Sunday, June 15, 2014

खुल्ला बल्छी खेल प्रतियोगितामा पुन प्रथम - Pun first in open fishing competition-Pokhara

पोखरा– नेपालमै पहिलोपटक फेवातालको किनारमा आयोजित प्रथम खुल्ला बल्छी खेल प्रतियोगिता मा नरबहादुर पुन बिजेत बनेका छन । प्रतियोगितामा फस्ट रनर अप बिष्णुबहादुर छन्त्याल र सेकेन्ड रनर अप देव थापा भए ।
पोखरा एन्ग्लर्स क्लब नेपालको आयोजनामा शनिवार प्रतियोगिता भएको थियो । त्यसमा २१ल जना सहभागी भए । बिजयी प्रतियोगीलाई प्रमुख अतिथि मत्स्य अनुसन्धान केन्द्रका प्रमुख जयदेव बिष्टले पुरस्कार बितरण गरे ।
आयोजक क्लबका अध्यक्ष मेजर बालकृष्ण गुरुङका अनुसार माछा समाएर मनोरञ्जन लिने तथा बिष, करेन्टबाट माछा मार्ने कामलाई निरुत्साहित पार्ने उद्देश्यले दुई बर्ष अघि दर्ता भएर क्लबले विभिन्न गतिविधि गर्दै आएको छ । बल्छी खेल प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए ।

No comments:

Post a Comment

Please, comment about this article.