Friday, September 16, 2011

9 mm Auto Pistol सहित पक्राउ


)           गुण्डागर्दी तथा लागु औषध नियन्त्रणको सिलसिलामा मिति २०६८।०५।२६ गते यस कार्यालयका प्र.नि. रविन्द्रमान गुरुङ्गको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले दाङसिङ, साक्र्यु घर भै पोखरा उप...पा. वडा नं. – १६ दिप बस्ने वर्ष ३२ को बिष्णु गुरुङ्गलाई पोखरा उप...पा. – ट्याक्सीचोक नजिक शंकास्पद रुपमा हिडीरहेको अवस्थामा निजको शरिर तलासी गर्ने क्रममा निजको साथबाट  PISTOL AUTO 9mm I.A.,  No. 16319361 लेखिएको पेस्तोल थान , एै. म्याग्जिन थान एै. को गोली राउण्ड सहित निजलाई पक्राउ गरिएको
)            विष्णु गुरुङ्गसँग सोधपूछ गर्दा निजले उक्त पेष्तोल कास्की जिल्ला, दाङसिङ , साक्र्यु घर भई हाल पोखरा११, रानिपौवा बस्ने बर्ष २६ को सुनिल गुरुङले राख्न भनि दिएको आफुले मात्र राखि दिएको बयान
)            सुनिल गुरुङलाई पक्राउ गरि सोधपूछ गर्ने क्रममा निजलाई उक्त पेष्तोल अनिकोट, काभ्रे घर भै हाल पोखरा एयरपोर्ट बस्ने गणेश लामाले राख्न भनि दिएको आफूसँग राख्दा अप्ठ्यारो पर्ने ठानी विष्णु गुरुङलाई राख्न दिएको   बयान
)            गणेश लामालाई पक्राउ गरी सोधपूछ गर्दा निजलाई उक्त पेष्तोल पोखरा १६, महेन्द्र गुफा बस्ने निशान छन्त्यालले ल्याई राख्न दिएको आफूसँग राख्न नहुने ठानी सुनिल गुरुङलाई दिएको बयान (निशान छन्त्यालको खोजतलास भइरहेको।
)            यसरी पक्राउ परेको PISTOL AUTO 9mm I.A.,  No. 16319361 लेखिएको पेष्तोल कुवेर सिंह पुनद्वारा सशस्त्र प्रहरी महाविद्यालय, लामपाटनबाट लगेको प्रमाणित भएको
)            त्यसै गरी पोखरा नगरभित्र लागुऔषध ब्रुफ्रिननर्फिन नाइट्रोभ्याटको विक्री वितरण गर्ने कार्यमा   संलग्न म्याग्दी जिल्ला, देविस्थान घर भै कास्की, हेम्जा बस्ने वर्ष २५ को मनोज पुनलाई मिति २०६८÷०५÷२६ गते याम्दीबाट लागुऔषध ब्रुफिन नर्फिन १७, डाइजापाम १७, फेनारगन १७ नाइट्रोसन ट्याबलेट १० चक्की सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको


जिल्ला प्रहरी कार्यालय कास्की
                                                               

No comments:

Post a Comment

Please, comment about this article.