Thursday, December 15, 2011

National Human Rights commision's appeal-आममाफि नदिन राष्ट्रिय मानवअधिकार आयोगको अपिल

 सशस्त्र द्वन्द्वकालमा नेपालमा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन र मानवता विरुद्धका अपराधका पीडित पक्षहरुलाई सत्यतथ्य जानकारी पाउने र राहत क्षतिपूर्तिका साथै न्याय पाउने समेत अधिकार भएको निर्विवाद छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको सन्दर्भमा प्रस्तावित विधेयकमा

आममाफी समेतको व्यवस्था हुने चर्चा पत्रपत्रिकाहरुमा हालैका दिनमा चलिरहेको सन्दर्भमा उक्त विषयप्रति राष्ट्रिय मानवअधिकार आयोगले आज एक प्रेश विज्ञप्ति प्रकाशित आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय फौज्दारी अदालतको रोम विधानको अनुमोदन गर्न तथा संक्रमणकालिन न्यायका संयन्त्रहरुको स्थापना गर्ने सम्बन्धमा मानवअधिकार आयोगले आफ्नो धारणा सहित २०६८ असार २७ गतेको निर्णय नेपाल सरकारलाई पठाएको आयोगका सचिव विशाल खनालद्धारा हस्ताक्षरित विज्ञप्तिमा बताईएको छ । विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने कुरा अत्यन्तै सकारात्मक

भएपनि द्वन्द्वपीडितहरुको हकअधिकारलाई मिच्नेगरी आममाफी दिने कुरा रोम विधानको भावना, मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड, कानुन र प्रचलन समेतको प्रतिकूल हुन जाने कुरामा आयोग अडिग रहेको भनिएको छ । आममाफीका कुराहरुबाट न्याय स्थापना र दीर्घकालिन शान्ति कायम हुननसक्ने भएको हुनाले उक्त विधेयक सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले यसअघि व्यक्त गरेको धारणा बमोजिम नै गम्भीर प्रकृतिका मानव अधिकार र मानवता विरोधी अपराधहरुमा आममाफी सम्बन्धी व्यवस्था नराख्न, नगर्न तथा नगराउन नेपाल सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।

>>>>National Human Rights commision's appeal-आममाफि नदिन राष्ट्रिय मानवअधिकार आयोगको अपिल

 

Wednesday, December 14, 2011

दलितको मृत्युमा मानवअधिकार पत्रकार संघको गम्भिर ध्यानाकर्षण

      कर्णाली अन्चलको कालीकोट जिल्ला जुविथा ६ माईधारमा आईतवार साझ चुलो छोएको आरोपमा स्थानीयको कुटपिटका कारण स्थानीय मनविरे सुनारको मृत्यु भएको छ । स्थानीय जसबहादुर शाहीको चिया पसलमा सुनारले चुरोट सल्काएका कारण स्थानीय मिनबहादुर शाही र  दीपबहादुर शाहीले कुटपीट गर्दा जुविथा ४ का  ३१ बर्षीय सुनारको मृत्यु भएको हो । एक मात्र छोराको मृत्युका कारण मृतकका बुबा बिरभद्र सुनार अझै पनि अचेत रहेका छन् । सो घटनाको मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपाल र मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाले नेपालमा जातिय छुवाछुतको अवस्था अझै कति गम्भीर छ भन्ने कुरालाई इंगीत मात्र गरेको छैन जातिय छुवाछुत अन्त्य गर्ने बिषयमा राजधानी तथा मोफसलका सदरमुकाम एवं शहरमा मात्र गरिने ठुला ठुला गोष्ठी, सभा केवल कार्यक्रममा मात्र सीमित भएको पनि प्रष्ट भएको छ । हुर्जा नेपालका अध्यक्ष छत्रबहादुर शंकर, महासचिव गणेश प्रसाद घिमिरे र हुर्जा कास्कीका महासचिव वीरेन्द्र सापकोटाद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेश विज्ञप्तिमा सो घटनाले संसदले केही महिना अघि मात्र पारित गरेका जातीय आधारमा हुने छुवाछुत अन्त्य गर्ने सम्बन्धि ऐन कार्यन्वयनमा सरकार कति निष्कृय छ भन्ने कुराको दरिलो आधार बनेको जनाईएको छ । समाजमा यस्तो विभेदलाई अन्त्य गर्न दलित र गैरदलितबीचको सहकार्य आवश्यक रहनुका साथै सरकारले पनि यसमा गम्भीर भएर लाग्नु जरुरी छ, जसले गर्दा यस्ता जातीय विभेदहरु समाजमा विस्तारै हराउदै जानेछन । संघले निकट भविष्यमा नै मुलुकमा विद्यमान जातीय विभेद अन्त्य गर्न हालै पारित भएको जातीय छुवाछुत सम्बन्धि ऐन सम्बन्धमा  राष्ट्रब्यापी जनचेतना जगाउने अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै र यस्ता विभेदका घटनामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास पनि ब्यतm गरेको छ । हुर्जा नेपालले तत्काल पीडित परिवारलाई १० हजार रुपैया नगद उपलब्ध गराउने घोषणा गर्दै उक्त घटनाको नेपाल सरकारसँग मानवअधिकारकर्मि सहितको छानविन टोलिको गठन, पिडित परिवारलाई पाँच लाख बराबरको क्षतिपुर्ति उपलब्ध गराउन माग समेत गरेको छ ।

Tuesday, December 13, 2011

Man Arrested with Weapon(हतियार सहित पक्राउ)

   विभिन्न मितिमा यस जिल्ला अन्र्तगत पोखरा एरियामा भएका चोरीका घट्नाहरुको अनुसन्धान गर्ने क्रममा संकाश्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज व्यक्तिको मोवाईलमा हतियार सहितको फोटो समेत फेला परेकोले उक्त हतियार सहित फोटो भएको व्यक्तिको खोजतलास गर्दे जाँदा आज मिति २०६८/८/२७ गते बिहान जिल्ला कास्की पोखरा १६ अमरदिप स्थित गुन्जमान गुरुङ्गको घरमा डेरा लिई बसेको जि. रोल्पा सेरम गा.वि.स. वडा नं. ९ घर हुने वर्ष २२ को सेते भन्ने भिम बहादुर घर्ती मगर संकाश्पद अवस्थामा फेला पारी निजको डेरा कोठा तलासी लिंदा निजले विभिन्न अपराधिक कामको लागि प्रयोग गर्दे आएको होम मेड कटुवा पेस्तोल नाल १ र एै. मा फिट हुने गोली राउण्ड २ फेला परेकोले उक्त हतियार र गोली बरामद गरी निजलाई समेत पक्राउ गरी यस कार्यालयको हिरासतमा राखी अवैध हातहतियार खर खजाना मुद्धा अन्र्तगत मुद्धा दर्ता गरि अनुसन्धान कारवाही प्रक्रिया अगाडि बढाईएको । 
   
>>> Man Arrested with Weapon(हतियार सहित पक्राउ)     

Monday, December 12, 2011

जातिय विभेद अन्त्यका लागि सामुहिक ऐक्यवद्धता



पोखरामा  आयोजित  जातिय छुवाछुत विरुद्ध सचेतना मुलक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जातिय विभेद विरुद्ध सामुहिक एक्यवद्धता जाहेर गरेका छन् ।
असल सासन संजाल , प्रोपव्लिक कास्कीको आयोजनामा पोखरामा सोमवार आयोजना गरिएको कार्यक्रममा आध्यात्मिक , धार्मीक , जातिय  संगठन तथा मानवअधीकारकर्मी,नागरीक समाजका प्रतिनीधी तथा पत्रकारहरुले सामुहिक रुपमा एक्यवद्धता जाहेर गरेका हुन् । 


जातिय उत्पिडनमा परेका पिढीत कर्ण वहादुर नेपालीको हातवाट उपस्थीत अतिथिहरुले पानी खाएर उद्घाटन गरिएको कार्यक्रममा वोल्ने व्यक्तिहरुले जातिय विभेद अत्यका लागि कानुन वनेर मात्र नहुने कुरामा जोड दिदै सोच चेतना र व्यवहारीक परिवर्तनको आवश्यकता औलाए । 
कार्यक्रममा आध्यात्मिक क्षेत्रवाट वोल्दै आनन्दमार्गी विष्णु प्रसाद वराल ,ओम शान्तिका व्रह्मकुमारी शोभा दिदी ,मानव धर्म सेवा समितिका चमेली वाई र ओशो उपवनका प्रमुख स्वामी योगानन्दले धर्म र अत्यात्ममा जातिय छुवाछुत कहि पनि उल्लेख नगरेको वताउदै अध्यात्मीक दृष्टिकोणले सम्पुर्ण मानव जाति एक भएको वताए । साथै उनीहरुले कर्मको आधारमा मानिसहरु उच निच हुने कुरामा जोड दिदै जन्मेका आधारमा कोही पनि ठुलो वा सानो नभनी राम्रो र असल कार्यमा जुट्नुपर्ने आवश्यकता औलाए । 


पिढीत नेपालीले  जवसम्म छोइयो भन्ने शव्दको अत्य हुदैन तवसम्म समाजमा छुवाछुत व्याप्त हुने कुरामा जोड दिदै मान्छे मान्छे विचको छुवाछुतलाई चिर्न संजालले थालेको अभियानले धेरै पिढीतहरुलाई राहतको महसुस हुने कुरामा जोड दिए । 
त्यस्तै वरिष्ठ स्वतन्त्र पत्रकार कृष्ण प्रसाद वास्तोला , संचारकर्मी दिपेन्द्र श्रेष्ठ , फोटो पत्रकार विश्व शाक्यले अँधविश्वास , कुरिति र कुसंस्कारका कारण समाजमा छुवाछुत जस्तो कुप्रथाले जरो गाडेको वताउदै यसको अत्यका लागि सवै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तैगरि मानवअधिकारकर्मी नेता टेकनाथ वराल , शान्तिका लागि नागरिक समाजका संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगर,राष्ट्रिय जनजाति महासंघ कास्कीका अध्यक्ष पानवहादुर घर्ती लगायतले सवै मानवहरु सम्मान जनक वाच्न पाउनुपर्ने अधिकार कसैले पनि हनन् गर्न नहुने कुरामा जोड दिदै यस्ता अभियानहरुले समाज परिवर्तन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 


त्यस्तैगरि व्राह्मण सजमाका तर्फवाट भेषराज लम्साल, तमु धि नेपालवाट देविवहादुर गुरुङ ,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिम वहादुर विक , विश्व हिन्दु महासंघ नेपालका महासचिव मुक्तिराम अधिकारी ,नारणप्रसाद पोख्रेल स्मृति प्रतिष्ठानका अध्यक्ष मिना पाण्डे , मानव मिलन नारि जागरण संस्था नेपालका अध्यक्ष शावित्री शर्मा , कलाकार मिलन शेरचन लगायत, विद्यार्थीका तर्फवाट हिरालाल विकलगायतले जातिय छुवाछुत विरुद्धको यस्ता अभियान अझ गाँउगाँउमा थालनी  गर्नुपर्ने आवश्यकता औलाए ।
असल शासन संजालका अध्यक्ष माधव पहारीले  चेतना र सोचमा व्यवहारीक रुपले परिवर्तन नभएसम्म जातिय विभेद विरुद्ध जतिसुकै कानन निर्माँण भएतापनि समाजमा परिवर्तन नहुने जिकीर गर्दै सामुहीक रुपमा व्यवहारीक परिवर्तन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको वताए ।उनले समाजमा विध्वमान जातिय विभेदका कारण मानिसको आत्मसम्मान पुर्वक वाच्न पाउनुपर्ने अधिकार उल्लङन भएको दावी गर्दै मानिस मानिस विच विभेद अत्य गर्नुपर्ने आवश्यकता औलाए ।
कार्यक्रमका सवै सहभागि सभाध्यक्ष वनेको उक्त कार्यक्रमको संचालन संजालका महासचिव सुष्मा पौडेलले गरेकि थिइन् भने कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष विष्णु भण्डारीले गरेका थिए भने कार्यक्रममा धन्यवाद मंतव्य हरिकृष्ण तिमिल्सिनाले ज्ञापन गरेका थिए ।

सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् सम्पन्न - 15th General Coucil of Sanrangkot VDC completes

     सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सभासद् दुर्गा वि.क.ले गाउँ परिषद्को उद्घाटन गर्दै गाउँ परिषद्बाट पारित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि जिविस र मन्त्रालयसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।