Tuesday, June 26, 2012

Latest Mobile Maxx MT616 Zippy Wonderful Touchscreen Dual SIM Mobile & Price in Nepal



Maxx launched a latest Dual SIM Touchscreen Mobile, Maxx MT616 Zippy. Maxx MT616 Zippy comes with 3.2 inch WQVGA Resistive Touchscreen Display, 1.3 Megapixel Camera, 256 MB of RAM, 1GB Internal Memory, Up to 16 GB External Memory, Multi-format Audio & Video Player, FM Radio, 3.5 mm Audio Jack, Bluetooth, USB, GPRS, LED Torch Light and much more. Let's watch Maxx MT616 Zippy price, features and full specifications.


  • Network: GSM 900/ 1800 MHz
  • 3.2-inch WQVGA Resistive Touchscreen Display With 400 x 240 Pixels Resolution
  • 1.3 Megapixel Primary Camera
  • Dual SIM With Dual Standby
  • Music Player: MP3, AAC, WAV
  • Video Player: MP4, 3GP, AVI, KMV
  • FM Radio with Schedule Recording
  • 3.5 mm audio jack
  • 256 MB RAM
  • 1GB Internal Memory
  • Up to 16GB External Memory
  • Bluetooth
  • USB
  • WAP
  • Phone book Memor-1000
  • SMS Memory-1000
  • Polyphonic, MP3 Ringtones
  • SMS, MMS and Email
  • Loudspeaker
  • G-Sensor
  • Auto Call Recording
  • LED Torch Light
  • Social Networking Apps
  • Games
  • Li-Ion 1000 mAh Battery
  • Up to 4 Hours Talk Time
  • Up to 300 Hours Stand-by Time
  • Dimensions: 114 x 57.3 x 12 mm
  • Weight 90 grams 
  • Maxx MT616 Zippy Price in Nepal: NRs. 6795/- “It’s a Smart Choice”

Monday, June 25, 2012

विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा अवैध गाँजा फडानी कार्यक्रम सम्पन्न

       सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार सराङ्गकोट गा.वि.स.को खपौदी क्षेत्रबाट बैदाम खहरेको क्षेत्रमा रहेको अवैध गाँजा फडानी गर्ने कार्य सम्पन्न भयो ।
       कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज शेरबहादुर चन्दले अवैध गाँजा काटेर उद्घाटन गर्दै हामी यस क्षेत्रमा अवैध लागूऔषध ओसारपसार बेचविखन गर्ने कार्यलाई कडा रुपमा कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
       कार्यक्रममा जिल्ला समुदायिक समन्वयका अध्यक्ष सीता गुरुङ्ग, बैदाम केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक हिरु पुन, सामुदायिक सेवा केन्द्र बगरका सदस्य चिनकाजी गुरुङ्ग लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा एक ट्रक गाँजा नष्ट गरिएको थियो ।
       केन्द्रका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव भीम पराजुलीले संचालन गर्नुभएको थियो ।

Sunday, June 24, 2012

फरार प्रतिवादी पक्राउ

१)  मिति २०६७।१२।२० गते लागू औषध ब्राउन सुगर मुद्धामा कास्की जिल्ला अदालतको आदशेले १ वर्ष ३ महिना १६ दिन र नगद रु. १,००,०००।– (एक लाख) जरिवाना माग भएका फरार प्रतिवादी वर्ष ४४ को पुष्प रंजितलाई मिति २०६९।३।८ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानीत कास्की जिल्ला अदालतमा बुझाईएकोमा निज अभियूक्तलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार आज मिति २०६९।३।१० गते कारागार चलान गरिएको ।
                  
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, June 23, 2012

Communist party accused of being against-federalism (सघियता विरोधी भनेर एमालेलाई समाप्त गर्ने खोजेको अधिकारीको आरोप)

Communist party accused of being against-federalism
नेकपा एमालेका वैकल्पीक पोलिट व्यूरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले नेकपा एमालेलाई पहिचान र सघियता विरोधि भनेर सिद्धाउन विदेशी शतिm केन्द्र लागेको बताएका छन् । पेशागत महासंघ नेपाल महासमिति काठमाडौको आयोजना र जिल्ला समुन्वय समिति कास्कीको व्यवस्थापनमा भएको परिवर्तित सन्दर्भमा पेशा कर्मिको भूमिका विषयक गण्डकी स्तरिय प्रशिक्षण मूलक भेलाको उद्घाटन गर्दै नेता अधिकारीले त्यस्तो कुरा बताएका हुन् । उनले यूरोपियन यूनियन लगायतका शक्ति केन्द्रहरु एमालेलाई पहिचान र सघियता विरोध ीभनेर समाप्त पार्न खोजेको बताए । राष्ट्रिय अखण्डता साम्प्रदायिक सदभाव जातिय विद्धेस फैलाएर तनाव सृजना गरि मूलुकलाई पछाडि फर्काउने काम भएको नेता अधिकारीको दावि थियो । अधिकरीले भने ‘एमाले जातिय पहिचान र सघियता विरोधी हुदै होईन र थिएन ।’
अन्तराष्ट्रिय शक्ति केन्द्र नेपाललाई क्रिडा स्थल बनाउन खोजेको उल्लेख गर्दै अधिकारीले यस्तो शक्ति केन्द्रले काग्रेस, प्रचण्ड र विजय गच्छेदार लाई मिलाउन सकृयतापूर्वक लागेको खुलासा गरे । नेपाललाई सघिय प्रदेश बनाउने पहल गर्नें पहिलो पार्टी एमाले भएको उल्लेख गर्दै नेता अधिकारीले सातै केन्द्रीय कमिटिको बैठकले बनाएको कार्य दलले जाति वा समुदायगत, भाषीक, सांस्कृतिक, भौगोलिक र एतिहासिक गरि पाच पहिचान र आर्थिक पूर्वधार विकास, प्रकृतिक स्रोत र साधन तथा प्रशासनिक सुगमता गरि चार सार्मथका आधारमा सघिय प्रदेश बनाउने प्रस्ताव गरेको बताए ।

समाज कल्याण समिति कास्कीद्वारा ‘गणेश बचाउ अभियान’को प्रारम्भ

Ganesh Bhujel गणेश बचाउ अभियान’को प्रारम्भ
       समाज कल्याण समिति कास्की पोखराको विशेष साधारणसभा समितिका अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भयो । सो सभामा पोखरा उपमहानगरपालिका वडा नं.१० बसोबास गर्ने समितिका सदस्य एवम् ट्याक्सी व्यवसायी समिति पोखराका सचिव तथा भुजेल सेवा समितिका सदस्य गणेश बहादुर भुजेलको मुटु एवम् दुवै किड्नी विग्रन गई जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा निजको जीवनरक्षाको निमित्त विशेष साधारणसभाको आयोजना गरिएको थियो ।
       सो सभामा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी, भुजेल सेवा समिति, युनाइटेड क्लव अमरसिंहचोक एवम् विभिन्न टोल विकास संस्था तथा आमा समूहहरुको पहलमा “गणेश बचाउ अभियान” सहयोग समिति डा.कृष्ण के.सी.को संयोजकत्वमा गठन गरियो । सो समितिको सदस्य सचिव पुष्पकमल पौडेल एवम् सदस्यहरुमा रामजी कार्की, शान्ता थापा, परशुराम पौडेल, सूर्यबहादुर बानिया र अम्मरबहादुर थापा रहनुभएको छ ।