Saturday, January 21, 2012

संक्रमणकालिन न्याय र मानव अधिकार विषयक तालिम सम्पन्न


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी इश्वर राज रेग्मीले आफुहरुको मातहतबाट सरकारले शहिद परिवार तथा घाइते तथा बेपत्ता परिवारलाइ प्रदान गर्दै आएको राहत वितरण कार्य भैरहेको र सरकारले थप गरे अनुरुप सहयोग आउने क्रममा रहेको बताउनुभयो । सरकारले द्धन्द्ध पिडितलाइ प्रदान गर्ने राहत उनीहरुले आशा गरेअनुरुप नहुने उल्लेख गर्दै आफुहरुको अधिकार प्राप्त गर्नका लागि सदैव सरकारलाइ झस्काइरहन समेत उहाले आग्रह गर्नुभयो । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले सरकारले सत्य निरुपण आयोग गठन तथा बेपत्ताको खोजी गर्नुको सट्टा अपराधीहरुलाइ हौसला दिएको आरोप लगाउनुभएको छ । उहाले आफुहरुको आन्दोलनका कारण नेपालमा जारी निरंकुश राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै तत्काल सत्यनिरुपण आयोग गठन गरी बेपत्ताको खोजी गर्न सरकारलाइ आग्रह गर्नुभयो ।

सरकारले जनआन्दोलनका क्रममा दोषी ठहराइएकालाइ आम माफी दिने प्रकृया शुरु गरेको उल्लेख गर्दै त्यसो गरिए ६ सय १ सभासदको हालत पनि ज्ञानेन्द्रको जस्तै वनाउन जनता तयार रहने उहाकोे भनाइ रहेको थियो । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखरा र जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समितिद्धारा संयुतm रुपमा पोखरामा आयोजित संक्रमणकालिन न्याय र मानव अधिकार विषयक दुइ दिवशिय तालिमको समापन समारोहमा वोल्दै पौडेलले सरकारले विस्तृत शान्ति सम्झौता अनुसार काम गर्न नसकेकोमा दुखेसो समेत र्गभयो । कार्यक्रममा वोल्दै शान्तिका लागि नागरिक समाज कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले जनआन्दोलनका क्रममा दोषी ठहरिएकाहरुलाइ राज्यले नभइ शहिद घाइते तथा बेपत्ता परिवारले माफी दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चलका निर्देशक  यज्ञ प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ मानवअधिकार कर्मी द्धय टेकनाथ वराल र नवदत्त ढुङ्गाना , एड्भोकेसी फोरम कास्कीका अध्यक्ष राम प्रसाद घिमिरे, इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जुना कुमारी गुरुङ्ग, मानव अधिकार कर्मी खगराज आचार्य, सामाजिक अध्ययन मञ्च कास्कीका टेक नाथ पौडेल , बद्रि सुवेदी, सञ्चारकर्मी श्याम कुवर लगाएतले आआफ्नो धारणा राख्नुभएको थियो । २ दिन सम्म सञ्चालन भएको उतm तालिममा कास्कीमा रहेका जनआन्दोलन शहिद परिवार तथा घाइतेहरु गरी २७ जना सहभागी रहेका थिए । तालीमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी, मानवअधिकार अधिकृत बद्रि सुवेदी, यशोदा बञ्जाडे, इन्सेक क्षेत्रीय कार्याय पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठले गर्नुभएको थियो ।

Monday, January 9, 2012

पावर ट्याक्टर इकाईको अध्यक्षमा भूमि रा


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पावर ट्याक्टर इकाईको भेला ‘‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मानभन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा सोमबार सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौवलागिरि अंचल सदस्य नन्ललाल अधिकारीले अहिलेको जटिल अवस्थामा सम्पुर्ण ट्याक्टर मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा एकतावद्ध हुन आहृान गर्नु भयो ।
कार्यक्रममा संगठनका महासचिव रुद्र बहादुर खत्री, केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्ग, अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री, लगायतका अतिथिहरुले संगठनको बारेमा प्रष्ट पार्दै भेलाको सफलताको कामना गर्नु भयो ।
उक्त भेलाले भुमि राई को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन ग¥यो । जसको उपाध्यक्षमा अइत बहादुर कुमाल, सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा प्रेमनाथ घरेल, सदस्यहरुमा क्रमश : राजु थापा, थम बहादुर क्षेत्री, र राजु थापा मगर रहनु भएको छ । सोहि भलाले जिफण्ट प्रतिनिधिमा ढक बहादुर गुरुङ्ग तथा सल्लाहकारमा दिनेश लाभाजु लाई चयन गरेको छ ।
भुमि राईको अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अन्चल सचिव कमल प्रसाद पौडेलले गर्नु भयो । स्वागत मन्तव्य अंचल सदस्य कुमार आचार्यले गर्नु भएको कार्यक्रममा ७० जना  ट्याक्टर मजदुरहरुको उपस्थिति रहेको थियो ।

Sunday, January 8, 2012

क्यूपेक नेपाल लेखनाथ कमिटीको अध्यक्षमा शर्मा


नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) लेखनाथ नगर कमिटीको चौंथो अधिवेशन लेखनाथको अर्घौंचोकमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि क्यूपेक नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग, जिफण्ट अञ्चल सदस्यद्वय सूर्यमोहन सुवेदी र गुन्जलाल श्रेष्ठ, जिफण्ट जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, क्यूपेक नेपाल जिला अध्यक्ष ज्ञानेन्द्र प्रसाद मर्सानी, लेखनाथ नगरपालिका कर्मचारी संघका क्षेत्रीय सदस्य मुरलीमोहन पौडेल, क्यूपेक नेपाल जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, पोखरा नगर कमिटीका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु, पोखरा वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरु रलेखनाथका सबै वडाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
      ऋषिराम नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गौरी शंकर नेपालीले स्वागत र सुवास परियारले संचालन गर्नुभएको थियो ।
      अधिवेशनले २ वर्षे कार्यकालको लागि गौरीशंकर शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा मेखलाल विक, सचिवमा ध्रुवबहादुर भुजेल, सहसचिवमा सुनिल खड्का, कोषाध्यक्षमा तारा माया तामाङ्ग, सदस्यहरुमा प्रेम मल्ल, डिलबहादुर वि.क., कृष्ण श्रेष्ठ, जगनाथ शाह, रुपलाल गिरी, कल्पना राना, हरिमाया, विष्णु राई रहनुभएको छ भने सल्लाहकारमा विष्णु आले र ध्रुवराज ओझा रहनुभएको छ ।

Blood Donation


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासिय विद्यालय इकाईको खुल्ला रक्तदान कार्यक्रम शनिवार सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले पहिलो रक्तदाता अंचल सदस्य तथा इकाई इन्चार्ज सुर्यराज रंजितलाई व्लड व्याग हस्तान्तरण गर्नु भई कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्तसंचारका प्राविधिक माधव पोख्रेलले रक्तदान गर्दा रक्तदाताले अपनाउनु पर्ने विषयमा प्रष्ट पार्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । रक्तदाताहरुमा क्रमश : विजय पुन, उसा राना, धन ब. गुरुङ्ग, मिन प्र.कोइराला, पुर्ण परियार, नविन पौडेल, खेम ब.नेपाली, दिपक लामा, माधव सापकोटा, सन्तोष कुमार गुरुङ्ग, सुभाष गुरुङ्ग, बुद्धि प्र.बराल, दिपक रोक्का मगर, महेन्द्र गुरुङ्ग, कुलमान गुरुङ्ग, जंग ब.मगर, अमिल थापा मन ब.दर्जी, देव ब.राम्जा, गिता प्र.थापालिया, तारा गुरुङ्ग, बाबुराम राना, रुपेन प्रधान, सोम ब.गुरुङ्ग, कुमार आचार्य, बुद्धि प्र.वास्तोला, राजु थापा मगर, प्रेम ब.खड्का, तेज ब.नेपाली, राजेन्द्र पौडेल, चन्द्र ब.नेपाली, रवि थापा, गोपाल परियार, धुव्र भुजेल, सुन्दर परियार, प्रकाश कार्की, भरत मान श्रेष्ठ, गुप्त मान घर्ती, भिम ब.गुरुङ्ग, विक्रम लामा, कृष्णराज जबज्राचार्य, यम गुरुङ्ग, शिवहरि नेपाली, अभिषेक सुनार, सुरेश थापा, अनिल भण्डारी, शेर ब.उपाध्याय, हरि कुमार गुरुङ्ग, रत्न ब.राना, अंचल सदस्य स्कुल हरि ब. कार्की रहनुभएको छ ।

ग्रामीण क्षेत्रमा मानवअधिकार अवस्था विषयक सचेतना सम्पन्न


बढ्दै गएको मानवअधिकारका घटनामा न्यूनिकरणका साथै ग्रामिण क्षेत्रमा मानवअधिकारको अवस्थाका बारेमा जानकारि लिन तथा दिनका लागि ग्रामीण क्षेत्रमा मानवअधिकार विषयक सचेतना कार्यक्रमआज कास्कीको भरतपोखरी गाविसमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा र एम्नेष्टि इन्टरनेशनल समूह८२ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रामीण क्षेत्रमा घट्ने मानवअधिकारका घटनामा कसैले पनि चासो नदिएको गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारका कार्यक्रमहरु शहरमुखि भएकाले ग्रामीण क्षेत्रमा गरिएको यस्ता कार्यक्रमले प्रभाव पर्ने बताउनुभएको थियो । उँहाले सबैले अधिकारसँगै कर्तव्यको कुरा भुल्न नहुनेमा जोड दिदै समाजमा छुवाछुतका घटना, बालबालिकाका घटना, महिलाका घटना बढेको भन्दै दुख व्यक्त गर्नुभएको थियो । अधिकारीले भरतपोखरी गाविसलाई नमुना गाविस बनाउनुपर्ने भन्दै बढ्दै गएको घरेलु हिंसालाई न्यूनिकरण गर्न लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।