Sunday, June 24, 2012

फरार प्रतिवादी पक्राउ

१)  मिति २०६७।१२।२० गते लागू औषध ब्राउन सुगर मुद्धामा कास्की जिल्ला अदालतको आदशेले १ वर्ष ३ महिना १६ दिन र नगद रु. १,००,०००।– (एक लाख) जरिवाना माग भएका फरार प्रतिवादी वर्ष ४४ को पुष्प रंजितलाई मिति २०६९।३।८ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानीत कास्की जिल्ला अदालतमा बुझाईएकोमा निज अभियूक्तलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार आज मिति २०६९।३।१० गते कारागार चलान गरिएको ।
                  
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, June 23, 2012

Communist party accused of being against-federalism (सघियता विरोधी भनेर एमालेलाई समाप्त गर्ने खोजेको अधिकारीको आरोप)

Communist party accused of being against-federalism
नेकपा एमालेका वैकल्पीक पोलिट व्यूरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले नेकपा एमालेलाई पहिचान र सघियता विरोधि भनेर सिद्धाउन विदेशी शतिm केन्द्र लागेको बताएका छन् । पेशागत महासंघ नेपाल महासमिति काठमाडौको आयोजना र जिल्ला समुन्वय समिति कास्कीको व्यवस्थापनमा भएको परिवर्तित सन्दर्भमा पेशा कर्मिको भूमिका विषयक गण्डकी स्तरिय प्रशिक्षण मूलक भेलाको उद्घाटन गर्दै नेता अधिकारीले त्यस्तो कुरा बताएका हुन् । उनले यूरोपियन यूनियन लगायतका शक्ति केन्द्रहरु एमालेलाई पहिचान र सघियता विरोध ीभनेर समाप्त पार्न खोजेको बताए । राष्ट्रिय अखण्डता साम्प्रदायिक सदभाव जातिय विद्धेस फैलाएर तनाव सृजना गरि मूलुकलाई पछाडि फर्काउने काम भएको नेता अधिकारीको दावि थियो । अधिकरीले भने ‘एमाले जातिय पहिचान र सघियता विरोधी हुदै होईन र थिएन ।’
अन्तराष्ट्रिय शक्ति केन्द्र नेपाललाई क्रिडा स्थल बनाउन खोजेको उल्लेख गर्दै अधिकारीले यस्तो शक्ति केन्द्रले काग्रेस, प्रचण्ड र विजय गच्छेदार लाई मिलाउन सकृयतापूर्वक लागेको खुलासा गरे । नेपाललाई सघिय प्रदेश बनाउने पहल गर्नें पहिलो पार्टी एमाले भएको उल्लेख गर्दै नेता अधिकारीले सातै केन्द्रीय कमिटिको बैठकले बनाएको कार्य दलले जाति वा समुदायगत, भाषीक, सांस्कृतिक, भौगोलिक र एतिहासिक गरि पाच पहिचान र आर्थिक पूर्वधार विकास, प्रकृतिक स्रोत र साधन तथा प्रशासनिक सुगमता गरि चार सार्मथका आधारमा सघिय प्रदेश बनाउने प्रस्ताव गरेको बताए ।

समाज कल्याण समिति कास्कीद्वारा ‘गणेश बचाउ अभियान’को प्रारम्भ

Ganesh Bhujel गणेश बचाउ अभियान’को प्रारम्भ
       समाज कल्याण समिति कास्की पोखराको विशेष साधारणसभा समितिका अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भयो । सो सभामा पोखरा उपमहानगरपालिका वडा नं.१० बसोबास गर्ने समितिका सदस्य एवम् ट्याक्सी व्यवसायी समिति पोखराका सचिव तथा भुजेल सेवा समितिका सदस्य गणेश बहादुर भुजेलको मुटु एवम् दुवै किड्नी विग्रन गई जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा निजको जीवनरक्षाको निमित्त विशेष साधारणसभाको आयोजना गरिएको थियो ।
       सो सभामा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी, भुजेल सेवा समिति, युनाइटेड क्लव अमरसिंहचोक एवम् विभिन्न टोल विकास संस्था तथा आमा समूहहरुको पहलमा “गणेश बचाउ अभियान” सहयोग समिति डा.कृष्ण के.सी.को संयोजकत्वमा गठन गरियो । सो समितिको सदस्य सचिव पुष्पकमल पौडेल एवम् सदस्यहरुमा रामजी कार्की, शान्ता थापा, परशुराम पौडेल, सूर्यबहादुर बानिया र अम्मरबहादुर थापा रहनुभएको छ ।

Dead Body Found in Different places in Pokhara (मृत शवहरु फेला)

                                                            मृत शवहरु फेला परेको


१)              मिति २०६९।३।८ गते ३:३० बजेको समयमा जि. कास्की पोखरा उ.म.न.पा. वडा नं. १२ माछापोखरीमा पौडी खेल्ने क्रममा जि. स्याङजा रामबाच्छा घर भई हाल उक्त स्थानमा बस्ने तेज बहादुर नेपालीको छोरा वर्ष ६/७ को विवेक नेपाली पानीमा डुवी मृत्यु भएको, लास गण्डकी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको ।

२)              पोखरा उ.म.न.पा. वडा नं. १७ रातोपैह म्युजियम अगाडि अं. ४०/४५ जतिको पुरुष व्यक्ति पानीमा तैरिएको अवस्थामा छ भन्ने ३:१५ बजेको समयमा यस कार्यालयमा खवर प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली र प्रहरीको Rescue सहितको टोली खटिई गई शव निकाल्ने कार्य भईरहेको ।


Wednesday, June 20, 2012

मोटरसाईकल चोरी गर्ने पक्राउ

 १) पोखरा उप.म.न.पा. वडा नं. ६  लेकसाईडबाट मिति २०६९।२।२८ गते १ दिनको लागि  भाडामा भनी मोटरसाईकल लिई हाल सम्म फरार रहेको अवस्थामा खोजतलासको  क्रममा  निम्न नं.का मोटरसाईकलहरु र मानिसलाई मिति २०६९।३।५ गते काठमाण्डौबाट पक्राउ  गरिएको र निजहरुको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।

(क) ईन्जिन नं.DJWBTG-72272 च्यासिस नं.MD2DHDJLTCG-32036 भएको रातो रंगको १८०  सि. सि. को बजाज नं. को ग.६.प. १६३२ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।

(ख) ईन्जिन नं.DGG3PM.23098, च्यासिस नं.MD2DMDJZZPCM-16453 भएको कालो रंगको, १८० सि.सि.  को बजाज कम्पनीको ग.४.प. २६१६ नं. उल्लेख भएको पल्सर मोटरसाईकल ।

पक्राउमा परेका व्यक्ति :
१) जि. कास्की चापाकोट गा.वि.स. वडा नं. ६ बस्ने वर्ष २८ को एम भन्ने राज कुमार थापा ।


  •  ट्रक दुर्घटना:

१) पोखरा उप.म.न.पा. वडा नं. १५ फलेपाटन घुम्तीमा १४ः४५ बजेको समयमा ग.१.ख. १५१३  नं. को ट्रक घुम्तीबाट १४।१५ मिटर तल खस्न जाँदा सोही ट्रक चालक  र हेल्पर घाईते भई  गण्डकी अस्पतालमा उपचार भईरहेको ।

(क) चालक: जि. खोटाङ्ग बोपुन ८ घर भई पोखरा ९ न्यूरोड बस्ने वर्ष ३९ को किशोर बस्नेत

(ख) हेल्पर : जि. पर्वत ठापाठान ७ घर भई पोखरा ७ रत्नचोक बस्ने वर्ष १७ को सुरज थापा ।

  • फरार प्रतिवादीहरु पक्राउ:
१) लागू औषध बुप्रिनर्फिन र ब्राउन सुगर  मुद्धामा फरार रहेका  प्रतिवादी जि. कास्की निर्मलपोखरी बस्ने  वर्ष २५ को प्रताप राना मगरलाई मिति २०६९।३।४ गते र जि. कास्की पोखरा उ.म.न.पा. – १७ रातो पैरो बस्ने वर्ष ३५ को कृष्ण थापालाई मिति २०६९।३।५ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत बुझाईएको ।