Sunday, August 1, 2010
सूर्यचन्द्र विकास समाजको चियापान तथा आर्थिक सहयोगदातालाई सम्मान
पोखरा–५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले स्थापनाको १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा शनिवार एक चियापान समारोहको आयोजना ग¥यो । त्यसैगरी सूर्यचन्द्र विकास समाजद्वारा निर्माणाधीन शहीद स्मृति पुस्तकालय भवनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल संगीत नाट्य एकेडेमी एवं बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सूर्यचन्द्र विकास समाजले समाज परिवर्तनमा पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै नमूना पुस्तका भवन निर्माणको विषयले सबै शिक्षा र सचेतनाप्रेमीहरुलाई उत्साही बनाएको बताउनुभयो । विशिष्ट अतिथि रेडियो अन्नपूर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले पुस्तकालय निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी सबै क्षेत्रबाट स्वेच्छिक ज्ञान महायज्ञको रुपमा सहयोग जुट्नु उदाहरणीय भएको बताउँदै सबै क्षेत्र, तहबाट निर्माणलाई सहयोग हुने विचार राख्नुभयो । सम्मान कार्यक्रममा एनेकपा माओवादीका वडा इन्चार्ज माधव पोखरेल, नेपाली काँग्रेस वडा इकाई सभापति भरत पौडेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष उज्वल खत्रीले पुस्तकालयको निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तकालय नमूना पुस्तकालय बन्ने विचार राख्नुभयो । त्यसैगरी गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका पूर्व अध्यक्ष सरोज कोइराला, सल्लाहकार धर्मराज अधिकारी, साहित्यकार छवि सुवेदी ‘विजयी’ लगायतका व्यक्तित्वहरुले पुस्तकालयको महत्व र स्रोतसाधन सम्पन्न पुस्तकालयको निर्माण समयको माग भएको बताउनुभएको थियो । जनस्तरबाट आर्थिक सहयोग पु¥याउनुहुने सहयोगदाताहरुलाई सूर्यचन्द्र विकास समाजका अध्यक्ष राजुप्रसाद सुवेदी, कार्यकारी निर्देशक धनबहादुर नेपाली, उपाध्यक्ष लक्ष्मण कोइरालाले बधाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बसन्तराज भण्डारीले गर्नुभएको थियो । भवन निर्माणलाई सहयोग स्वरुप पुष्पज्योति ढुङ्गानाबाट २० हजार, केदारप्रसाद कोइरालाबाट २ हजार २ सय २२, दुर्गाबहादुर/कृष्णदेवि थापाबाट १० हजार १, सरोज कोइरालाबाट १५ हजार ५ सय ५५, सूर्यप्रसाद आचार्यबाट ५ हजार १, भोला ढकालबाट १० हजार १ सय, बसन्तराज कोइरालाबाट १० हजार ५ सय ५, क्या.लालकाजी गुरुङ्गबाट ५ हजार ५ सय पच्चीस, डिल्लीराम शर्माबाट ५ हजार १ सय ५५, इ.अरुण पौडेलबाट १ हजार, दीपक कोइरालाबाट १० हजार १ सय ११, हरिप्रसाद पराजुली (राम) बाट ११ हजार ३ सय ७७, शिवप्रसाद पराजुलीबाट १५ हजार ५ सय ५५, होमबहादुर रानाबाट २ हजार ५ सय ५०, विष्णुप्रसाद बरालबाट ११ हजार १ सय ११, विश्वनाथ पराजुलीबाट ५ हजार १ सय ५, भूमिन्द्र बरालबाट २ हजार १, उमानाथ बरालबाट ५ हजार ५०, प्रदीप गुरुङ्गबाट ३ हजार, चिरन्जीवीराज कोइरालाबाट ५ हजार ५ सय ५५, शिवप्रसाद अर्यालयबाट ५ हजार १ सय, चिन्तनशील महिला समूहबाट ५ हजार १५, हरिप्रसाद पौडेलबाट १ हजार ५ सय १५, छवि सुवेदीबाट २ हजार ७, नेत्रनारायण सुवेदीबाट १ हजार ५, यज्ञप्रसाद बास्तोलाबाट ५ सय, सुवास अधिकारीबाट ५ सय, सावित्री नेपालीबाट ५ हजार १ सय ५०, लक्ष्मी पौडेलबाट १ हजार १०, कृष्णप्रसाद बराल ५ हजार ५, कमला गौतम ५ हजार ५, माधव पोखरेलबाट १ हजार १ सय ११, बाबुराम कोइरालाबाट १ हजार १ सय १, नेत्र ज्ञवालीबाट ११ हजार १ सय ११, विष्णुदेवि श्रेष्ठबाट २ हजार १०, टुकलाल नेपालीबाट १ हजार २०, लक्ष्मीप्रसाद अधिकारीबाट १ हजार, चन्द्रप्रकाश सुवेदीबाट १ हजार २०, नुनेन्द्र शाहबाट १३ हजार १ सय २५ समेत गरी हालसम्म १० लाख ३ हजार ८९ अर्थ संकलन भएको छ ।
STUDY IN AUSTRIA
Mt. Everest InstitueChipledhunga-4, Pokhara
+97761541405, 531021,Fax: +97761525200
www.mteverest.com.np
+97761541405, 531021,Fax: +97761525200
www.mteverest.com.np
Thursday, July 29, 2010
Crime News Report ,Pokhara
अपहरणमा परेका भन्ने व्यक्तिको उद्दार
Saturday, July 24, 2010
पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न
टोल विकास संस्था वडा समन्वय समिति पोखरा १० को आयोजनामा जनप्रिय समाज वातावरण सुधार समिति जनप्रियटोल पोखरा १० मा संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न भयो । वडा समन्वय समिति अन्तगत रहेका बीस वटा टोलमा रहेका आमासमुहका पदाधिकारीहरु ४८ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बैठक कसरी
सञ्चालन, व्यवस्थापन गर्ने र कार्यक्रम कसरी बनाउने भन्ने बारेमा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्णथापा स्टेशन मेनेजर लक्ष्मीनारायण देवकोटा महिला सामाजिक कार्यकर्ता सामुदायीक सेवा केन्द्र जिल्ल समन्वय समितिका अध्यक्ष सिता गुरुङ्, गाउँनगर विकास साझेदारी कार्यक्रमका शाखा अधिकृत श्री दुर्गा न्यौपाने लगाएतले प्रशिक्षण दिनुभएको थियो । तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा पोउमनपाका सामाजिक विकास समितिका कार्यक्रम अधिकृत ओमराज पौडेलले सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गर्नुहुर्दै महिलाहरु नेतृत्वमा आउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदैँ कसैले आफूलाई बोक्सी मन्त्र सिकाए रु एक लाख पुरस्कार दिने बताउँदै समाजमा कोही महिला बोक्सी हुदैन भनि प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा प्रशिक्षक सिता गुरुङ्, दुर्गा न्यौपाने, लक्ष्मीनारायण देवकोटा, जनप्रिय आमासमुहका भु.पु. अध्यक्ष पवित्रा गुरुङ लगाएत किरणप्रसाद भट्टचनले आ–आफ्नो भनाई राख्दै सिकेका अनुभवहरु सिकीयो भन्दै बसेर मात्र त्यसबाट व्यक्तित्व विकास नहुने भएका कारण भए गरेका र हुने जानकारी पाएका कार्यक्रमहरुमा आफ्नो उपस्थिीति देखाई अग्रसर हुन सकेको खण्डमा मात्र सिकाईको अर्थ रहने कुरा बताउँदै अगाडि बढ्न आग्रह गर्नुभयो । संस्थाका उपाध्यक्ष किसोर घिमीरले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेखीमाया गुरुङ र उमा मुल्मीले आफूहरुले पाँच दिनमा सिकेका कुराहरुको अनुभव वताउदै यस्ता कार्यक्रमले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न हौसाएको अनुभव सुनाउनु भयो । कार्यक्रमको सञ्चालन नव उत्पादीत उद्घोषक आरती गुरुङ र गोमा रायमाझीले गर्नुभएको कार्यक्रममा चन्दकिसोर गौतमलेपनि सञ्चालनमा सहयोग पु¥याउनु भएको थियो ।
CRIME NEWS,POKHARA
विगत १ महिनामा यस कार्यालयमा चोरीमा संलग्न १२ जनालाई चोरी मुद्धामा , लागू औषध बेचविखन तथा सेवनमा संलग्न रहेका ३७ जनालाई लागू औषध मुद्धामा, सार्वजनिक स्थानमा शान्ति सुरक्षामा प्रभाव पार्ने ९६ जनालाई सार्वजनिक मुद्धामा , विभिन्न स्थानमा ठगी गर्ने ६ जनालाई ठगी मुद्धामा, विभिन्न यौन पेशामा संलग्न होटल मालिक तथा यौनकर्मी ६२ जनालाई कारवाही गरिएको, जुवातास खेल्ने ३५ जनालाई पक्राउ गरि अव आईन्दा नखेल्ने शर्तमा सम्झाई बुझाई छाडिएको ।
साथै हालसम्म जुवातास खेल्ने १६६ जनालाई पक्राउ गरिएको जसमध्ये ३२ जनालाई कानूनी कारवाही गरिएको र १३४ जनालाई सम्झाई बुझाई छाडिएको ।
मुख्य मुख्य घट्नाहरुको संक्षिप्त बिवरण :
जवरजस्ती करणी :
मिति २०६७।०३।२३ गते अं. १७:०० बजेको समयमा पोखरा उप.म.न.पा. वडा नं. ६ बैदाम बसुन्धारा पार्क नजिककै को खाली घरमा धर्म ईन होटलमा काम गर्ने धादिङ्ग जिल्ला ज्यामरुङ्ग गा.वि.स. वडा नं. ७ बस्ने अं. वर्ष २६ को सुमन भन्ने केदार बहादुर इटनीले पोखरा उप.म.न.पा. वडा नं. ६ बैदाम बस्ने वर्ष १५ कि नाम परिवर्तन :ड (द्दण्ण्ठ बालिकालाई जवरजस्ती करणी गरेकोले निजलाई पक्राउ गरी अनुसन्धान भै रहेको साथै होटल संचालक शारदा पौडेल उपर अनुसन्धान भैरहेको ।
लागु औषध वुप्रिनर्फिन मुद्धाका प्रतिवादी ज्योती गुरुङ्ग, संजय के.सी . र खोम बहादुर गुरुङ्ग :
भारत रक्सौलबाट लागू औषध खरिद गरि पोखरामा विक्री वितरण गर्न ल्याएको छ भन्ने सूचना प्राप्त भए पश्चात मिति २०६७।०३।३२ गते पृथ्वीचोकमा संकित व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा कास्की जिल्ला पोखरा उ.म.न.पा. ९ पृथ्वीचोक कास्की जिल्ला ,पोखरा उ.म.न.पा. वडा नं .१६ दिप बस्ने वर्ष ४३ को खोम बहादुर गुरुङ्ग , ऐ .ऐ . बस्ने वर्ष ३३ की ज्योती गुरुङ्ग र ऐ .९ नयांवजार बस्ने वर्ष १९ को संजय के.सी को साथबाट लागु औषध नर्फिन थान –१८८ , डाईजापाम थान –१८८ र नाईट्रोसन भ्याट –११५ ट्याब्लेट वरामद भएकोले निजहरु उपर लागु औषध वुप्रिनर्फिन मुद्धामा अनुसन्धान भै रहेको, निजहरुले उल्लेखित लागु औषध भारत , रक्सौलवाट खरीद गरी ल्याएको भन्ने समेत बुझीएको ।
पृथ्वीचोकमा मोवाईल चोरी भएको सम्बन्धमा :
मिति २०६७।०३।१७ गते राती कास्की जिल्ला पोखरा उ.म.न.पा. ९ प्थ्वीचोक स्थित केदार मोवाईल रिपेरीङ्ग सेन्टरवाट मर्मतार्थको लागी राखीएको मोवाईल ,रिचार्ज कार्ड तथा व्याट्री समेत प्रकाश गुप्ता समेतले जम्मा रु २,८४,५०० ( अक्षरुपी दुई लाख, चौरासी हजार, पांच सय ) बरावरको धनमाल चोरी सम्बन्धमा आवश्यक अनुसन्धान पश्चात कास्की जिल्ला पोखरा उ.म.न.पा . ९ शिवटोल बस्ने वर्ष १९ को प्रकाश गुप्तालाई थान –७ र ऐ . बस्ने वर्ष १८ को सुभम गुरुङ्गलाई थान –८ मोवाईल सहीत पक्राउ गरी निजहरु उपर चोरी मुद्धामा अनुसन्धान भै रहेको ।
पोखरा १ याम्दीपुलमा कारमा क्षती भएको सम्बन्धमा :
मिति २०६७।०४।०१ गते राती २२:०० बजेको समयमा अपरिचित व्यक्तिहरुले कास्की जिल्ला पोखरा उ.म.न.पा. वडा नं . १ याम्दीपुल स्थितमा पोखरा ३ नदीपुर बस्ने प्रेम शेरचनको ग १ च ५४०६ नं .को प्राईवेट कारमा ढुङ्गाले हानी सिसा तथा साईडलाईट फुटाई फरार रहेका व्यक्तिको सम्बन्धमा खोजतलास तथा आवश्यक अनुसन्धान पश्चात कास्की जिल्ला, हेम्जा १ बस्ने वर्ष १८ को रमेश राई ,ऐ . बस्ने वर्ष १९ को विक्की गुरुङ्ग र ऐ . बस्ने वर्ष २१ को गणेश गुरुङ्ग समेतलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान भै रहेको ।
वेश्यावृर्ती तथा यौनकमींहरु लाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धा चलाईएको संख्या :–
यौनकर्मी होटल संचालक जम्मा
पुरुष महीला पुरुष महीला
२५ ३० ३ ४ ६२
जुवातासमा पक्राउ गरि छाडिएको तथा कारवाही संख्या :
जुवामा मुद्धा चलाईएको सार्वजनिक मुद्धा चलाइएको सम्झाई बुझाई छाडीएको कूल जम्मा
महीला पुरुष महीला पुरुष पुरुष महीला
– १३ ८ ११ १२० १४ १६६ जना
मदरल्यान्ड होटलमा अन्जु फुयालको मृत्यु सम्बन्धमा :
मिति २०६७।०४।०३ गते राती अन्दाजी ०१:३० बजेको समयमा कास्की जिल्ला,पोखरा उ.म.न.पा . वडा नं .७ स्थित डिगोपाटनमा रहेको राम बहादुर त्रिपाठीको मदरल्यान्ड नामको होटलको २०८ नं. कोठामा वर्ष १८ की अन्जु फुयाल नाम गरेकी महिला मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुना साथ यस कार्यालयबाट अनुसन्धान टोली खटिई गई उक्त हत्यामा संलग्न सरोज फुयाल हत्या पश्चात काठमाण्डौ फरार भएको भन्ने सूचनाको आधारमा काठमाण्डौ प्रहरी सँग समन्वय राखी काठमाण्डौ जिल्ला, काभ्रेस्थली – ०४ वस्ने वर्ष १९ को सरोज फुयाल र निजको प्रेमीका काठमाण्डौ जिल्ला, गोल्ढुङ्गा – ८ बस्ने वर्ष १७ की कोपीला फुयाललाई पक्राउ गरि यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको, प्रारम्भिक अनुसन्धानबाट निजले करीव १ (एक) महीना अगाडी मृतक संग विवाह गरेको र विवाह पुर्व कोपीला फुयाल संग प्रेम सम्बन्ध रहेकोले मृतक अन्जु फुयाललाई कर्तव्य गरी मारेको भन्ने बुझिन आएको ।

Subscribe to:
Comments (Atom)