Monday, October 1, 2012

Trained police dogs to check Vehicles in Pokhara, Nepal- कुकुर द्धारा सवारी/यात्रु चेकजाँच शुरुवात

Trained police dogs to check Vehicles in Pokhara, Nepal
    नजिकिदै गरेका विजयादशमी, दिपावली, छठ लगायतका चाडपर्वको मौका पारेर हुन सक्ने अपराधिक गतिविधि रोकथाम र न्यूनिकरण गर्ने उद्धेश्यले तयार गरिएको सुरक्षा योजना अनुसार  राजमार्गहरुमा नेपाल प्रहरीका तालिम प्राप्त म्यन हरु र सुरक्षाकर्मीहरु द्धारा चेकजाँच गर्ने कार्य आज मिति २०६९/६/१४ गते २:०० बजे देखि थालनी गरियो । यस कार्यक्रम अन्र्तगत विशेषतः चाडपर्वमा भित्राइने विष्फोटक पदार्थ, लागू औषध नियन्त्रण एवं अपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरु माथि निग्रानी राखिनेछ । सो कार्यको लागि विशेष गरी Explosive तालिम प्राप्त र लागू औषधमा दक्षता भएका कुकुरहरु द्धारा सुरक्षाकर्मीहरुको समेत उपस्थितिमा आलोपालो गरी पोखरा उपत्यकामा प्रवेश गर्ने प्रमुख तथा सहायक राजमार्गहरुमा चेकजाँचको व्यवस्था मिलाईएको छ । सो चेकजाँचको शुरुवात यस कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीको उपस्थितिमा भएको थियो ।
  यसै क्रममा आज अं. ४:१० बजेको समयमा लागू औषध तालिम प्राप्त कुकुरको सहायतामा Dog Sniffing गराई ना.३.ख. ८५५८ नं. को बस चेकिङ्ग गर्दा सो बसका सहचालक सुरज अधिकारीको साथबाट अं. १०० ग्राम सुकेको सेवन योग्य गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.