पोखराको पृथ्बीनारायण क्याम्पस स्ववियुले पोखरामा आयोजना गरेको अन्तर क्याम्पस राष्ट्रिय सितोरीयो कराँते प्रतियोगिताको उपाधि पृथ्बीनारायण क्याम्पसले जितेको छ ।
प्रतियोगितामा ५ वटा स्वर्ण पदक जित्दै पृथ्बीनारायण क्याम्पसले उपाधि माथि कब्जा जमाउन सफल भएको हो । बुधबारदेखि पोखरामा संचालन भएको उक्त प्रतियोगितामा २ वटा स्वर्ण पदक जितेको ईलामको रत्न राज्य लक्ष्मी बहुमुखी क्याम्पस दोश्रो भयो ।
पृथ्बीनारायण क्याम्पसका कृष्ण कुमार लामाले दोहोरो उपाधि जिते । उनले कराँते ५५ केजी तौल समुहमा र एकल कांतामा स्वर्ण पदक जितेका हुन् । कराँते ४५ केजी तौल समुहमा नरेस अधिकारी, ५३ केजी तौल समुहमा संगिता लामा र महिला काता तर्फ पनि पृथ्बीनारायण क्याम्पसले स्वर्ण पदक हात पार्न सफल भएको हो ।
ईलामको रत्न राज्य लक्ष्मी बहुमुखि क्याम्पसका सुनिता श्रेष्ठ कराँतेको ४८ केजी तौल समुहमा र ६० केजी तौल समुहमा प्रकास आलेले स्वर्ण पदक जितेका हुन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्फ पृथ्बीरानायण क्याम्पसका कृष्ण लामा र छात्रा तर्फ पनि पृथ्बीनारायण क्याम्पसकै संगिता लामा घोषित भए । प्रतियोगिताको उदयमान खेलाडीमा छात्र तर्फ सर्लाहिको चतुरभुज क्याम्पसका गजेन्द्र राई र छात्रा तर्फको उदयमान खेलाडीमा काठमाण्डौको सरस्वती क्याम्पसकी मल्लीका थापा घोषित भईन ।
छात्र तर्फ छात्रा तर्फ ईलामको रत्नराज्य लक्ष्मी बहुमुखि क्याम्पस अनुसासित टोली घोषित भयो ।
कार्यक्रममा सितोरीयो कराँते खेलको विकास तथा विस्तार गर्न सहयोग पुराएको भन्दै स्ववियुले ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सितोरीयो कराँते संघका केन्द्रिय अध्यक्ष केदारबाबु शिवाकोटी, कास्कीका जिल्ला अध्यक्ष फत्तबहादुर गुरुङ, वरिष्ठ प्रशिक्षक कराँते महेन्द्रकुमार राई रहनु भएको छ ।
सम्मानित ब्यतिहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि स्ववियु पुर्व अध्यक्ष सोमनाथ अधिकारी प्यासी, क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईराला, सशस्त्र बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) शैलेन्द्र खनाल, स्ववियु सभापति रस्मि आचार्यले सम्मान पत्र, फुलमाला लगाएर सम्मान गर्नू भएको थियो । यसैविच नेपाल सितोरियो कराँते संघका केन्द्रिय अध्यक्ष केदारबाबु शिवाकोटीले एक कार्यक्रमका विच सितोरियो कराँते कास्कीको पन्ध्रौं डोजो राष्ट्रबैंक चोक उपशाखा डोजोको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा शसस्त्र वरिष्ठ प्रहरी उपरिक्षक शैलेन्द्र खनाल, सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ, डोजो प्रशिक्षक बुद्धिबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । डोजोमा हाल २७ प्रशिक्षार्थीहरु प्रशिक्षणरतछन ।