Wednesday, April 11, 2012

Computer Handover by FNCC Kaski to WPO Bagar( प्रहरीलाई कम्प्युटर सहयोग)

           पोखरा उद्योग वाणिज्य संघ कास्कीले वडा प्रहरी कार्यालय बगरलाई एक कार्यक्रमका विच कम्प्युटर    हस्तान्तरण गरेको छ ।
                सहयोग हस्तान्तरण गदै पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णमोहन श्रेष्ठले आफुले उक्त जनसहयोग, सेवाग्राहीलाई तत्काल,छिटोछरीतो सेवा प्रदान गर्नका साथै बिद्यामान प्राविधिक युगमा प्रहरीलाई समयसापेक्ष कार्यकुशल बनाई प्रभावकारी कार्यसम्पादन गर्न सघाउ पु¥याउने हेतुले गरेको वताए । सोही अवसरमा सहयोग ग्रहण गदै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले उक्त सहयोगबाट अभिलेख ब्यवस्थापनमा  क्षेत्रीय प्रहरी कार्यालय पोखराले अवलम्बन गरेको Less Paper नीतिलाई वडा प्रहरी कार्यालय वगरले समेत अंगिकार गर्न लागेको सन्र्दभमा उक्त सहयोग फलादयी हुनुका साथै आम नागरीकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गर्न प्राप्त सहयोगले अहम भुमिका खेल्ने जनाउदै जनसहयोकारी भावको अपेक्षा राखिरहने वताए ।
>>>>Computer Handover by FNCC Kaski to WPO Bagar ( प्रहरीलाई कम्प्युटर सहयोग)

Tuesday, April 10, 2012

कर्णालीवासीद्धारा प्रधानमन्त्री कार्यालय अगाडि धर्ना

विशेषअधिकारसहितको स्वायत्त कर्णाली प्रदेश त्यहाँका जनताका जनजिविकासम्बन्धी माग पुरा गर्न माग गर्दै कर्णालीवासीले मंगलबार ( आज) प्रधानमन्त्री कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् कार्यालयको मुख्य गेटमा आयोजित धर्नामा कर्णालीवाट प्रतिनिधित्व गर्ने सभासद, नागरिक समाज, पत्रकार, बुद्धिजिवी एवं कर्णालीप्रति चिन्ता चासो राख्ने सयौं कर्णालीवासीहरु सहभागि थिए
जुम्लाका सभासद नरेश भण्डारीको संयोजकत्वमा गठित संघर्ष समितिले गत चैत गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुत्रीय माग राखेर १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो गत चैत १३ गते आप्mना मागबारे पुनः स्मरण गर्दै समितिले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको थियो
धर्ना कायक्रमलाई सम्बोधन गर्दै सभासद नरेश भण्डारीले कर्णालीका गम्भीर मुद्धाप्रति राज्य अझै गम्भीर नभए जिवनमरणको संघर्षमा उत्रन सम्पूर्ण कर्णालीवासी तयार हुने बताए हाम्रो संयमतालाई कमजोरी ठानिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने , चेतावनी दिँदै भण्डारीले भने
कर्णाली विशेष स्वायत्त प्रदेश सुनिश्चित गर्नुपर्ने, कर्णालीलाई विभेद हैन, न्याय दिनुपर्ने, कर्णालीमाथि भइरहेको आन्तरिक उपनिवेश बन्द गर्नुपर्ने, जेठ १४ मै संघीयतासहितको नयाँ संविधान तुरुन्त जारी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, शक्तिशाली कर्णाली विकास आयोगको गठन गर्नुपर्ने, कर्णाली विश्वविद्यालयको स्थापना गर्नुपर्ने, कर्णालीलाई ,, ०६९÷७० मा कुल बजेटको २०% बजेट विनियोजन गर्नुपर्ने, हवाई सेवा सुलभ व्यवस्थित गर्नुपर्ने, समितिले पेश गरेका आठ सुत्रीय माग तत्काल पूरा गर्नुपर्ने कर्णालीका पाँचै जिल्लामा सडक सञ्जाल विस्तार गर
यिनै मागहरु सम्बोधन गर्न समितिले बुधबार संविधानसभा भवन अगाडि घण्टा धर्ना दिँदैछ यसका साथै बुधबार नै कर्णालीका पाँचवटै जिल्लाका सबै सरकारी कार्यालयमा कर्मचारीहरुले पेन डाउन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिवालय सदस्य जन्मदेव जैसीले बताए जैसीका अनुसार पहिलो चरणका कार्यक्रम अन्तर्गत विहिबार मूख्य दलका केन्द्रीय कार्यालयमा घण्टा धर्ना दिने, बैशाख गते प्रमुख दलका शिर्ष नेताहरुसहितको बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ

Sunday, April 8, 2012

क्यूपेक नेपाल पोखरा–५ को अध्यक्षमा विष्णु राइ

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) पोखरा वडा नं. ५ को तेस्रो वडा अधिवेशन पोखरा–५, को मनकामना मन्दिरको सभाहलमा नेपाल टे«ड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटी सदस्य तथा जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा जिफण्ट अञ्चल सदस्य गुन्जलाल श्रेष्ठ, जिफण्ट कास्की जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, जिफण्ट जिल्ला सदस्य डिल्लु थापा, क्यूपेक नेपाल जिल्ला उपाध्यक्ष पुण्यप्रसाद उप्रेती, पोखरा नगर कमिटी अध्यक्ष लगायत विभिन्न वडाका पदाधिकारी तथा प्रतिनिधिहरु एवं वडा नं. ५ का निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख एवं अतिथिहरुले निर्माण मजदुरहरु संगठित हुन सकेमात्र आफ्नो हक अधिकार प्राप्त हुने र टे«ड युनियनहरुले उठाएको मजदुर अधिकारका लागि सामाजिक सुरक्षा सरकारले अनिवार्य रुपमा लागू गराउन बाध्य हुने बताउनुभयो ।
ध्रुव प्रसाद छत्कुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मोहन थापाले स्वागत र सचिव जीवन सुब्बाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अधिवेशनले २ वर्ष कार्यकालका लागि विष्णु राइको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयनि गरेको छ । जसको उपाध्यक्षमा मोहन थापा, सचिवमा जीवन सुब्बा, सहसचिवमा शोभा परियार, कोषाध्यक्षमा नाम बहादुर पुन र सदस्यहरुमा पार्वती परियार, कुसुम मगर, भोलानाथ दाहाल, अजित रानामगर रहनुभएको छ । त्यसैगरी बरिष्ठ सल्लाहकारमा ध्रुवप्रसाद छत्कुली, सल्लाहकारहरुमा मंगलबहादुर बराम, नरबहादुर तामाङ्ग र करण मगर रहनुभएको छ ।

आधारभुत तहको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाई तथा ट्याक्सी माईक्रो बस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले श्रम ऐन तथा सवारी ऐनकोे बारेमा र केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले संगठनको इतिहासको बारेमा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले र्दुघटना न्यूनिकरण तथा यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहालले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यको बारेमा जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि सुक बहादुर कुँवरले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरि अंचल सदस्य नन्ललाल अधिकारीले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा किन लाग्ने भन्ने विषयमा दिनु भएको थियो ।
नगर बस इकाई अध्यक्ष बसन्त बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नगर बस इकाई सचिव कृष्ण बहादुर गुरुङ्गले गर्नु भएको थियो । स्वागत मन्तव्य ट्याक्सी माईक्रो बस इकाईका अध्यक्ष जिवन जि.सी ले गर्नु भएको कार्यक्रममा १५० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

Saturday, April 7, 2012

मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान


हुर्जाको वार्षिक साधारणसभा सम्पन्न, शान्ति र संविधान समयमै पु¥याउनुको विकल्प नभएको: माओवादी नेता महरा
मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको वार्षिक साधारणसभाको शनिबार एक कार्यक्रमकाबिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एकिकृत नेकपा माओवादी स्थायि समिति सदस्य एवं पूर्व उपप्रधान गृह तथा सञ्चारमन्त्रि कृष्णबहादुर महराले पछिल्लो चरणमा मानवअधिकारको अवस्थामा सुधार आएको बताउँदै मानवअधिकार र पत्रकारिता दुवै राजनीतिबाट मुक्त हुन नसकेको बताउनुभयो । महराले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएर नयाँ संविधान निर्माणको विकल्प नभएको बताउनुभयो । संघीयता सहितको संविधान निर्माण हुने बताउँदै उँहाले शासकीय स्वरुप, अधिकार बाँडफाँडमा पनि दलहरुबिच सहमति नजिक पुगेको जानकारि दिनुभयो । उँहाले देश बनाउनका लागि मानवअधिकारकर्मी र पत्रकारहरु एक भएर र स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालका केन्द्रिय अध्यक्ष छत्रशंकरले जनआन्दोलनपछिका तीन वटा सरकार गठन भएको र तीनै सरकारका पालामा पत्रकारहरु सुरक्षित नभएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट र दुर्गा भण्डारीले पत्रकारहरुको सुरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सँस्थाका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, प्रेश युनियन नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष गङ्गाधर पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, सँस्थाका उपाध्यक्ष राजेश पराजुली, महासचिव वीरेन्द सापकोटा लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । सोही अवसरमा मानवअधिकारका क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मानवअधिकार पत्रकारिता पुरस्कार स्थापना भएको छ । वर्षैपिच्छे सँस्थाको वार्षिकोत्सवको अवसरमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहलाई पुरस्कार स्वरुप प्रदान गरिने सँस्थाका महासचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । अक्षयकोषमा सहयोग गर्न पनि हुर्जाले सबैमा आग्रह समेत गरेको छ । सोही अवसरमा विष्णुबहादुर ख्वाउँजु, कृष्ण पराजुली(ढाका मोहन), बद्रिविनोद प्रतिकले अक्षयकोषमा आ–आफनो तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो ।