Sunday, August 1, 2010
नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन
नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कार्यक्रममा केन्द्रीत भएको छ । पार्टी विधानले व्यवस्था गरेको नयाँ प्रावधान अनुसार कास्कीबाट ४ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य चयन हुँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १/१ जनाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको प्रतिनिधित्व गर्नेछन् । नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कमिटीले निम्नानुसार निर्वाचन मिति र उमेदवारी दर्ताको कार्यक्रम अघि सारेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन साउन २१ गते, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन साउन १९ गते, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन साउन १७ गते, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन साउन २३ गते दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ । उमेदवारी दर्ता प्रत्येक निर्वाचन क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका उमेदवारले निर्वाचन हुने अघिल्लो दिनको ११:०० बजेदेखि १:०० बजेसम्ममा कमिटी समक्ष आवेदन दर्ता गरिसक्नु पर्नेछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका लागि नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ अन्तरगतका नगरका वडा, गाउँ र बुद्धिजीवी, मजदुर विशेष इलाकाका सबै शाखाहरुको प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी क्षेत्र नं.१, २ र ४ का स्थानीय कमिटीबाट पनि निर्वाचनका लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भैरहेका छ ।
सूर्यचन्द्र विकास समाजको चियापान तथा आर्थिक सहयोगदातालाई सम्मान
पोखरा–५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले स्थापनाको १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा शनिवार एक चियापान समारोहको आयोजना ग¥यो । त्यसैगरी सूर्यचन्द्र विकास समाजद्वारा निर्माणाधीन शहीद स्मृति पुस्तकालय भवनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल संगीत नाट्य एकेडेमी एवं बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सूर्यचन्द्र विकास समाजले समाज परिवर्तनमा पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै नमूना पुस्तका भवन निर्माणको विषयले सबै शिक्षा र सचेतनाप्रेमीहरुलाई उत्साही बनाएको बताउनुभयो । विशिष्ट अतिथि रेडियो अन्नपूर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले पुस्तकालय निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी सबै क्षेत्रबाट स्वेच्छिक ज्ञान महायज्ञको रुपमा सहयोग जुट्नु उदाहरणीय भएको बताउँदै सबै क्षेत्र, तहबाट निर्माणलाई सहयोग हुने विचार राख्नुभयो । सम्मान कार्यक्रममा एनेकपा माओवादीका वडा इन्चार्ज माधव पोखरेल, नेपाली काँग्रेस वडा इकाई सभापति भरत पौडेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष उज्वल खत्रीले पुस्तकालयको निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तकालय नमूना पुस्तकालय बन्ने विचार राख्नुभयो । त्यसैगरी गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका पूर्व अध्यक्ष सरोज कोइराला, सल्लाहकार धर्मराज अधिकारी, साहित्यकार छवि सुवेदी ‘विजयी’ लगायतका व्यक्तित्वहरुले पुस्तकालयको महत्व र स्रोतसाधन सम्पन्न पुस्तकालयको निर्माण समयको माग भएको बताउनुभएको थियो । जनस्तरबाट आर्थिक सहयोग पु¥याउनुहुने सहयोगदाताहरुलाई सूर्यचन्द्र विकास समाजका अध्यक्ष राजुप्रसाद सुवेदी, कार्यकारी निर्देशक धनबहादुर नेपाली, उपाध्यक्ष लक्ष्मण कोइरालाले बधाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बसन्तराज भण्डारीले गर्नुभएको थियो । भवन निर्माणलाई सहयोग स्वरुप पुष्पज्योति ढुङ्गानाबाट २० हजार, केदारप्रसाद कोइरालाबाट २ हजार २ सय २२, दुर्गाबहादुर/कृष्णदेवि थापाबाट १० हजार १, सरोज कोइरालाबाट १५ हजार ५ सय ५५, सूर्यप्रसाद आचार्यबाट ५ हजार १, भोला ढकालबाट १० हजार १ सय, बसन्तराज कोइरालाबाट १० हजार ५ सय ५, क्या.लालकाजी गुरुङ्गबाट ५ हजार ५ सय पच्चीस, डिल्लीराम शर्माबाट ५ हजार १ सय ५५, इ.अरुण पौडेलबाट १ हजार, दीपक कोइरालाबाट १० हजार १ सय ११, हरिप्रसाद पराजुली (राम) बाट ११ हजार ३ सय ७७, शिवप्रसाद पराजुलीबाट १५ हजार ५ सय ५५, होमबहादुर रानाबाट २ हजार ५ सय ५०, विष्णुप्रसाद बरालबाट ११ हजार १ सय ११, विश्वनाथ पराजुलीबाट ५ हजार १ सय ५, भूमिन्द्र बरालबाट २ हजार १, उमानाथ बरालबाट ५ हजार ५०, प्रदीप गुरुङ्गबाट ३ हजार, चिरन्जीवीराज कोइरालाबाट ५ हजार ५ सय ५५, शिवप्रसाद अर्यालयबाट ५ हजार १ सय, चिन्तनशील महिला समूहबाट ५ हजार १५, हरिप्रसाद पौडेलबाट १ हजार ५ सय १५, छवि सुवेदीबाट २ हजार ७, नेत्रनारायण सुवेदीबाट १ हजार ५, यज्ञप्रसाद बास्तोलाबाट ५ सय, सुवास अधिकारीबाट ५ सय, सावित्री नेपालीबाट ५ हजार १ सय ५०, लक्ष्मी पौडेलबाट १ हजार १०, कृष्णप्रसाद बराल ५ हजार ५, कमला गौतम ५ हजार ५, माधव पोखरेलबाट १ हजार १ सय ११, बाबुराम कोइरालाबाट १ हजार १ सय १, नेत्र ज्ञवालीबाट ११ हजार १ सय ११, विष्णुदेवि श्रेष्ठबाट २ हजार १०, टुकलाल नेपालीबाट १ हजार २०, लक्ष्मीप्रसाद अधिकारीबाट १ हजार, चन्द्रप्रकाश सुवेदीबाट १ हजार २०, नुनेन्द्र शाहबाट १३ हजार १ सय २५ समेत गरी हालसम्म १० लाख ३ हजार ८९ अर्थ संकलन भएको छ ।
STUDY IN AUSTRIA
Mt. Everest InstitueChipledhunga-4, Pokhara
+97761541405, 531021,Fax: +97761525200
www.mteverest.com.np
+97761541405, 531021,Fax: +97761525200
www.mteverest.com.np
Thursday, July 29, 2010
Crime News Report ,Pokhara
अपहरणमा परेका भन्ने व्यक्तिको उद्दार
Saturday, July 24, 2010
पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न
टोल विकास संस्था वडा समन्वय समिति पोखरा १० को आयोजनामा जनप्रिय समाज वातावरण सुधार समिति जनप्रियटोल पोखरा १० मा संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न भयो । वडा समन्वय समिति अन्तगत रहेका बीस वटा टोलमा रहेका आमासमुहका पदाधिकारीहरु ४८ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बैठक कसरी
सञ्चालन, व्यवस्थापन गर्ने र कार्यक्रम कसरी बनाउने भन्ने बारेमा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्णथापा स्टेशन मेनेजर लक्ष्मीनारायण देवकोटा महिला सामाजिक कार्यकर्ता सामुदायीक सेवा केन्द्र जिल्ल समन्वय समितिका अध्यक्ष सिता गुरुङ्, गाउँनगर विकास साझेदारी कार्यक्रमका शाखा अधिकृत श्री दुर्गा न्यौपाने लगाएतले प्रशिक्षण दिनुभएको थियो । तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा पोउमनपाका सामाजिक विकास समितिका कार्यक्रम अधिकृत ओमराज पौडेलले सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गर्नुहुर्दै महिलाहरु नेतृत्वमा आउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदैँ कसैले आफूलाई बोक्सी मन्त्र सिकाए रु एक लाख पुरस्कार दिने बताउँदै समाजमा कोही महिला बोक्सी हुदैन भनि प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा प्रशिक्षक सिता गुरुङ्, दुर्गा न्यौपाने, लक्ष्मीनारायण देवकोटा, जनप्रिय आमासमुहका भु.पु. अध्यक्ष पवित्रा गुरुङ लगाएत किरणप्रसाद भट्टचनले आ–आफ्नो भनाई राख्दै सिकेका अनुभवहरु सिकीयो भन्दै बसेर मात्र त्यसबाट व्यक्तित्व विकास नहुने भएका कारण भए गरेका र हुने जानकारी पाएका कार्यक्रमहरुमा आफ्नो उपस्थिीति देखाई अग्रसर हुन सकेको खण्डमा मात्र सिकाईको अर्थ रहने कुरा बताउँदै अगाडि बढ्न आग्रह गर्नुभयो । संस्थाका उपाध्यक्ष किसोर घिमीरले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेखीमाया गुरुङ र उमा मुल्मीले आफूहरुले पाँच दिनमा सिकेका कुराहरुको अनुभव वताउदै यस्ता कार्यक्रमले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न हौसाएको अनुभव सुनाउनु भयो । कार्यक्रमको सञ्चालन नव उत्पादीत उद्घोषक आरती गुरुङ र गोमा रायमाझीले गर्नुभएको कार्यक्रममा चन्दकिसोर गौतमलेपनि सञ्चालनमा सहयोग पु¥याउनु भएको थियो ।
Subscribe to:
Comments (Atom)


