Tuesday, December 27, 2011

Public Hearing in Sarangkot VDC- सराङ्गकोट गा.वि.स.को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Sarangkot
सराङ्गकोट गा.वि.स.को बजेट तथा कार्यक्रम, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गाउँ विकास समिति र रेडियो तरङ्गको संयुक्त आयोजनामा मंगलबार सराङ्गकोट–२, जनजागृत उच्च मा.वि.को प्राङ्गणमा सम्पन्न भयो ।

       उक्त कार्यक्रममा गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०६७।०६८ को यथार्थ ९२ लाख ९५ हजार ८ सय ६३ रुपैयाँ ७५ पैसा, २०६८।०६९ को अनुमानित १ करोड ४ लाख ८१ हजार ६ सय ५५ रुपैयाँ ४६ पैसा र २०६९।०७० को प्रस्तावित १ करोड १० लाख २७ हजार २ सय २० रुपैयाँको गाउँ परिषद्बाट पारित बजेट र गाउँ विकास समितिको सेवा प्रवाह तथा गाविसका कार्यक्रमका बारेमा समेत जानकारी गराउनु भएको थियो ।
       उक्त कार्यक्रममा एनेकपा माओवादीका भरतमणि पराजुली, नेकाका शमशेरबहादुर थापा, नेकपा एमालेका बेलबहादुर थापा, राप्रपाका रामबहादुर थापा र गा.वि.स.सचिव विष्णु प्रसाद पौडेलले स्थानीय जनताका गुनासा र जिज्ञासाका बारेमा जवाफ दिनुभएको थियो ।

       कार्यक्रममार्फत गाउँ विकास समितिले सार्वजनिक निर्माणमा हुने बजेटको पारदर्शिताका लागि अनुगमन समितिलाई अझ प्रभावकारी बनाउन जनताको सुझाव प्राप्त भएको थियो । कार्यक्रममा १५ जना व्यक्तिहरुले आ–आफ्नो जिज्ञासा र सुझावहरु पेश गरेका थिए भने करीब गाविसका २ सयजना गाउँबासीको उपस्थिति रहेको थियो ।
       गाविस सचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो तरङ्गका प्रबन्ध निर्देशक हिमनिधी लौडारीले गर्नुभएको थियो ।
>>> Public Hearing in Sarangkot VDC- सराङ्गकोट गा.वि.स.को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

No comments:

Post a Comment

Please, comment about this article.