Friday, February 19, 2010

11'th Nepal Open Paragliding Championship 2010 in Pokhara

Wednesday, February 17, 2010

विश्व शान्ती पुजा

तमु धि नेपालको रजत जयन्तीको अवसरमा आयोजित ऐतीहासिक विश्व शान्ती पुजा-२०६६  को र्यालीमा सहभागिहरु

Bus Accident Lakhnath-13

पोखरा, फागुन
पोखराबाट विरगन्ज तर्फगैरहेको यात्रुबहाक बस दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको दुर्घटनमा 35 जना घाइते भएका छन् जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको ।विरगंज तर्फजाँदै गरेको २२२४ नम्वरको वस कास्की तनहुँको सिमानामा पर्ने लेखनाथ नगरपालिकाको वडा नं. १३ को मजुवामा दुर्घटनाग्रस्त भएको थियो बुधबार विहान साढे 8 बजे भएको बस दुर्घटनामा घटनामा पोखरा उपमहानगरपालिका वडा नं. १८ बस्ने ४० वषिर्या लक्ष्मी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको बसमा यात्रा गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन् ।घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको पोखरा पर्स्याङका ६० वषिर्य मोतीप्रसाद जैसी, भारत घर भई पोखरा बस्ने ४२ वषिर्य प्रमोद अग्रवाल, नुवाकोट का ३२ वषिर्य रामबहादुर थापा, पोखरा १० रामबजार केशराम गुरुङ, भारत मोतिहारी २८ वषिर्य रामकिशोर प्रसाद, भारत नौतुनाका ३२ वषिर्य राजेशकुमार जैसवाल, चितवनका ६५ वषिर्य शुकमाया परियार, घान्द्रुक कास्कीका प्रितमलाल जैसी, भारत रक्सौलका २० वषिर्य नन्दकिशोर प्रसाद, पोखरिया पर्सा  १७ वषिर्यर् इपन्द्र चौधरी, टाँडी पर्सा २१ वषिर्य सन्जय महत लगायत ११ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था सामान्य रहेको ।त्यसैगरी र्सलाही घर भएका २० वषिर्य राकेश शाह, चितवन घर भई पोखरा बस्ने २३ वषिर्य खिमबहादुर मगर, सोही स्थानका वषिर्य दानियल मगर, २० वषिर् मिनु मगर, पोखरा १५ बस्ने २१ वषिर्य सावित्री बस्नेत, राइपुर तनहुँका धनबहादुर गुरुङ, मकवानपुर छतिवनका २० वषिर्या सुनिता सापकोटा, लम्जुङ मुझुङका ३३ वषिर्य कुलबहादुर विक, पोखरा ११ रानीपौवका २७ वषिर्य अर्जुन गुरुङ, धादिङ घर्रभई पोखरा बस्ने ३४ वषिर्य शिवबहादुर सापकोटा, पोखरा बस्ने २२ वषिर्य सागर ढकाल, पोखरा बस्ने ५२ वषिर्य रामशरण रोक्का, तनुहँ जामुनेका ३९ वषिर्य बावुलाल श्रेष्ठ, पर्सा  ३२ वषिर्य दाउलत राउत अहिर, भारत विहार घर भई पोखरा बस्ने ३६ वषिर्य काशिम शाह, सोही स्थानका ५२ वषिर्य अवुलेश शाह, विहारकै २७ वषिर्य जफिर रुल शाह, ३५ वषिर् अब्दुल हमन शाह, विरगन्ज घर भई पोखरा बस्ने ३० वषिर्य ललिता देवी, व्यास ११ तनहुँ घरभै पोखरा बस्ने ४६ वषिर्य अमरबहादुर श्रेष्ठ लगायत २३ जना र्सवसाधारणको क्षेत्रीय अस्पतालमा उपचार भरहेको

पोखराका होटलहरु मनपरी

पोखरा,फागनु ४

पोखराका होटलहरु मनपरी रुपमा कोठा भाँडा लिएको गुनासो आएपछि होटल ब्यवसायीहरुले होटल तथा लजहरुको न्यूनतम मुल्य निधारण गरेका छन ।
पश्चिमाञ्चल होटल संघ पोखराले आफ्ना मातहतका सदस्य होटल तथा लजहरुको कोठाको न्यूनतम मूल्य पाँच सय रुपैयाँ निर्धारण गरेको छ । संघका कार्यावाहक अध्यक्ष एवं दर रेट निर्धारण तथा अनुगमन समितिका संयोजक हरि शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णयगरेको हो ।यसअघि कतिपय होटलहरुले दुई सय रुपैयाँमा समेत कोठा उपलब्ध गराउँदा विभिन्न समस्या परेको र गलत सन्देश गएको भन्दै संघले प्रतिरातको कोठाको मूल्य पाँच सय रुपैयाँ तोकेको शर्माले बताउनुभयो ।सो भन्दा माथि आफ्नो प्रतिष्ठानकोस्तर अनुसार शुल्क लगाउन सकिने पनि संघले निर्णयगरेको छ । निर्णयलाई कर्डाईका साथ लागू गराउन अनुगमन समिति गठन गरी २० जना संयोजकहरु समेत तोकिएको छ । जसअनुसार बाबा लजदेखि होटल यु एण्ड आई सम्म हेमराज पहारी, बाबा लजदेखि पेन्सन तुसिता सम्म कुलबहादुर आचार्य, अम्वोट एरियामा तिलक क्षेत्री, पिसफूल रोडसम्म दीपक श्रेष्ठ, गौरीघाट मार्ग र शिव मन्दिर मार्गमा वासुदेव पहारी रहेका छन् । लयसैगरी दरवारमार्गमा विष्णुहरी अधिकारी, बाराही पथदेखि सरोवर मार्गसम्म लक्ष्मण सुवेदी, पहारी मार्गमा माधव भण्डारी, माउण्टेन टपदेखि विद्यालय पथसम्म विष्णु पहारी, लालुपाते मार्गमा श्रीराम गिरी, होटल सिंगापुरदेखि बुलौंदीसम्म गोविन्द शर्मा, डिहिको पाटन देखि पधेरा सम्म मोहन दवाडी, हल्लनचोकदेखि खहरेसम्म गणेश पहारी, खहरेचोक देखि गैरा चौतारासम्म धरमसिंह लामिछाने, होटल सिंगापुरदेखि हल्लनचोकसम्म विकल तुलाचन, शान्तिपाटनदेखि जरेवरसम्म भेकेन्द्रकुमार श्रेष्ठ संयोजक तोकिएको छ । लेकसाइडमार्ग मिराचोक देखि हल्लन चोक सम्म रमेश श्रेष्ठ, ड्यामसाइडमा बच्चुराम तिवारी, राम गुरुङ ड्यामसाइड र मुक्ति केसी ड्यामसाइड संयोजक रहेका छन् ।
निर्णयलागू गर्न गराउन सम्पुर्ण होटेल ब्यवसायीहरुलाई सहयोगको लागि अनरोध गर्दै सम्वन्धीत निकाय र होटल संघमा आवद्ध नभएका होटलहरुलाई अनिवार्य दर्ता हुन समेत संघले आव्हान गरेको छ । दर्ता नभए र केही घटना आइपरेमा होटल संघ जिम्मेवार नहुने संघका द्वितीय उपाध्यक्ष तथा सदस्यता विस्तार समितिका संयोजक भरतराज पराजुलीले बताउनुभयो

मन्त्रीद्धारा जनक शिक्षा निरीक्षण

पोखरा ,४ फागनु
शिक्षा मन्त्री रामचन्द्र कुशवाह तथा शिक्षा सचिव द्रि्रेन्द्रविक्रम थापाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराको आज निरिक्षण गर्नुभयो । सो अवसरमा क्षेत्रीय कार्यालयमा अवस्थित पाठ्यपुस्तक गोदाम अवलोकन गर्नुका साथै क्षेत्रीय कार्यालयले गरेका कामका बारेमा जानकारी लिनुभयो । जनक शिक्षा कार्यालय पोखराले गण्डकी र धौलागिरीका !) जिल्लामा आफनो सेवा दिदै आएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराका प्रमुख जयराम अर्यालले पाठ्यपुस्तकको विक्री वितरण तथा मौज्दात सम्वन्धमा मन्त्री कुशवाह र सचिव थापालाई विस्तृत रुपमा जानकारी दिनुभएको थियो । क्षेत्रीय कार्यालयका अनुसार गत वर्षमाघ मसान्तसम्म पाठ्यपुस्तकको मौज्दात १३ लाख १८ हजार ६११ थान रहेकोमा यसवर्षमाघ मसान्तसम्म १८ लाख १४ हजार ५४५ थान रहेको छ । गत वर्षभन्दा यस वर्षपाठयपुस्तक चार लाख ६१ हजार ५८९ थान बढी मौज्दात रहेको छ । कक्षा पाँचको पाठयपुस्तक परिमार्जन भई सो पुस्तक धमाधम केन्द्रबाट छपाई गरी पठाउने कार्य भैरहेको बताइएको छ ।
यसवर्षपश्चिमाञ्चलका गण्डकी र धौलागिरी अञ्चलमा विद्यालयस्तरको पाठयपुस्कको अभाव हुन नदिन सो कार्यालयले आवश्यक तयारी पुरा गरेको पनि मन्त्री कुशवाहलाई निरीक्षणका अवसरमा कार्यालय प्रमुख अर्यालले जानकारी गराउनुभएको थियो ।