Sunday, July 15, 2012

ममिता गौतम स्मृति प्रतिष्ठानद्वारा दलित विद्यार्थी सम्मानित

         ममिता गौतम स्मृति प्रतिष्ठान पोखरा १० रामबजारले कास्की जिल्लाबाट २०६८ सालको एसएलसी परीक्षामा उत्तीर्ण दलित उत्पीडित विद्यार्थीहरुलाई कृष्ण मन्दिर प्राङ्गणमा प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माको सभापतित्व र पोखरा उपमहानगरपालिका सामाजिक विकास शाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।
             प्रतिष्ठान स्थापनाको छोटो अवधिमा यसले समाजमा राम्रो कार्य गरेको वक्ताहरुले बताउनुभयो । भूगोलविद् डा.कृष्ण के.सी.ले समाजमा आर्थिक अभावले पढ्न नसकेका छात्रछात्रा, औषधि उपचार गर्न नसकेका थुप्रै क्षेत्रमा प्रतिष्ठान जस्ता सामाजिक संस्थाले सहयोग पु¥याउन सके समाजको विकास हुँदै जाने बताउनुभयो । विश्व हिन्दु महासंघ दलित समन्वय समितिका अध्यक्ष खरीलाल विश्वकर्माले ममिता जस्तो हाम्रो समाजमा न कहिल्यै जन्मे न अब जन्मन्छन्, उनले यस संसारमा धेरै बस्न नपाए पनि सामाजिक कार्यले उनको आत्मामा शान्ति पुग्नेछ भन्नुभयो ।कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धनबहादुर नेपाली, सूवर्णकला समितिका अध्यक्ष निर्मल सुनार, विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइली, नेपाल रेडक्रस सोसाइटी १०।११ का सभापति जीवनाथ पौडेल, रामबजार ट्याक्सी इकाईका अध्यक्ष राजु परियार, राष्ट्रिय परोपकार महासंघ जिल्ला अध्यक्ष ललित कुँवर, सम्मानित व्यक्तित्व मणिराज परियार, पत्रकार प्रेम नेपाली लगायत सम्मानित विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकामा लेख, रचना उपलब्ध गराउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । अध्यक्ष ऋषिराम विश्वकर्माले शिक्षामा पहुँच नपुगेको क्षेत्रमा पछाडि परेका जाति, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरिँदै आएको र गत वर्ष १८ जना गरीब, दलित, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरेको र यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिनुका साथै सीपमूलक, ज्ञानमूलक र आयमूलक तालिम प्रदान गरी दलित, जनजाति, महिलाहरुलाई सहयोग गर्ने बताउँदै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बमबहादुर घताने र कार्यक्रमको संचालन सचिव लालसिंह घतानेले गर्नुभएको थियो ।

Saturday, July 14, 2012

तनहुँ सम्पर्क समाजद्वारा भानुजयन्ती सम्पन्न

       तनहुँ सम्पर्क समाज पोखराले विविध कार्यक्रम गरी १९९ औं भानुजयन्ती सम्पन्न गरेको छ । समाजले रक्तदान, साहित्यिक तथा एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको थियो ।
       शनिवार बिहान सम्पन्न रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा सरस्वती मल्ल, अनिता गुरुङ्ग, मञ्जु गुरुङ्ग, शिवप्रसाद अधिकारी, कमला गुरुङ्ग, झकबहादुर थापा, चेतबहादुर बराम, हर्कबहादुर भुजेल, शैलेन्द्र कुँवर, सरिता लामा, पशुपति दवाडी, रविन थापा, नारायण थापा, हर्कबहादुर गुरुङ्ग, गोवद्र्धन भट्टराई, रविन्द्र गुरुङ्ग, कृष्णप्रसाद सिग्देल, बासुदेव तिमिल्निा, नवराज लम्साल, दुर्गा अधिकारी, सुनिता शर्मा, केशव रानाभाट, रामनाथ भण्डारी, राधिका कँडेल, जंगबहादुर पाख्रिन, कृष्ण न्यौपाने र इन्द्र मल्लले रक्तदान गरेका थिए ।
       पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सुपरिटेण्डेन्ट बुद्धिबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सशक्त प्रहरी बल कालिका गणका एसपी शम्भु उप्रेती विशिष्ट अतिथि रहेका थिए ।
       त्यसैगरी शनिवार दिउँसो २०६८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । सम्मान कार्यक्रममा तनहुँ स्थायी घर भई पोखरा आइ बसोबास गरेर बसेका परिवारका सदस्य विद्यार्थीहरुको सम्मान गरिएको थियो ।
       सम्मानित हुनेहरुमा सुस्मिता थापा, उज्वल अधिकारी, साधना रानाभाट, सांससिका भण्डारी, शिशिर सिग्देल, सुजाता महत, सुशील महत, शारदा के.सी., निकेशबहादुर अधिकारी, दिक्षा भुजेल, विवेक गुरुङ्ग, श्रीप्रसाद गुरुङ्ग, रोलिना गौतम, आयुष गुरुङ्ग, यशस्वी काफ्ले, शिशिर अधिकारी, भूमिका शर्मा, सुवर्ण अधिकारी, साजन गुरुङ्ग, अर्जुन पौडेल, अस्मिता थापा, साजन गुरुङ्ग, आशिष अधिकारी, सहनशील महत, मेनुका श्रेष्ठ, बरदान गुरुङ्ग र इच्छा गुरुङ्ग रहेका छन् ।
       पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक गोपाल कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.सर्वराज आचार्यले भानुभक्तको जीवनी र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । बुद्धिबहादुर गहतराज, आरके पोखरेल, पुण्यवती पौडेल, दयाराम सुवेदीले कविता वाचन गरेका थिए ।
       उक्त कार्यक्रमको लागि श्रीप्रसाद भट्टराई, भरत के.सी., राजु भण्डारी, मंगल पन्त, शिवराज पौडेल, इश्वर सुवेदी, डा.कर्णविर पौडेल, बुद्धिबहादुर गहतराज, तीर्थराज सुवेदी र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक सहयोग गरेका थिए ।
       समाजका अध्यक्ष इश्वरप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवप्रसाद शर्मा र अम्बिका भट्टराईले गर्नुभएको थियो । समाजका बरिष्ठ उपाध्यक्ष गणेशबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सम्मानित विद्यार्थीहरु अस्मिता थापा र सुशील महतले पनि आफ्नो मन्तव्य राखेका थिए ।

Fellowship Program Held in Pokhara फेलोसिप कार्यक्रम सम्पन्न पोखरामा

 रोट्याक्ट डिष्टिक ३२९२ अन्तर्गत जोन ४ मा पर्ने क्लवहरुको संयुक्त आयोजना तथा रोट्याक्ट क्लव अफ अन्नपूर्णको संयोजकत्वमा जोनल फेलोसिप प्रोग्राम रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो । रोट्याक्ट डिष्टिक कमिटी चियर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो फेलोसिप कार्यक्रममा रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष रोटरियन डिल्ली प्रसाद शर्मा, रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष केशव आचार्य, इनरह्वील क्लव अफ अन्नपूर्णका निवर्तमान अध्यक्ष इनरह्वील सरसिज पालिखे, रोटरी क्लव अफ अन्नपूर्णका पूर्व अध्यक्ष तथा रोटरी रोट्याक्ट रिप्रेजेन्टेटीभ रोटरीयन इश्वरप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष रोटरियन दिनेशशंकर पालिखे, सचिव रोटरियन कल्याण कर्माचार्य, रोट्याक्ट डिष्टिक लिडरहरु रोट्याक्ट पुनम गिरी बाँस्तोला, रोट्याक्ट सन्दीप बहादुर कार्कीको उपस्थितिमा रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रोट्याक्ट सृजना भुर्तेल,रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरे, रोट्याक्ट क्लव अफ पोखराका अध्यक्ष रोट्याक्ट कपिल श्रेष्ठ, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष रोट्याक्ट सन्तोष गुरुङ्ग, रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका उपाध्यक्ष रोट्याक्ट किसन सुनारले रोटरी वर्ष २०१२।१३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जोन ४ का जोनल रोट्याक्ट रिप्रेजेन्टिटिभ रोट्याक्टर निकेश प्रसाद कर्माचार्यले यस वर्षका सबै योजनालाई संयुक्त रुपमा सफल पार्न आह्वान गर्नुभएको थियो । सोही अवसरमा रोट¥याक्ट क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष रोट¥याक्टर महेश्वर श्रेष्ठलाई ब्लड क्यान्सर भएको र उहाँको उपचार भारतमा भइरहेको हुँदा सहयोगार्थ १५ हजार संकलन भैसकेको र केही क्लवहरुले भोलिसम्ममा आफ्नो क्लवको सहयोग पठाउने कुरा रोट¥याक्ट क्लव अफ अन्नपूर्णका सचिव रोट¥याक्टर सन्तोष बरालले बताउनुभयो । सो कार्यक्रम जोन ४ का  जोनल सेक्रेटरी रोट¥याक्टर कृष्ण खड्काले संचालन गर्नुभएको थियो

Friday, July 13, 2012

Shining Boarding School Pokhara,Nepal साइनिङ स्टारमा विद्यार्थीहरुलाई सम्मान

       लेकसाइड बैदाम स्थित साइनिङ स्टार आवासीय मा.वि.ले एक विशेष भोजसहितको कार्यक्रमका साथ प्रवेशिका परीक्षा २०६८ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयबाट विगत ६ वर्षदेखि प्रवेशका परीक्षामा सहभागी भएर परीक्षार्थीहरु शतप्रतिशत उत्तीर्ण हुँदै आएका छन् ।
       विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यार्थी सफल हुनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने कुराको चर्चा गर्नुभयो । उहाँले विद्यार्थीहरु अनुशासनको दायरामा रहेर अध्ययन गर्ने हो भने उनीहरुको भविष्य उज्वल हुने कुरामा जोड दिनुभयो ।
       कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि एन प्याब्सन कास्कीका सहकोषाध्यक्ष शिवदत्त तिवारी, अभिभावक संयोजक प्रसाद गुरुङ्ग, गुणराज आचार्य, समाजसेवी गणेशबहादुर ढकाल, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
       विद्यालयका प्रशासक रामराज पहारीले खादा ओढाएर र प्राचार्यले टिका प्रदान गरेर विद्यार्थीहरुलाई हौसला तथा शुभकामना दिनुभएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले स्वागत मन्तव्य तथा शिक्षक नारायण मरासिनीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Thursday, July 12, 2012

Lighting and Seti Flood Details,kaski,Nepal

Lighting and Seti Flood Details ( kaski)

 मिति २०६९/३/२७ र २८ गते कास्की जिल्लाका बिभिन्न स्थानहरुमा दैवी प्रकोप ( बाढी, चट्याङ) बाट भएको धनजनको क्षति तथा प्रहरी द्धारा गरिएको उद्धार बिवरण

१)              चट्याङ:

(क)   जि. कास्की पुम्दीभुम्दी गा.वि.स. २ स्थित बिश्व शान्ति स्तुपा नजिक डेरा गरी बस्ने वर्ष २२ को             राजकुमार तामाङको कोठामा अचानक चट्याङ पर्दा सोही कारणले निज बेहोश भई निजका  साथीहरुले उपचारको लागि प.क्षे. अस्पतालमा ल्याएको, ICU  मा राखी उपचार भईरहेको, अवस्था  गम्भिर ।

(ख)   जि. कास्की धिताल गा.वि.स. वडा नं.६ डडाली गाउंमा १९ः३० बजेको समयमा चट्याङ पर्दा                   निम्नानुसारको क्षती भएको ।

  1.  जि. कास्की धिताल ६ बस्ने वर्ष ६० कि तुलसी ढुंगाना( गम्भिर घाईते
  2.  ऐ.ऐ. बस्ने वर्ष ३४ को देवी प्रसाद ढुंगाना ( सामान्य घाईते
  3.  ऐ.ऐ. बस्ने सदासर ढुंगानाको २ वटा भैसी मरेको ।
  4.  ऐ.ऐ. बस्ने सिता ढुंगानाको १ वटा भैसी मरेको ।
  5. ऐ.ऐ. बस्ने कल्पना ढुंगानाको १ वटा भैसी मरेको ।
  6. ऐ.ऐ. बस्ने पुष्पराज ढुंगानाको १ वटा भैसी मरेको
  7. ऐ.ऐ. बस्ने हरिश्चन्द्र गौतमको राईस मिलको बिजुलीको मिटरबक्स क्षती भएको ।
Boat bat Resuce District Police Office Kaski


Boat bat Resuce District Police Office Kaski
Boat bat Resuce District Police Office Kaski




Recue Pachi Safe side ma Rakhiyako
         

 २)              बाढी:

(क)    २०६९/३/२७ गते २३:३० बजेको समयमा पोखरा(१ गाईघाट स्थित याम्दी खोलामा बाढी आई ऐ.ऐ.मा रहेका सुकुम्बासी बस्तीका ६२ वटा घर हरु मध्यै ४ वटा घरहरुमा पानी पसेको, अन्य घरमा केही नभएको, त्यहां रहेका सम्पुर्ण मानिसहरुलाई यस र्कायालयबाट प्र.नि. रमेश प्रशाद श्रेष्ठ र व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्रहरी टोली खटिई गई उद्दार गरी नजिकै रहेका घर, प्रतिक्षालय र पाटीहरुमा राखिएको, मानविय तथा चौपाया क्षती नभएको , ६२ वटै घर जोखिममा रहेका ।

(ख)    मिति २०६९।३।२७ गते अपरान्ह देखि परेको अविरल र्वषाको कारण २०६९/३/२८ गते बिहान ०१:०० बजेको समयमा सेती नदीमा आएको बाढीले जि. कास्की पोखरा १० रामघाट स्थित सुकुम्बासी बस्तीमा रहेका अं. २०/२२ वटा घरहरु डुवानमा परेको भन्ने खवर प्राप्त हुना साथ यस र्कायालयबाट प्र.नि. रमेश प्रसाद श्रेष्ठ, व.प्र.का. रामबजारबाट प्र.ना.नि.को कमाण्डमा, नेपाल प्रहरीको प.क्षे.स.प्र.गण पोखराबाट प्र.स.नि.को कमाण्डको च्भकअगभ त्भबm सहित जम्मा ३५ जना तथा सशस्त्र प्रहरी बल कालिका गण र स्थानिय जनता समेत उद्दार कार्यमा संलग्न भएका, सो बाढीको कारणबाट जोखिममा परी ज्यान जोगाउनको लागि घरको छत र रुखमा चढी हार गुहार मागि बसेका व्यक्तिहरुलाई नेपाल प्रहरीको पहलमा फेवातालबाट डुंगा  ल्याई डुंगाको सहयोगमा डुवानमा परेका ७ वटा घर परिवारका १६ जना बालबालिका र १३ जना बयस्क गरी जम्मा २९ जना मानिसहरुलाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याई राखिएको, उक्त उद्दार कार्य ०१ः१५ बाट शुरु भई ०३ः०० बजे सम्पन्न भएको, साथै डुवानको कारणबाट ७ घर परिवारका लत्ता कपडा तथा खाध सामाग्री क्षति भएको, केही बंगुरहरु समेत हराई रहेका, २९ वटा बंगुरको खोर भत्किएको, , २६ वटा घरहरु डुवानमा परेको, अन्य घरहरुका मानिसहरु केही समय अघि नै उक्त स्थान छाडि अन्यत्र गई बसेकाले अन्य थप मानवीय क्षती हुन नपाएको,  सो घटनामा निम्न लिखित मानिसहरुलाई उद्दार गरिएको । (उद्दार सम्बन्धी फोटोहरु यसै साथ संलग्न रहेको !

  • उद्धार गरिएका मानिसहरुको बिवरण:
     सि.नं.  नामथर
  1. चन्द्र बहादुर बि.क.
  2. मिन बहादुर बि.क.
  3. सजिना बि.क.
  4. शिकिर बि.क. 
  5. कुमारी श्रेष्ठ
  6. अक्षय कुमार श्रेष्ठ
  7. अतित श्रेष्ठ
  8. अजय श्रेष्ठ
  9. अश्मिता श्रेष्ठ
  10. धनु प्रसाद श्रेष्ठ
  11. पवन पाण्डे
  12. धन प्यारी मगर
  13. ढाडे मगर
  14. रहना मगर
  15. यमुना मगर
  16. शान्ता भुजेलमतिकला पुन
  17. धन ब. पुन
  18. दल ब. पुन
  19. गंगा पुन
  20. सन्जोग पुन
  21. विर्ख कुमारी मगर
  22. बिष्णु मगर
  23. अलिल मगर  
  24. मनरेखा रोक्का
  25. विर भद्र रोक्का
  26. किरण रोक्का
  27. अजय लिम्वु

 जिल्ला प्रहरी कार्यालय कास्की