Thursday, June 3, 2010

लागुऔषध सहित तीन जना लाई पक्राउ


 जिल्ला प्रहरी कार्यालय पर्साले गएराति पर्साको निचुटा गाबिसमा छापामारी गरी ठुलो परिमाणमा लागुऔषध खैरो हेरोइन सहित तीन जना भारतीय तस्करलाई पक्राउ गरेको गएराति निचुटा गाबिसमा रहेको एक झोपडीमा छापामारी प्रहरीले तीन भारतीय सहित ठुलो परिमाणमा लागु औषध बरामद गरेको हो पक्राउ पर्नेमा भारतको सैझानपुर जिल्ला तिलककरवाका देवेशकुमार गुप्ता, जलालाबादका सुवास चन्द अनिलकुमार सिंह छन् उनीहरुको साथवाट प्रहरीले अफिम सय ५० ग्राम, खैरोहेरोइन धुलो सय ग्राम, खैरो हेरोइन बनाउन प्रयोग हुने केमिकल साल्मोनियाक धुलो किलो सय ग्राम वरामद गरेको

कामदारमाथि घर मालिकको चरम यातना

 काठमाण्डौं कपनस्थित तेन्जिङ चोकको एक घरमा घरेलु कामदारलाई घर मालिकले चरम शारिरीक यातना दिएपछि स्थानीयबासीन्दा बिरोधमा उत्रिएका छन् । स्थानीय बासिन्दाले घर मालिक प्रहरी निरीक्षक चेतबहादुर पाठक रहेको बताएका छन् । झापा गौरीगंज निवासी घनश्याम महत्तोले घर मालिकले आँफूलाइ पैसा चोरको आरोपमा तातो आइरन र पीनले घोचेर चरम यातना दिएको बताए । स्थानीय बासिन्दाले घरेलु कामदारलाइ शारिरीक यातना दिएको बिरोधमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाइ कारवाही गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए । सम्भावित झडप हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीय बासिन्दाले पाठकको घरमा तोडफोड गरेका छन् । प्रहरीले घरलाइ नियन्त्रणमा लिइ कडा सुरक्षा दिइरहेको छ । घटनास्थलमा मावअधिकारकर्मीहरु अहिले पुगिसकेका छन् ।

Wednesday, June 2, 2010

राजा वीरेन्द्रको राजपरिवारको सम्झना


 राजपरिवारको सम्झना गर्दै सर्वसाधारणले आज जाउलाखेल स्थित राजा वीरेन्द्रको सालिकमा पुष्प गुच्छा अर्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् उनीहरुले शालिक परिसरमा राजपरिवारको चिरशान्तिको कामना गर्दै श्राद्ध समेत गरे ।राजा विरेन्द्रको विसं २०५८ साल जेठ १९ गते आर्थात आजकै दिन वंश विनाश भएको थियो वीरेन्द्रलाई नेपालीहरुले जनताप्रेमी राजाको रुपमा लिँदै आएका छन्


भोलिसम्ममा राजिनामा आउनुपर्ने भट्टराई

 एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर वावुराम भट्टराईले प्रधानमन्त्रीले तीनबुँदे सहमतिको कार्यान्वयनका लागि भोलिसम्ममा राजिनामा दिनेमा माओवादी आशावादी रहेको वताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष डा भट्टराईले जेठ १४ को सहमतिलाई जित हारको विषय ठानिए परिणाम नराम्रो आउने चेतावनी दिनुभयो । डा भट्टराईसँगै माओवादी नेता वर्षमान पुन अनन्त, गिरिराजमाणी पोखरेल लगायतका नेताहरु पनि आज चितवन पुग्नु भएकोछ ।

नेपालीको हत्या भारतमा एंव विस्थापितप्रति सरकार गम्भीर


उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोईरालाले भारतको पुर्वतर राज्य आसामको मेघालयलगाएतका ठाउँमा बसोवास गर्ने नेपाली भाषीको हत्या एवं विस्थापित प्रति सरकारको ध्यानकर्षण भएको. बताउनु भएको ब्यावस्थापिका संसदको आजको बैठकमा उपप्रधानमन्त्री कोईरालाले सो घटनाप्रति सरकारले खेदप्रकट गरेको पनि स्पष्ट गर्नुभयो उहाँले समस्याको समाधान गर्न कुटनीतिक प्रयास भैरहेको पनि जानकारी गर्नुभयो केहिसमय अघिदेखि खासि समुदायले नेपाली भाषिालाई विस्थापित गर्ने व्रmममा भएको घटनाकावारेमा सभासदहरुको प्रश्नको उतर दिने व्रmममा उपप्रधानमन्त्री कोईरालाले सो कुराको जानकारी गराएकि हुन