Monday, June 16, 2014

झिलिवराङ गाविसको गीविकास गाँउमा बस्ती शहरमा

पोखरा असार १ गते । भौतिक सुविधाका लागि गाँउ छाडेर आए पनि गाँउको मायालाई सम्झेर पर्वत जिल्ला भुक ताङले गाविसस्थित झिलिवराङ बासीहरुले पोखरामा झिलिव्।ायाङलाई समेटेर मेरो झिलिवराङ गाँउ आँखैमा झिलिमिलि छ भन्दै म्युजिक भिडियो निर्माण गरेका छन् ।

प्राकृतिक छटाले भरिपुर्ण रहेको साँस्कृतिक एव्म ऐतिहासिक गाँउ झिलिवराङको कला संस्कृतिलाई लिएर म्युजिक भिडियो र वृत्रचित्रमा समेत समावेश गरिएको छ । सो गाँयको मौरी घार, समुति छहारा, लम्कने लेक, बराह देवी, कमल जैशी थान, भुरुद्धि खोला र अन्नपूर्ण हिमाल सो गाँउका सम्पत्ति हुन् ।

पर्यटकीय दृष्टिले प्रर्वद्धन गर्ने उद्देश्यले मात्र नलिई आफ्नो गाँउलाई सधैं सम्झनुपर्छ भन्ने देश बाहिरका राजु गुरुङ, ईन्द्र गुरुङले सो कल्पना गरेका थिए । सो भिडियो र वृत्रचित्रको पर्वत जिल्ला क्षेत्र नंम्बर. १ का नेपाली काँग्रेस तर्फ विजय सभासद् अर्जुन जोशीले शनिबार कास्कीको लेखनाथमा आयोजित कार्यक्रममा विमोचन गर्नुभयो ।

सो अवसरमा सभासद् जोशीले आफ्नो पहलबाट गाविसका सबै वडामा विद्युतिकरण, बाटोघाटो, सडक, खाने पानी भएता पनि बसाई सराईका कारण प्रयोगमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, “शहरी सुविधा प्राप्त हुँदै गएपछि शहरबाट गाँउ फर्कने अभियान गर्नुपर्ने बताउनु भयो ।”उहाँले कास्कीको घान्दुक जस्तै झिलिवराङलाई पर्यटकीय गाँउका रुपमा लैजाने सोच भएको धारणा  राख्नु भयो ।

कार्यक्रममा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले जन्मभुमि प्रतिको दाहित्वलाई झिलिवराङबासीहरुले पोखरामा आएर भए पनि पुरा गरेको बताउनु भयो ।

झिलिवराङ तमु समाजका अध्यक्ष खड्ग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव क्यापटेन रन बहादुर गुरुङ, नेपाली काँग्रेस, जनसम्पर्क समितिका अध्यक्ष राम बहादुर गुरुङ, नमस्ते फिलिम्स प्रा.लि.का छवि सुवेदी लगायतले सो गाँउको बारेमा बोल्नु भएको थियो ।

सो म्युजिक भिडियोमा मुना, पिंकि, राजकुमार, अशोक, विमल गुरुङ लगायतका कलाकारहरु रहेका छन् भने अन्जना र धन बहादुरको स्वर रहेको छ । म्युजिक भिडियोको शब्द संगित लोक बहादुरले गर्नु भएको छ भने प्रेम गुरुङको छयाकन रहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.