Saturday, June 9, 2012

बेगनासताल बस इकाईमा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनास तालबस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्याक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद आचार्यले संगठनको इतिहासको बारेमा, केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँह गुरुङ्गले बेला बेलामा प्रशिक्षण लिनुपर्ने र प्रशिक्षणबाट धेरै कुरामा ज्ञान हुने र आफ्नो अधिकारको रक्षा गर्ने सकिने कुरा बताउनु भयो ।
संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारका अंचल उपाध्यक्ष बिष्णु बहादुर पराजुलीले दुर्घटना न्यूनिकरण यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा, जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि इन्द्र बहादुर नेपालीले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
 अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन इकाई सचिव दिपक बि.क.ले गर्नु भएको थियो । स्वागत मन्तव्य इकाई सदस्य ध्रुव बहादुर थापाले गर्नु भएको कार्यक्रममा १०० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

World Environment Day 2012 World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.(NYEF)

World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
विश्व वातावरण दिवस २०१२ को उपलक्ष्यमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराको आयोजना तथा साइकल सिटी, पोखराको सहयोगमा  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०६९ साल जेष्ठ २७ गते शनीवारका दिन बिहान ६:३० बजे स्थानिय पुरानो टुंडिखेल बगर बाट “वृहद साइकल ¥याली”  शुभारम्भ गरी उक्त ¥याली मोहरीया टोल, नालामुख, पालीखे चोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, जिरो कि.मी., हल्लन चोक, लेकसाइड, राष्ट्रबैंक चोक, मुस्ताङ्ग चोक, पृथ्वीचोक, हुंदै पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान ९:०० बजे पुगी “वृक्षारोपण कार्यक्रम” साथै “विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान कार्यक्रम” आयोजन गरी समापन गरीएको व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।
कार्यक्रमका प्रमु्ख अतिथी विश्व साइकल यात्री पुष्कर शाहले सम्पूर्ण पोखरेलीले हप्ताको एकदिन मात्र साइकल चढने बानी बसाले महिनामा पैंतिससय बराबरको इन्धनको बचत भई पोखराको वातावरणमा अनुकुल परिवर्तन आउने धारणा राख्नुभएको थियो । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ, साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाले पोखरालाई अझ सुन्दर शहर बनाउन साइकल चढने बानीको बिकास गर्न, उर्जा बचाउन तथा हरीयाली बढाउन सबैको योगदान रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका सभापति नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका अध्यक्ष निरञ्जन श्रेष्ठले यस कार्यक्रमको प्रमुख उद्देश्य वातावरण जोगाउन विभिन्न व्यवसायीक संघ संस्थाद्धारा प्रायोजन गरिएको रकमले पोखराको मुख्य चोकहरुमा सौर्य सडक बत्ति जडान गर्ने जानकारी दिनुका साथै सहभागी साइकल यात्री, प्रायोजक, पत्रकार, संघ संस्था सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको उक्त कार्यक्रमको संचालन संयोजक तथा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका सचिव प्रदिप बज्राचार्यले संचालन गर्नुभएको थियो ।
मानिसहरुको बढदो उपभोक्तावादी संस्कृती, प्राकृतिक उर्जा तथा इन्धनको अत्यधीक उपयोग लगायत विभिन्न कारणले  विश्वमा बढदै गईरहेको जलवायु परीवर्तन, वातावरणीय प्रदुषण, भुमण्डलीय उच्च तापक्रम वृद्धि, बढदो प्राकृतिक प्रकोप आदि सबै समस्याहरुलाई केही हद सम्म न्युनीकरण गर्न स्थानिय स्तरमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखरा र साइकल सिटी, पोखराले “साइकल चढौं, उर्जा बचाऔ, हरीयाली बढाऔं,” भन्ने उद्धेश्यले आयोजना गरीएको यस कार्यक्रमलाई सप्ताहव्यापी रुपमा मनाउने क्रममा विश्व वातावरण दिवस २०१२ को शुभारम्भ दिन मिति  २०६९ जेष्ठ २३ गते मंगलवारबाट हरेक दिन  साइकल यात्रा,  विश्व साइकल यात्री पुष्कर शाह द्धारा मदरल्याण्ड उच्च माध्यमीक विधालयमा  वातावरण संरक्षण सम्बधी जनचेतना कार्यक्रम  आयोजना गरिएको हो ।

Thursday, June 7, 2012

मासबार आमा समूहमा छ्वालीका सामान बनाउने तालिम शुरु

      पोखरा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिको सहयोग तथा पोखरा उपमहानगरपालिका कार्यालय र मासबार आमा समूह पोखरा–७ मासबारको संयुक्त आयोजनामा एक महिने छ्वालीका सामान बनाउने तालिम बिहीवारबाट शुरु भएको छ ।
       पोखरा उपमहानगरपालिका सामाजिक महाशाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव सन्जीवबहादुर कोइराला, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा महिला उद्यम विकास उपसमिति संयोजक हिरा भट्टराई, मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
       पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष रत्ना कुँवरले स्वागत तथा सहसचिव शारदा गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
       मासबार आमा समूह पोखरा–७ मासबारको सभाहलमा एकमहिनासम्म संचालन हुने उक्त तालिमका संयोजक हिरा भट्टराई तथा प्रशिक्षक ऋतु तामाङ रहनुभएको छ भने छ्वालीका सामान बनाउने तालिममा मासबार आमा समूहका २२ जनालाई प्रशिक्षण प्रदान गरिने मासबार आमा समूहकी कार्यसमिति सदस्य इन्दिरा बरालले जानकारी दिनुभयो ।

आसरा सुधार केन्द्र छिनेडाँडाको भवन शिलान्यास


      जिल्ला कास्की पोखरा उप...पा. वडा नं. १८ छिनेडाँडामा नेपाल प्रहरीले लागू औषध प्रयोगकर्ताहरुलाई पुनः सामाजिकिकरण गर्ने पवित्र उद्धेश्य राखी स्थापना गरेको आसरा सुधार केन्द्र, काठमाण्डौको विस्तारित क्षेत्रीय शाखा कार्यालय पोखरा भवनको श्रीमान् प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह भाटभटेनी सुपर मार्केटका अध्यक्ष समाजसेवी श्री मिन बहादुर गुरुङ्ग ज्यूले एक समारोह विच संयुक्त रुपमा शिलान्यास गर्नु भयो उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमान् प्रहरी महानिरीक्षकज्यूले सो भवन निर्माणमा सहयोग पु¥याउनु भएका मिन बहादुर गुरुङ्ग ज्यूलाई विशेष धन्यवाद टक्राउनु हुँदै आफनो क्षेत्रबाट सहयोग पु¥याउनु हुने अन्य महानुभावहरुलाई समेत धन्यवाद ज्ञापन गर्नु भयो साथै प्र..नि. शाहले स्थापना हुन गईरहेको यस सुधार केन्द्रले बाटो विराई लागू औषधको दुव्र्यसनमा फसेका युवाहरुलाई पुनःसामाजिकिकरण गरी सही मार्गमा ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो

Wednesday, June 6, 2012

तनहुँको नाहालमा निःशुल्क स्वास्थ्य शिविर हुने

       तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको पवित्रा उच्च मा.वि. नाहालमा यही जेठ २७ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
       स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामीहरुलाई स्थानीय स्तरमै स्वास्थ्य परीक्षण गरी सेवा एवं सहयोग पुयाउने उद्देश्यले आयोजित उक्त शिविरमा तत्काल बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिने भएको छ । परीक्षणका लागि आवश्यक इसिजी, एक्सरे मेशिन पनि शिविर स्थलमा पुयाइनेछ ।
       पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु डा.बुद्धिबहादुर थापा, डा.लुमेश्वर आचार्य, डा.प्रेमबहादुर थापा, डा.ध्रुव बहादुर अधिकारी, डा.चन्द्र मिश्र, डा.मोहन भट्टराई, डा.रविन्द्र श्रेष्ठ, डा.दीपक काफ्ले, डा.चिरायु भारी, डा.कुलदीप नारायण अग्रहरिले स्वास्थ्य परीक्षणका लागि जानुहुने भएको छ ।
       शिविरका लागि स्थानीय पवित्रा उच्च मा.वि., छपेंली सांस्कृतिक युवा क्लव बन्दीपुर, मोति मेडिकल हल डुम्रेले पनि सहयोग गर्ने भएका छन् । त्यसैगरी भञ्ज्याङ्ग राष्ट्रिय दैनिक तनहुँ, रेडियो बन्दीपुर, बन्दीपुर तनहुँ र तनहुँ एफएम खैरेनीटारले सञ्चार सहयोगीका रुपमा सहयोग गर्ने भएका छन् ।