Saturday, May 19, 2012

ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजना एवं सेन्टर फर माइक्रोफाइनान्स काठमाण्डौको सहयोग जेठ १ देखि ५ गतेसम्म संचालन भएको पाँचदिने सहकारी ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
       सिद्धार्थ क्लवका अध्यक्ष सचिन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट शाल्भी बाँस्तोला र सीतादेवि क्षेत्रीले तालिम लिएर आफ्नो संस्थाप्रतिको जिम्मेवारीबोध भएको र यस्ता तालिमहरु बेलाबेलामा संचालन गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
       कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निता बराल, सचिव कमला गिरी, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रा कोइराला, प्रशिक्षक नरेश नेपाल लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिनुभएको थियो ।
       कार्यक्रमको संचालन नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव निर्मला मर्सानीले गर्नुभएको थियो ।

Friday, May 18, 2012

Drug caught by Police in Pokhara

                         लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो सहित मानिस पक्राउ:

१)    मिति २०६९।२।१ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा – १ ट्याक्सी चोकमा शंकित अवस्थामा हिडीरहेको विरगंज उप.म.न.पा. वडा नं. १५ बस्ने वर्ष ३९ को काशी मियालाई तलासी लिने क्रममा लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ अं. २६ ग्राम सहित बरामद गरी निजलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

२)    पोखरा उ.म.न.पा. वडा नं. ७ मासवारमा लागू औषध ब्राउन सुगरको विक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई पोखरा र यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. दोलखा भेदपु गा.वि.स. वडा नं. ७ स्थायी घर भई हाल पोखरा ७ मासवारमा डेरा गरी बस्ने वर्ष ४० को गोविन्द अधिकारी र निजको श्रीमती वर्ष ३२ कि विन्दा अधिकारीलाई लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ८१ ग्राम निजहरुको घर कोठाको टवाईलेटको प्यान भित्र सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको र  निजहरुलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

One dead bodie found Descriptionflash flood (Kaski, Seti River)

                                                   मिति २०६९।२।४ गतेको बिवरण
  • मिति २०६९।२।४ गते पोखरा पृथ्वीचोक स्थित सेती नदीको किनारबाट सडीगलेको अवस्थामा  थप १ महिलाको मृत शव फेला परेको, निजको हालसम्मको सनाखत नभएको र उक्त मृत शव प.क्षे. अस्पतालको शव गृहमा राखिएको ।  
  • हालसम्म सनाखत भएको शव संख्या २७, सनाखत हुन बाँकी शव ५ (पुरुष २,  महिला १, महिलाको टाउको १, ढाडको हड्डी १) गरी जम्मा मृत्यु संख्या ३२   रहेको ।
  • पहिचान नखुलेका ७ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
  • दैवी प्रकोपमा परि मृत्यू भएका प.क्षे. अस्पताल र मणिपाल शिक्षण अस्पतालमा पोखरामा राखिएका केही शवहरु र मानव अंगहरु हालसम्म पनि  सनाखत हुन नसकेकाले यस कार्यालयको अनुरोध अनुुसार काठमाण्डौंबाट डा. प्रमोद श्रेष्ठ र डा. रिजन श्रेष्ठ सहितको विशेषज टोली पोखरामा आई आजैबाट कार्य शुरु  गर्नु भएको ।


Tuesday, May 15, 2012

Flash Flood ko latest


मिति २०६९/२/२ गतेको बिवरण:
१)  सार्दीखोलाको घटनामा वेपत्ता भएकी जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ४ भुर्जुङ्गखोला बस्ने वर्ष ४ की निर्जला तामाङ्गको मृत शवको छाती र हातबाट निजको आफन्तले सनाखत गरी शव बुझि लगेको ।
अन्य बिवरण:
  •  वेपत्ता संख्या ३९ भएकोमा आज मिति २०६९।२।२ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३८ रहेको ।
  • हालसम्म सनाखत शव २७  सनाखत हुन बाँकी ४ वटा शव ( २ पुरुष, टाउको १, ढाडको बडी १) पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।
      जिल्ला प्रहरी कार्यालय कास्की

Distribution of books & clothes to the school students (विद्यालय पोशाक र स्टेशनरी वितरण)


       कास्कीको सराङ्गकोट गाविस वडा नं. ९ स्थित श्री सृजना प्रा.वि.मा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई बाल कल्याण संस्था सराङ्गकोट र नेपाल हाउसद्वारा विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।
       संस्थाका संस्थापक पिटर र श्रीमती दुर्गाको प्रमुख आतिथ्यतामा एवं सराङ्गकोट गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाल हाउसका अध्यक्ष रणबहादुर थापा, कार्यक्रम संयोजक शिव थापा, बाल कल्याणका मेनेजर विजय प्रधान, टुँडिखेल श्रोत केन्द्रका श्रोत व्यक्ति भिमराज पौडेल, विद्यालयका प्र.अ. डिल्लीराम अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
       विद्यालय व्यवस्थापन समितिका सदस्य होमबीर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका संगिता सुवेदी र कार्यक्रमको संचालन शिक्षिका कामाक्षी कार्कीले गर्नुभएको थियो ।
       उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए