Monday, December 19, 2011

Bicycle gifts - गस्ती गर्न साइकल उपहार

   एक कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला गा.वि.स.का अध्यक्ष विक्रम गुरुङ्गबाट अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको लागि रु.३६०००। मुल्य बराबरका ४ थान गियर भएका साइकल प्रदान गर्नुभएको छ । विभिन्न दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको उपस्थितीमा पोष्ट इन्चार्ज प्र.ह.शिव प्रसाद उपाध्यायलाई अध्यक्ष गुरुङ्गज्यूले विधिवत् हस्तान्तरण गर्नुभएको थियो । स्थानीय जनताहरुको विशेष पहलमा हालै मात्र स्थापना भएको उक्त अस्थायी प्रहरी पोष्टमा भौतिक सामाग्रीहरुको अभाव रहेको सन्दर्भमा अन्दाजी रु.८०००। मुल्य पर्ने एक थान काठको दराज समेत प्रदान गरिदा शान्ति सुरक्षा प्रभावकारी गराउन टेवा पुग्ने कार्यक्रमका सहभागीहरुले बताउनुभएको थियो ।
>>>> Bicycle gifts -गस्ती गर्न साइकल उपहार

संगम सहकारीको अवलोकन भ्रमण तथा प्रशिक्षण

       संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार, पोखरा –१५ ले पोखराको उत्तरी भेग सार्दीखोला –९ मा रहेको पर्वतिय कृषि सहकारी संस्था र रेन्बो ट्राउट माछापालन सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुका साथै सोही स्थानमा आफ्नो संस्थाका विभिन्न समिति, उपसमितिमा रहेका सदस्यहरुलाई प्रशिक्षण समेत दिएको छ ।

        सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, कास्कीका प्राचार्य चन्द्र बहादुर ठकुरीले सहकारीका मुल्य र मान्यता विषयमा दिनुभएको उक्त प्रशिक्षण कार्यक्रममा आयोजक संस्थाका समिति र उपसमितिका सदस्य लगायत कर्मचारीहरु समेत गरी ३५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख प्रशिक्षक प्राचार्य चन्द्र बहादुर ठकुरीले संगम बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण र तालिम जस्ता विषयलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्दै संस्था तथा सदस्यहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम फलदायी हुने बताउनु भयो । पर्वतिय कृषि सहकारी संस्था लि. का अध्यक्ष मेष गुरु¨ले भ्रमण दल प्रति खुसी व्यक्त गर्दै आफ्नो संस्थाको गतिविधीको बारेमा जानकारी दिनुभएको थियो । यस अघि भ्रमण दलका सदस्यहरुलाई कृषि सहकारीका कृषि विज्ञ बाबुराम पौडेल र व्यवस्थापक धनकाजी गुरु¨ले अर्गानिक तरकारी खेतीको बारेमा जानकारी गराउनुभएको थियो ।

        भ्रमण दलले सोही दिन सार्दीखोलामै भएको रेन्बो ट्राउट माछापालन सहकारी संस्थाले सञ्चालन गरेको ट्राउट माछा पालन केन्द्रको समेत अवलोकन गरेको थियो ।

        यसैगरी संगम सहकारीका विभिन्न उपसमितिहरुले गत कार्तिक महिनामा पोखराका अन्य पा“च –पा“च वटा सहकारीमा गरेको भ्रमणको प्रतिवेदन समेत उपसमितिका संयोजकहरु लिल बहादुर गुरु¨, दल बहादुर कु“वर तिलक थापा, विष्णुकुमारी थापा, गोविन्द बहादुर गिरी र गोविन्द बहादुर थापाले सोही प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी संस्थाका अध्यक्ष निरज थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा सदस्यहरुको निम्ति शिक्षामुलक, रमाईला खेलहरु प्नि खेलाईएको थियो ।

        शिक्षा, सुचना तथा सञ्चार उपसमितिका संयोजक तिलक थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष निरज थापाले गर्नुभएको थियो ।

Saturday, December 17, 2011

World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो


सुनौलो विश्वको लागि सबैको सम्लग्नता, अपाङ्गता भएका व्यक्तिहरुको विकासमा सहभागिता भन्ने नाराका साथ विश्व अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब दमौलीको संयुक्त आयोजनामा ४ जना अपाङ्गहरुलाई ह्वीलचियर वितरण गरिएको थियो । रोटरी क्लब अफ फिस्टेलका निवर्तमान अध्यक्ष रो. सुरेशप्रसाद श्रेष्ठले क्लबमा १०० वटा ह्वीलचियर प्राप्त भएको मध्ये वितरण गरिएको ह्वीलचियरको सही सदुपयोग होस भन्दै क्लबको बारेमा प्रकाश पार्नुभएको थियो ।


बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोल, रोटरी क्लब अफ पोखरा फिस्टेल, जील्ला विकास समिति स्याङ्गजा र गाउँ विकास समिति स्याङ्गजाको संयुक्त लगानीमा स्याङ्गजाको कोल्मा गाविस ५ मा खानेपानी आयोजनामा निर्माण कार्य सम्पन्न भएको छ । उक्त आयोजनाको परियोजनाका संयोजक रो. नरेन्द्र लिम्बु, रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिना, बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोलका पदाधिकारी रो. रोन स्टाग र उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले संयुक्त रुपमा धारा खोली खानेपानीको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा परियोजना संयोजक रो. नरेन्द्र लिम्बुले ३४ लाख ५६ हजारको लागतमा उक्त आयोजना निर्माण भएको जानकारि दिनुभयो । करिब १२०० व्यक्तिहरु इसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा कास्कीको अर्मला गाविस २ स्थीत जनता प्राथमिक विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिनाले शिक्षाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।रोटरी क्लब अफ पोखरा फिस्टेलले विद्यालयको भौतिक संरचना, खानेपानी टंकी, शौचालय तथा छात्रवृत्तिमा सहयोग गर्दै आएको र भोलिका दिनमा पनि यसरी नै सहयोगको निरन्तरता दिने रोटरी क्लब अफ पोखरा फिस्टेलका डा. अनिलबाबु पराजुलीले बताउनुभयो ।

>>>>World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम

Friday, December 16, 2011

राजनैतिक दलका कारण मानवअधिकारको उल्लंघन बढेको

राजनैतिक दलहरुकै कारण मानवअधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले आरोप लगाउनुभएको छ । राजनैतिक दलहरु शासन सत्तामा लाग्ने र मानवअधिकारको बेवास्ता गर्ने गरेकाले पनि मानवअधिकारका घटनाहरु बढिरहेको उपाध्यायको भनाई छ । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल पोखराको आयोजनामा शुक्रबार भएको दण्डहिनता र मानवअधिकारको समग्र अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उँहाले उक्त कुरा बताउनुभएको हो । मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्य नलागेकोले पनि जनताले सोचेअनुसारको राहत


नपाएको दाबि गर्नुभयो । उँहाले गठन हुन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा राजनैतिक हावि र दावि भयो भने त्यसले काम गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव विशाल खनालले राजनैतिक दलका कारण दण्डहिनता बढेको आरोप लगाउनुभयो । उँहाले जनताको काममा प्रत्यक्ष रुपमा राजनीति हुने गरेकाले पनि सम्बन्धित प्रशानले काम गर्न नसकेको भन्दै दुख प्रकट गर्नुभयो । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयेग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारको अवथा सन्तोषजनक नभएको बताउनुभयो । उँहाले राज्यले


मानवअधिकारको सम्मान र संरक्षण गर्नुपर्ने भएपनि नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा शान्तिका लागि नागरिक समाजका संयोजक सुरेन्द्र थापा मगर, वरिष्ठ मानवअधिकारकर्मी नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे, राम बहादुर पौडेल, खगराज आचार्य, सरला पाण्डे, कमल प्रसाद अर्याल, ढाकाराम पौडेल, कृष्ण तिमिल्सिना, टंक खनाल, कामनवअधिकार पत्रकार संघ(हुर्जां) कास्कीका महासचिव वीरेन्द्र सापकोटा, वानका केन्द्रिय सदस्य रमेश पौडेल, पत्रकारहरु हेमराज बराल, गोन्दि सुवेदी, प्रशान्त लामिछाने,
 मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका मानवअधिकार अधिकृत बद्रि सुवेदी लगायतका वक्ताहरुले आ–आफना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्राद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कृषि तथा ब्यापार आयोजनाको प्रशिक्षणमा भाग लिनेको चाप

ब्यबसायिक कृषि तथा ब्यापार आयोजनाले उप आयोजनाका लागि परियोजना अवधारणा पत्र तयार गर्नेहरुका लागि १ दिने प्रशिक्षण सञ्चालन गर्दा देशका बिभिन्न ठाउमा सहभागिहरुको निक्कै चाप देखिएको छ ।

ब्यबसायिक कृषिका लागि बैदेशिक अनुदान समेत उपलब्ध गराउने ब्यबसायिक कृषि तथा ब्यापार आयोजनाले प्रतिस्प्रधात्मक रुपमा उप आयोजनाका लागि समुह  र संस्थाको छनौट गर्ने गर्दछ ।  प्रतिस्प्रधात्मक रुपमा उप आयोजनाका लागि छनौटमा पर्ने क्षमताका लागि प्रशिक्षणमा भाग लिनेको चाप बढेको देखिएको छ ।

तालिममा पोखरा क्षेत्रमा १३३ जनाको २ शत्र सञ्चालन भएको छ । कृषि इलमीहरुको यो उत्साहमा पाटीका नेता तथा संविधान सभाका सभासद समेत सहभागी भएका छन् ।

पोखरामा भएको प्रशिक्षणमा केशव नेपाल र महेन्द्र थापाले श्रोतब्यक्तिको रुपमा सहजीकरण गरेको सहजकर्ता शंभु कार्कीले  जनाएका छन् । पोखराका साथै काठमाण्डौं , चितवन, नेपालगञ्ज,धनगढी समेतमा गरी ७१० जना कृषि इलमीहरु सहभागि भएको आयोजनाका अनुगमन अधिकृत टीकाराम शर्माले जनाएका छन् ।