Wednesday, May 9, 2012

Additional Flood Descriptionflash 2069-1-25 to 1-27 />> (Kaski, Seti River)


Pokhara flood, Seti River flood, Tatopani event
Pokhara flood, Seti River flood, Tatopani event

मिति २०६९।१।२६ गते ६:०० बजे देखि १।२७ गतेको हाल सम्मको कार्य बिवरण :
  • मिति २०६९।१।२७ गते ०६:३० बजे देखि नै  खारापानी ७ स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु  भएको ।
  • बिहान ०९:० बजे देखि नदीपुर स्थित  सेतीको पावर हाउसको नहरमा देखिएको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीबाट निकाल्ने कार्य जारी रहेकोमा ३:०० बजेको समयमा कुहिएको अवस्थामा विदेशीको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला पारी प.क्षे. अस्पतालमा पु¥याईएको । 
  • नेपाल प्रहरीको च्भकअगभ म्यन लाई पुनः आज बिहानै देखि मुख्य प्रभावित स्थलहरुमा खोजी कार्यको लागि परिचलान गरिएको ।
  • अं १:०० बजेको समयमा बाच्छीवुडुवाबाट स.प्र. बलको उद्दार टोलीले  १ जिवित गाईको उद्दार गरेको ।
  • प,क्षे. अस्पताल पोखरामा रहेका लासहरु मध्ये आज मिति २०६९।१।२७ गते १:५५ बजेको समयमा १ वटा लास सनाखत भएको ( जि. कास्की सार्दीखोला ७ बस्ने वर्ष ४६ को बिष्णु भन्ने ईन्द्र बहादुर गुरुङ्ग भएको) उक्त शवलाई अन्तिम संस्कार गर्न आफन्तलाई जिम्मा लगाईएको । 
  • सार्दीखोलाको घटनामा परी घाइते भएका वर्ष १२ को सन्तोष गुरुङ्गको प.क्षे. अस्पताल पोखरामा उपचार भईरहेकोमा आज २:०० बजेको समयमा डिस्चार्ज भएको । सबै घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका ।
  • सेती नदी किनारमा संयूक्त सुरक्षाफौज द्धारा खोजी कार्य जारी राखिएको ।

          अन्य बिवरण :
  • वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको र थप १ जना वेपत्ता भएको भनि खुल्न आएको ( वेपत्ता हुनेमा जि. पर्वत लेखाफाँट गा.वि.स. वडा नं. ७ बस्ने  वर्ष ५९ का कुम बहादुर पुन रहेको, निज आफनो बहिनीलाई सादुल तर्फ भेटन जाने क्रममा बाढीमा परि हराएको भन्ने बुझिएको 
  • हालसम्म वेपत्ता संख्या कूल – ४३ 
  • हालसम्म सनाखत भएको शव संख्या २०, सनाखत हुन बाँकी शव ७ गरी जम्मा शव संख्या २७ ।
  • पहिचान नखुलेका ९ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।

          सुरक्षाफौज परिचालन :
  • नेपाली सेना               २८६ जना
  • नेपाल प्रहरी               १०२ जना
  • सशस्त्र प्रहरी बल        १४४ जना



मिति ः २०६९।१।२७ गते ७:१५ बजे              
जिल्ला प्रहरी कार्यालय कास्की  

No comments:

Post a Comment

Please, comment about this article.