Wednesday, June 6, 2012

तनहुँको नाहालमा निःशुल्क स्वास्थ्य शिविर हुने

       तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको पवित्रा उच्च मा.वि. नाहालमा यही जेठ २७ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
       स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामीहरुलाई स्थानीय स्तरमै स्वास्थ्य परीक्षण गरी सेवा एवं सहयोग पुयाउने उद्देश्यले आयोजित उक्त शिविरमा तत्काल बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिने भएको छ । परीक्षणका लागि आवश्यक इसिजी, एक्सरे मेशिन पनि शिविर स्थलमा पुयाइनेछ ।
       पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु डा.बुद्धिबहादुर थापा, डा.लुमेश्वर आचार्य, डा.प्रेमबहादुर थापा, डा.ध्रुव बहादुर अधिकारी, डा.चन्द्र मिश्र, डा.मोहन भट्टराई, डा.रविन्द्र श्रेष्ठ, डा.दीपक काफ्ले, डा.चिरायु भारी, डा.कुलदीप नारायण अग्रहरिले स्वास्थ्य परीक्षणका लागि जानुहुने भएको छ ।
       शिविरका लागि स्थानीय पवित्रा उच्च मा.वि., छपेंली सांस्कृतिक युवा क्लव बन्दीपुर, मोति मेडिकल हल डुम्रेले पनि सहयोग गर्ने भएका छन् । त्यसैगरी भञ्ज्याङ्ग राष्ट्रिय दैनिक तनहुँ, रेडियो बन्दीपुर, बन्दीपुर तनहुँ र तनहुँ एफएम खैरेनीटारले सञ्चार सहयोगीका रुपमा सहयोग गर्ने भएका छन् ।

नेकपा एमाले क्षेत्र नं.३ कास्की जेठ २६ गते काठमाण्डौ जाउँ कार्यक्रममा जुट्यो

   नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.३ कास्कीको विस्तारित २० औं पूर्ण बैठक बुधबार सम्पन्न भयो । क्षेत्रीय अध्यक्ष राजीव पहारीको अध्यक्षतामा भएको बैठकमा क्षेत्रीय सचिवालय सदस्य क्या.लालकाजी गुरुङ्ग नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई व्यक्त गरियो । वहाँलाई नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जि.सी.ले खादा पहि¥याएर शुभकामना व्यक्त गर्नुभएको थियो ।
       बैठकमा जिल्ला अध्यक्ष जि.सी.ले जेठ १४ को संविधान जारी नहुनुमा एनेकपा माओवादीको सर्वसत्तावादी सोंच र जातीय भड्काउवादी नीति प्रमुख कारण रहेको चर्चा गर्नुभयो । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य क्या.लालकाजी गुरुङ्गले कुनै एक आदिवासी जाति वा खस जातिका नाममा मुलुक फस्न नहुने बताउँदै उत्पीडित जाति, जनजाति र शोषित पीडितले अधिकार प्राप्तिका लागि निश्चित कार्यक्रमको अपेक्षा गरेका छन् भन्नुभयो ।

Tuesday, June 5, 2012

world environment day श्री कृष्ण माध्यमिक विधालयमा सरसफाई कार्यक्रम



  ३८ औँ विश्व वातावरण दिवस तथा १३ औँ सरसफाई दिवसको अवसरमा पोखराको मासवारमा रहेको श्री कृष्ण माध्यमीक विद्मालयले आज विद्मालय हाता वरीपरी सरसफाई कार्यक्रम सम्पन्न गरेको कार्यक्रममा विद्मालयका शिक्षक तथा कक्षा देखी सम्मका सम्पुर्ण विद्मार्थीहरुको सहभागीता रहेको विद्मालयका शिक्षक बेदहरि सुवेदीले जानकारी दिनु भयो साथै सुवेदीले पोखरा उपमहानगरपालीका जापानको जाईका संस्थाको सहकार्यमा विद्मालय व्यवस्थापन समिति संग छलफल गरि विद्मालयको कम्पाण्ड भीत्र वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिनु भयो  

world environment day स्टेप वाई स्टेप उच्च मा. वि. मासवार, पोखरा द्वारा सरसफाई कार्यक्रम


   ३८ औं विश्व वातावरण दिवसको उपलक्षमा स्टेप वाई स्टेप उच्च मा.वि मासवार, पोखराले विद्यालय वरिपरिका क्षेत्रहरुमा आज सरसफाइको कार्यक्रम सम्पन्न ¥यो सरसफाइको क्रममा विद्यालय गेटदेखि मनकामना मन्दिर सम्मको क्षेत्रका साथै पुष्पलालपार्क शान्ति नगर चोकदेखि जिरो कि.मि. मालेपाटन सम्मका क्षेत्रहरुमा बाटोमा जथाभावी फालिएका प्लाष्टिक, कागज अन्य फोहोर संकलन गरी विस्थापन गरिएको थियो सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षकहरु सूर्यप्रसाद लम्साल, युवराज लामिछाने, राजेन्द्र दवाडी, सुरेन्द्र पन्थ, विजया श्रेष्ठ, शुशीला पौडेल, राम चन्द्र शर्मा सूर्यबहादुर गुरुङ्ग लगायत कक्षा आठ देखि कक्षा दश सम्मका सम्पूर्ण विद्यार्थीहरुको संलग्नता रहेको थियो

      विद्यार्थीहरुमा वातावरण सरसफाइको महत्वको वारेमा जानकारी गराउने तथा स्थानीय वासिन्दाहरुमा वातावरण सरसफाईको वारेमा चेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल प्रिन्सिपल निर्मला बरालले संयुक्त रुपमा विद्यार्थीहरुलाई सरसफाइको लागि आवश्यक सामग्रीहरु बोरा, पञ्जा, आदि हस्तान्तरण गरी गर्नुभएको थियो कार्यक्रमको सुरुमा शिक्षक युवराज लामिछाने, विद्यार्थी द्वय स्नेहा अधिकारी रोशन लम्सालले यस वर्षको विश्व वातावरण दिवसको नाराहरित अर्थतन्त्र, दिगो विकासको मूलमन्त्रलाई यथार्थमा सफल बनाउन वातावरण जोगाउन हामीले खेल्नुपर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए यस सरसफाई कार्यक्रमको संयोजक विद्यलयका अतिरिक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले गर्नुभएको थियो

(world environment day)विश्व वातावरण दिवसमा सरसफाई

           विश्व वातावरण दिवसको उपलक्ष्यमा केल्स एकेडेमी रामबजारले विद्यालय भित्र र बाहिर वातावरण  सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।
              विद्यालयका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थितिमा विद्यालय क्षेत्र वरपर सरफाई गरिएको विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर आलेले जानकारी दिनुभयो । कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रप्रकाश गुरुङ्गको अध्यक्षतामा भएको थियो ।