नागरिकता चितवन जिल्ला प्रशासन कार्यालयबाट बाट जारी नगरिएको भन्ने व्यहोरा खुल्न आएको ।
ड्ड थप अनुसन्धान कार्य जारी रहेको ।

Accident पैदल यात्रीलाई ठक्कर दिई घट्ना स्थलमानै मृत्यु


मिति २०६९/०५/१४ गते ३:४५ बजेको समयमा हेम्जाको मिलनचोकबाट पोखरा हरिचोक तर्फ आउंदै गरेको जि.धादिङ संकोष गा.बि..वडा नं.(५ घर भई कास्की पोखरा(१ सिमपानी बस्ने बर्ष (२६ को कर्ण बहादुर गुरुङले चलाएको ग १ ख ३९१ नं. को ट्रकले जि.कास्की हेम्जा गा.बि.स.वडा नं  (१ याम्दी स्थित सडकमा पैदल यात्री बर्ण गहुंगोरो पंहेलो टि(सर्ट, निलो जिन्स पाईन्ट, कालो सल्याक्स, उनीको मोजा लगाएको उचाई ५/२ फिट अग्लो, . ३५ बर्षको नामथर वतन नखुलेको पुरुष ब्यक्तिलाई ठक्कर दिई घट्ना स्थलमानै मृत्यु भएको सवारी ज्यान मुद्दामा उल्लेखित हुलिया भएका मृतकको आफन्त हाल सम्म सम्पर्कमा नआई शव सनाखत नभएको हुंदा मृतकको आफन्त पहिचानको लागि प्रचार प्रशारण गरि दिने ब्यवस्था हुंन अनुरोध गरिएको छ ।

मोटरसाईकल चोरी गर्दा गर्दै सशस्त्र प्रहरी बलका परिचर सहितका व्यक्ति पक्राउ

  २०६९/५/१७ गते साँझ पोखरा १७ बस्ने कृष्ण गुरुङ्गले ऐ. स्थित डेमसाईटमा पार्किङ्ग गरी राखेको ग.३.प. ३६९१ नं. को करिज्मा मो टर साईकल चोरी भएको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दे जाँदा पोखरा १७ विरौटामा लुकाई छिपाई नम्बर प्लेट परिवर्तन गर्न लागि रहेको अवस्थामा जि. धादिङ्ग सुनौला बजार ५ घर बताउने वर्ष २१ को रवि राना मगर र ऐ.ऐ. घर बताउने वर्ष १९ को जगत राना मगरलाई उक्त मोटरसाईकल सहित पक्राउ गरी सोधपुछको क्रममा निज रवि राना मगर सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनमा परिचर पदमा कार्यरत रहेको भनि खुल्न आएको र निजहरु उपर चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।

मोवाईल चोरी गर्दा गर्दै प्रहरी जवान पक्राउ

२०६९।०५।१९ गते बिहान ०५:०० बजेको समयमा पोखरा ४ गैहपाटन स्थित फिष्टेल अस्पतालमा बिरामी कुरुवाहरुको मोवाईल चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट
खटिएको प्रहरी टोलीले जि. तनहुँ वरभन्ज्याङ्ग २ स्थायी भएका रतन खडकालाई पक्राउ गरी ल्याईएको, निजलाई सोधपुछका क्रममा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत रहेको प्रहरी जवान भएको भन्ने खुल्न आएकोले निज विरुद्ध चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको, निजको साथबाट विभिन्न कम्पनीका ४ वटा मोवाईल सेटहरु बरामद भएको ।