Thursday, June 30, 2011

जग्गा ठगी गरेको बिवरण

नारायणी अन्चल मकवानपुर जिल्ला हेटौडा न.पा. वडा नं. ११ घर भई हाल पोखरा ८ बस्ने आत्मराम पौडेलको छोरा वर्ष ३१ को सन्तोष पौडेल र पोखरा १ बगर बस्ने वर्ष ३३ को कमलमान गुभाजु समेतले विभिन्न बैंकमा धितो प्रयोजनको लागि रोक्का गरिएका जग्गाधनी प्रमाण पुर्जालाई किर्ते गरि रोक्का रहेको जग्गा बैंकलाई कुनै सूचना नदिई राखिएको बैंकबाट रोक्का फुकुवा गरि दोश्रो बैंकमा पुनः जग्गा धनी प्रमाण पुर्जा राखी लोन निकासा गरि ठगी गरेको पाईएकोले निजहरुलाई मिति २०६८।३।१३ गते पक्राउ गरि ठगी मुद्धामा अनुसन्धान भईरहेको । हालको प्रारम्भिक अनुसन्धानबाट मुक्तिनाथ विकास बैंकलाई ९३,१०,२६८।८४ (त्रियानव्वे लाख, दश हजार दुई सय अठ्सठ्ठी पैसा चौरासी मात्र), एभरेष्ट बैंक न्यूरोडबाट रु. ४०,००,०००।– (चालिस लाख) , एभरेष्ट बैंक लेखनाथ शाखाबाट रु. ७,५०,०००।– (सात लाख पचास हजार), गरिमा विकास बैंकबाट २५,००,०००।– (पच्चिस लाख), फेवा फाईनान्सबाट रु. ४५,०६,९१७।३४ (पैतालिस लाख छ हजार नौ सय सत्र पैसा चौतिस मात्र) गरि जम्मा २,१०,६७,१८६।१८ ( दुई करोड दस लाख सठ्सठ्ठी हजार एक सय छ्यासी पैसा अठार मात्र) ठगी गरेको हालसम्मको अनुसन्धानबाट खुल्न आएको ।

    –    ठगी गर्दा बैंकले मालपोत कार्यालयमा रोक्का फुकुवा गर्न लेख्ने पत्रको फोटो कपीबाट पत्र     तयार     गरि तामेली र रोक्का फाँटमा सिधै सम्पर्क गरि रोक्का फुकुवा गर्ने गरेको बुझिन     आएको ।

    –    जग्गा विक्री गर्दा आफुसँग परिचित व्यक्तिहरुलाई मात्र विक्री वितरण गरिएको ।
   

ठगी गरेको बिवरण ः

१)    मुक्तिनाथ विकास बैंकको नाउँमा जिल्ला मालपोत कार्यालय कास्कीमा रोक्का रहेको ले.न.पा. २ स्थितमा रहेको २० रोपनी जग्गा २०६७।९।५ गते नक्कली कागजपत्र पेश गरि फुकुवा गराई कमलमान गुभाजु, राजु नेपाली, बिष्णु प्रसाद शर्मा, दिपकमान बाटाजुहरु समेतलाई जम्मा रु. ५३,००,०००।– (त्रिपन्न लाख) मा विक्री वितरण  गरेको ।

२)    मुक्तिनाथ विकास बैंकको नाउँमा जिल्ला मालपोत कार्यालय कास्कीमा रोक्का रहेको छिनेडाँडा ६ मा रहेको १ रोपनी २ आना जग्गा मिति २०६६।१२।१९मा नक्कली कागजपत्र पेश गरि फुकुवा गराई पुनः क्यापिटल मर्चेण्ट बैंकमा १८ लाख लोन निकाली हालसम्म सोही बैंकको नाउँमा रोक्का राखेको ।

३)    मुक्तिनाथ विकास बैंकको नाउँमा जिल्ला मालपोत कार्यालय कास्कीमा रोक्का रहेको छिनेडाँडामा रहेको ०–४–१–४ क्षेत्रफलको जग्गा किर्ते कागजात पेश गरि मिति २०६७।६।६ मा फुकुवा गराई राजु तिमिल्सीनालाई रु. २० लाखमा विक्री वितरण गरेको ।

४)    मुक्तिनाथ विकास बैंकको नाउँमा जिल्ला मालपोत कार्यालय कास्कीमा रोक्का रहेको पोखरा २ स्थितमा रहेको ५ आना २ दामको जग्गा २०६६।११।२५ गते नक्कली कागजपत्र पेश गरि फुकुवा गराई वुटवल फाईनान्समा लोनमा रोक्का राखेको ।

५)    फेवा फाईनान्सँमा ४४ लाखमा धितो बन्धक रहेको छिनेडाँडा को साढे ९ आना जग्गा किर्ते कागजपत्र पेश गरि २०६७ साल असोज कार्तिक तिर सो जग्गा मध्येको साढे ४ आना जग्गा फुकुवा गरि मुक्तिनाथ विकास बैंकमा १३ लाखमा धितो राखेको, पुनः उक्त जग्गा समेत किर्ते कागज पेश गरि जग्गा फुकुवा गराई राजु तिमिल्सीनालाई विक्री गरेको । हाल फेवा फाईनान्सको नाउँमा ५ आना जग्गा रोक्का रहेको ।

६)    गरिमा विकास बैंकको नाउँमा छिनेडाँडामा रहेको १२ आना जग्गा रोक्का रहेको जग्गा फुकुवा गरि मिति २०६७ आषाढ महिनामा फुकुवा गराई त्यसमध्येबाट ९ आना जग्गा रा.बा.बैंक पृथ्वीचोक शाखामा धितो राखी २५ लाख लोन लिएको । बाँकी ३ आना बिष्णु प्रसाद शर्मालाई विक्री गरेको ।

७)    एभरेष्ट बैंक न्यूरोड शाखामा ले.न.पा. १४ को २३ रोपनी जग्गा धितो राखी ४० लाख ऋण लिएको, सो जग्गालाई २०६७ साल पौष महिनामा फुकुवा गरि उक्त जग्गा ४२ लाखमा कमलमान गुभाजुलाई विक्री गरेको ।

८)    विर बहादुर बि.क.को नाउँमा रहेको पोखरा छिनेडाँडाको ६ आना जग्गा एभरेष्ट विकास बैंकको नाउँमा ७ लाख पचास हजारमा धितो राखी रोक्का रहेको जग्गा मिति २०६७साल पौष माघ तिर           फुकुवा गरि गणेश मल्ललाई वित्री गरेको ।

९)    हालसम्म पक्राउ (क) मकवानपुर हेटौडा घर भै पोखरा ८ नयाँबजार बस्ने वर्ष ३१ को सन्तोष पौडेल, (ख) पोखरा १ बगर बस्ने वर्ष ३३ को कमलमान गुभाजु र (ग) जि. स्याङ्गजा फेदीखोला ७ घर भै पोखरा १७ बस्ने विर बहादुर विश्वकर्मा लाई पक्राउ गरि अनुसन्धान कार्य भइरहेको ।

Monday, June 6, 2011

LG T310i Cookie Wi-Fi Feature

      Wi-Fi PHONE AT AMAZING PRICE

FREE  Worth rs.1500/-   

EAR PHONE  DATE CABLI 2GB Memory card

  • 2.8-inch QVGA touchscreen display
  • Stereo Bluetooth
  • FM radio, & 3.5mm headset jack
  • e-mail, Opera Mini 5.0 browser
  • 2 megapixel camera
  • Up to 4GB of MicroSD card slot
  • Cartoon UI
  • Abbyy Lingvo English-Russian dictionary
  • Quad-band GSM/EDGE connectivity 
          PRICE BUY:NRs.7,777

Samsung B5722 Full Features

  
  • Network: Dual SIM GSM
  • Dimensions: 104 x 54.9 x 14.4 mm
  • Weight:105 g
  • Display:2.8 inch TFT capacitive touchscreen, 256K colors,240 x 320 pixels
  • TouchWiz Lite v1.0
  • DNSe (Digital Natural Sound Engine)
  • Memory Internal : 30 MB
  • Card slot:microSD (TransFlash) up to 8GB
  • Bluetooth v2.1 with A2DP
  • USB v2.0
  • Camera:3.15 MP, 2048×1536 pixels, LED flash
  • Stereo FM radio with RDS, FM recording
  • Colors:Dark Brown, Elegant Pink
  • MP3/WAV/WMA/eAAC+ player
  • MP4/H.263/H.264 player
  • Standard battery, Li-Ion 1200 mAh
  • Stand-by:Up to 400 h
  • Talk time:Up to 4 h 30 min
            PRICE BUY:NRs.9,790

Saturday, June 4, 2011

Nikon P300 Camera Key Features

Key features

  • 12 megapixel BSI (back side illuminated) CMOS sensor (1/2.3in)
  • ISO 160-3200 at full 12MP resolution
  • 1080p High Definition video mode
  • 24-100mm (equivalent) f/1.8-4.9 lens with optical stabilization
  • PASM modes
  • Twin control dials - one top, one rear
  • Built-in stereo microphone

Saturday, May 21, 2011

दोषी माओवादी लडाकूमाथि कारबाही गर्न इन्सेकको माग


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले केही समयदेखि माओवादी लडाकूले मुलुकका विभिन्न भागमा शिविरबाट बाहिर निस्केर सर्वसाधारणलाई मरणासन्न हुने गरी कुटपिट गर्ने, सम्पत्तिमा क्षति पुयाउने जस्ता काम गरिआएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
माओवादी लडाकूले इलामको चुलाचुली गाविस(१ कमलामा जेठ २ गते राति काँग्रेस कार्यकर्तासहित ६ जना स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरी घाइते बनाउनाका साथै ६ वटा घर र दुईवटा मोटरसाइकलमा क्षति पुयाएको जनाउँदै केन्द्रले घटनाका दोषीलाई प्रचलित कानुनबमोजिम तथाशीघ्र कारबाही गर्न र पीडितको आवश्यक उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
यसैगरी, विधिको सम्मान गर्न र शान्तिसम्झौताको पालना गर्न पनि केन्द्रले एकीकृत (माओवादी) सँग आग्रह गरेको छ । मुलुकमा व्याप्त दण्डहीनता र यसअघि भएका आपराधिक घटनामा लडाकूलाई कानुनी दायरामा ल्याउन सरकार र एकीकृत नेकपा(माओवादी) अनिच्छुक रहेका कारण यस्ता घटना दोहोरिँदै गएको केन्द्रको निष्कर्ष छ ।