हेरालो प्रतिष्ठान कास्की पोखराको पदस्थापन समारोह सो संस्थाका अध्यक्ष योगेन्द्र शेरचनको सभापतित्वमा पोखरा पर्यटन बोर्डको सभाहल ड्यामसाइड पोखरामा मंगलबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जापानका लागि नेपालका पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.केदारभक्त माथेमाले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गलाई अध्यक्षीय माला लगाइदिएर र संस्थाका दस्तावेजहरु हस्तान्तरण गरी पदस्थापित गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गले संस्थाका भावी कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि पोखरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, प्राज्ञ एवं बरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ र हेरालो प्रतिष्ठानका मानार्थ सदस्य एव्ं बुद्ध फाउण्डेशन जापानका अध्यक्ष डा.ताकाजी यामागुचीले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।