Wednesday, May 8, 2013

जवरजस्ती यौन व्यवसाय संचालन गर्ने पक्राउ

    पोखरा उप.म.न.पा.–२ स्थित बाग्लुङ्ग बसपार्कमा रहेको माछापुच्छ्रे गेष्ट हाउसका संचालक खेमराज बजगाईले गैह् कानूनी रुपमा यौन व्यवसाय संचालन गराएको अभियोगमा निजलाई पक्राउ गरिएको छ । पीडित महिला हाल नाम परिवर्तित कल्पनाले दिएको सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको टोलीले मिति २०७०।१।२० गते उक्त माछापुच्छ्रे गेष्टहाउसमा गई छापा मारी पीडितको उद्धार गर्नुका साथै गेष्टहाउसका संचालक खेमराज बजगाईलाई नियन्त्रणमा लिईएको हो । निजले अभियूक्तले पीडितलाई जवरजस्ती आफनो गेष्टहाउसमा राखी ईच्छा विपरित अवैध यौन व्यवसायमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा निजलाई मानव वेखविखन कसूर अन्र्तगत अपराधमा मुद्धा दायर गरी  थप अनुसन्धान कारवाही भईरहेको छ ।

अवैध क्रियाकलापमा संलग्न पक्राउ:
    पोखरा उप.म.न.पा. वडा नं. ७ सिमलचौरमा रहेको सिटी हर्ट रेष्टुरेण्टमा अनैतिक तथा अश्लिल क्रियाकलाप हुँदै छ भन्ने सूचनाको आधारमा मिति २०७०।१।२५ गते जि.प्र.का. कास्कीबाट खटिई गएको प्रहरी टोलीले उक्त रेष्टुरेण्टकी संचालिका प्रिया सुनार सहित ३ जनालाई पक्राउ गरिएको छ । सोही क्रममा आफनो कर्तव्यको पालनाको सिलसिलामा रहेको प्रहरी कर्मचारीहरुलाई के कति चाहिन्छ ? यतै मिलाउँ म दिन तयार छु भनि गैह् कानूनी रुपमा आर्थिक प्रलोभनमा पारी प्रहरी कार्यलाई प्रभाव पार्न खोजेको हुँदा म्याग्दी जिल्ला रुम गा.वि.स. वडा नं. ७ घर भई हाल पोखरा सृजनाचोक बस्ने राम बहादुर रोकालाई समेत पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति:२०७०/१/२५ गते ।          
District Police Office Kaski, Pokhara  
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.