Tuesday, August 3, 2010

IMPORTANT CRIME NEWS KASKI

                                                       मुख्य मुख्य घट्ना बिवरण
– मिति २०६७।०३।०९ गते राती जि. कास्की पोखरा उ.म.न.पा.वडा नं.– ५ प्रस्याङ स्थित १५० पियरको टेलीफोन केवुल तार चोरी भएको वारदातमा समलग्न अभियुक्तहरुको खोजतलासको क्रममा मिति २०६७।०३।२० गते नेपाल टेलीकमको केवुल तार १०.२० मिटर र १.११ मिटर सहित कृष्ण खत्री र शुरज खड्का निजहरुले तार विक्री गरेका व्यक्ती अनन्त महत्तोलाई समेत पक्राउ गरी यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत अभियोग पत्र सहित मिति २०६७।०४।१६ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार निज प्रतिवादीहरु मध्य शुरज खड्कालाई रु १०,००,०००।– र कृष्ण क्षेत्रीलाई रु १०,०००।– धरौटी माग भएकोमा उक्त धरौटी राख्न नसकी कारागार कास्कीमा गएको र अनन्त महत्तोलाई रु २५,०००।– धरौटीमा छुटेको ।
– मिति २०६७।०३।१९ गते विहान ०८:३५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–१७ हिमालीटोलमा दिपेश गुरुङको ग ४ प ७०७३ नं. को मोटर साईकल अनुमती पत्र नभएका सुजन श्रेष्ठले चलाई हिंडेकोमा सो मोटरसाईलले वर्ष–६ की आशिका थापालाई ठक्कर दिई शख्त घाईते भएकोमा उपचारको क्रममा मृत्यु भएको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।०४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार सवारी चालक अनुमती पत्र नभएका सुजन श्रेष्ठलाई पुपक्षेका निमित्त कारागार कार्यालय कास्कीमा थुनामा गएको ।

– मिति २०६७।०३।१९ गते दिन १०:५५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–७ राष्ट्रवैक अगाडी शृजनाचोकवाट गई रहेको ईन्द्र वहादुर गन्द्रामा मगरले चलाएको ग.१ ख. १८६० नं.को माईक्रोवसले राष्ट्रवैकचोवाट आफ्नै साईडमा आउदै गरेको शिशिर भन्ने विजय थापामगरले चलाएको ग ३ प ५१६४ नं.को मोटरसाईकललाई ठक्कर चालक शिशिर भन्ने विजय थापा र सो मोटरसाईकलमा सवार रहेकी रोजी गुरुङ गम्भीर घाईते भएकोमा उपचारको क्रममा धाईते विजय थापामगरको उपचारको क्रममा मृत्यु भएको र धाईते रोजी गुरुङको हाल काठमाण्डौ न्यूरो अस्पतालमा उपचार भै रहेको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश भएकोमा सम्मानित अदालतको आदेशानुसार निज प्रतिवादी ईन्द्र बहादुर गन्द्रमा मगर पूर्पक्षको लागि थुनामा गएको ।



Sunday, August 1, 2010

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कार्यक्रममा केन्द्रीत भएको छ । पार्टी विधानले व्यवस्था गरेको नयाँ प्रावधान अनुसार कास्कीबाट ४ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य चयन हुँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १/१ जनाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको प्रतिनिधित्व गर्नेछन् । नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कमिटीले निम्नानुसार निर्वाचन मिति र उमेदवारी दर्ताको कार्यक्रम अघि सारेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन साउन २१ गते, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन साउन १९ गते, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन साउन १७ गते, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन साउन २३ गते दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ । उमेदवारी दर्ता प्रत्येक निर्वाचन क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका उमेदवारले निर्वाचन हुने अघिल्लो दिनको ११:०० बजेदेखि १:०० बजेसम्ममा कमिटी समक्ष आवेदन दर्ता गरिसक्नु पर्नेछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका लागि नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ अन्तरगतका नगरका वडा, गाउँ र बुद्धिजीवी, मजदुर विशेष इलाकाका सबै शाखाहरुको प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी क्षेत्र नं.१, २ र ४ का स्थानीय कमिटीबाट पनि निर्वाचनका लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भैरहेका छ ।

सूर्यचन्द्र विकास समाजको चियापान तथा आर्थिक सहयोगदातालाई सम्मान

पोखरा–५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले स्थापनाको १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा शनिवार एक चियापान समारोहको आयोजना ग¥यो । त्यसैगरी सूर्यचन्द्र विकास समाजद्वारा निर्माणाधीन शहीद स्मृति पुस्तकालय भवनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल संगीत नाट्य एकेडेमी एवं बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सूर्यचन्द्र विकास समाजले समाज परिवर्तनमा पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै नमूना पुस्तका भवन निर्माणको विषयले सबै शिक्षा र सचेतनाप्रेमीहरुलाई उत्साही बनाएको बताउनुभयो । विशिष्ट अतिथि रेडियो अन्नपूर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले पुस्तकालय निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी सबै क्षेत्रबाट स्वेच्छिक ज्ञान महायज्ञको रुपमा सहयोग जुट्नु उदाहरणीय भएको बताउँदै सबै क्षेत्र, तहबाट निर्माणलाई सहयोग हुने विचार राख्नुभयो । सम्मान कार्यक्रममा एनेकपा माओवादीका वडा इन्चार्ज माधव पोखरेल, नेपाली काँग्रेस वडा इकाई सभापति भरत पौडेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष उज्वल खत्रीले पुस्तकालयको निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तकालय नमूना पुस्तकालय बन्ने विचार राख्नुभयो । त्यसैगरी गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका पूर्व अध्यक्ष सरोज कोइराला, सल्लाहकार धर्मराज अधिकारी, साहित्यकार छवि सुवेदी ‘विजयी’ लगायतका व्यक्तित्वहरुले पुस्तकालयको महत्व र स्रोतसाधन सम्पन्न पुस्तकालयको निर्माण समयको माग भएको बताउनुभएको थियो । जनस्तरबाट आर्थिक सहयोग पु¥याउनुहुने सहयोगदाताहरुलाई सूर्यचन्द्र विकास समाजका अध्यक्ष राजुप्रसाद सुवेदी, कार्यकारी निर्देशक धनबहादुर नेपाली, उपाध्यक्ष लक्ष्मण कोइरालाले बधाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बसन्तराज भण्डारीले गर्नुभएको थियो । भवन निर्माणलाई सहयोग स्वरुप पुष्पज्योति ढुङ्गानाबाट २० हजार, केदारप्रसाद कोइरालाबाट २ हजार २ सय २२, दुर्गाबहादुर/कृष्णदेवि थापाबाट १० हजार १, सरोज कोइरालाबाट १५ हजार ५ सय ५५, सूर्यप्रसाद आचार्यबाट ५ हजार १, भोला ढकालबाट १० हजार १ सय, बसन्तराज कोइरालाबाट १० हजार ५ सय ५, क्या.लालकाजी गुरुङ्गबाट ५ हजार ५ सय पच्चीस, डिल्लीराम शर्माबाट ५ हजार १ सय ५५, इ.अरुण पौडेलबाट १ हजार, दीपक कोइरालाबाट १० हजार १ सय ११, हरिप्रसाद पराजुली (राम) बाट ११ हजार ३ सय ७७, शिवप्रसाद पराजुलीबाट १५ हजार ५ सय ५५, होमबहादुर रानाबाट २ हजार ५ सय ५०, विष्णुप्रसाद बरालबाट ११ हजार १ सय ११, विश्वनाथ पराजुलीबाट ५ हजार १ सय ५, भूमिन्द्र बरालबाट २ हजार १, उमानाथ बरालबाट ५ हजार ५०, प्रदीप गुरुङ्गबाट ३ हजार, चिरन्जीवीराज कोइरालाबाट ५ हजार ५ सय ५५, शिवप्रसाद अर्यालयबाट ५ हजार १ सय, चिन्तनशील महिला समूहबाट ५ हजार १५, हरिप्रसाद पौडेलबाट १ हजार ५ सय १५, छवि सुवेदीबाट २ हजार ७, नेत्रनारायण सुवेदीबाट १ हजार ५, यज्ञप्रसाद बास्तोलाबाट ५ सय, सुवास अधिकारीबाट ५ सय, सावित्री नेपालीबाट ५ हजार १ सय ५०, लक्ष्मी पौडेलबाट १ हजार १०, कृष्णप्रसाद बराल ५ हजार ५, कमला गौतम ५ हजार ५, माधव पोखरेलबाट १ हजार १ सय ११, बाबुराम कोइरालाबाट १ हजार १ सय १, नेत्र ज्ञवालीबाट ११ हजार १ सय ११, विष्णुदेवि श्रेष्ठबाट २ हजार १०, टुकलाल नेपालीबाट १ हजार २०, लक्ष्मीप्रसाद अधिकारीबाट १ हजार, चन्द्रप्रकाश सुवेदीबाट १ हजार २०, नुनेन्द्र शाहबाट १३ हजार १ सय २५ समेत गरी हालसम्म १० लाख ३ हजार ८९ अर्थ संकलन भएको छ ।

STUDY IN AUSTRIA

Mt. Everest InstitueChipledhunga-4, Pokhara
+97761541405, 531021,Fax: +97761525200
www.mteverest.com.np

Thursday, July 29, 2010

Crime News Report ,Pokhara


                                                       अपहरणमा परेका भन्ने व्यक्तिको उद्दार
 मिति २०६७//१५ गतेदेखि अपहरणमा परेका भन्ने लुम्बिनि अञ्चल, नवलपरासी जिल्ला, नारायणी गाविस, दाउनबारी बस्ने बर्ष २३ को ठाकुर भण्डारीलाई कास्की प्रहरीले उद्दार गरेको असार १५ गतेदेखि घरबाट बेपत्ता भएका भण्डारीले घरमा पटक पटक आफू अपहरणमा परेको अपहरणबाट मुक्त गर्न भनी क्ःक् पठाएका थिए निजले ९८४७०२४१८६ नम्बरको मोबाइलबाट आफ्नो दाजु सुन्दर भण्डारीको ९७४७००९१७३ नम्बरको मोबाइलमा त्यस्तो क्ःक् पठाएका थिए सो पश्चात आत्तिएका भण्डारीको परिवार निजको खोजीको क्रममा जिप्रका कास्कीमा आएपछि जिप्रका कास्कीका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको नेतृत्वमा खटिएको टोलीले निजलाई आज अन्दाजी दिनको १३:३० बजे पोखरा ११, फूलबारीबाट उद्दार गरेको हो ठाकुर भण्डारीले क्ःक् पठाउन प्रयोग गरेको मोबाइल नम्बरको टावर परीक्षण गर्दा फूलबारी रानीपौवा एरिया देखिएपछि सोही एरियामा व्यापक रुपमा हामीहरु परिचालित भयौं निजलाई उद्दार गर्न सफल भयौंप्रहरी निरीक्षक गुरुङले भन्नुभयो निज भण्डारी असार १५ गते घरबाट बुटवल जान्छु भनि हिडेकोमा त्यता नगई सिधैं पोखरा आएको फूलबारीमा रहेको निजको साथीहरु विशाल ढकाल, योगेश मगर गणेश देवकोटाको कोठामा बसेको अवस्थामा पाइयो निजलाई प्रारम्भिक अनुसन्धान गर्दा उक्त क्ःक् आफैले पठाएको भन्ने खुल्न आएको, तर के कति कारणले आफैले आफु अपहरणमा परेको क्ःक् पठाएको हो सो सम्बन्धमा थप अनुसन्धान भइरहेको ”– प्रहरी निरीक्षक गुरुङले थप्नुभयो त्यस्तै निजका तीनजना साथीहरुलाई पनि सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको निज ठाकुर भण्डारी बुटवल स्थित लिटस् क्याम्पसमा ऋःब् मा अध्ययनरत छन्