Thursday, February 3, 2011

LIONS CLUB OF POKHARA MUNAL FREE CATARAT SURGERY CAMP

                  लायन्स क्लव अफ पोखरा मुनालको आयोजना

सामुदायिक सेवा केन्द्र वगरको सहआयोजना, हिमालय आँखा अस्पताल धारीपाटनको प्रविधिक सहयोग, देउराली डाँडा टोल सुधार समितिको भदौरेको स्थानिय व्यवस्थापनमा कास्की जिल्ला भदौरे तमागी गा.वि.स. वडा नं १ स्थित वहादुरे मा.वि.को प्रागणमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
          सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सुश्री सिता गुरुङ्ग को प्रमुख आतिथ्थतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष लायन चन्द्र वहादुर कुँवरले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य राख्दै लायन्स क्लव तथा सामुदायिक सेवा केन्द्र दुवै सामाजिक सेवामा समर्पित संस्था भएकोले सहकार्य गरि कार्यक्रम ल्याइएको भन्दै स्थानियवासीको सहयोग भएको खण्डमा दुवै संस्थावाट भविश्यमा अन्य कार्यक्रमहरु प्नि ल्याउन सकिने जानकारी दिनुभयो । कार्यक्रम संयोजक लायन राजु अधिकारी, सामुदायिक सेवा केन्द्र वगरका सल्लाहकार तथा एडस् रोग नियन्त्रण संध कास्कीका अध्यक्ष श्री विश्वमोहन गौचन, श्री वहादुरे मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुवेदार चित्रवहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक श्री रामप्रसाद पौडेल, लायन गुणखर सुवेदी लगाएतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन लायन्स मुनालका सचिव ला. दिलिप सुवेदीले गर्नुभएको थियो ।
       उक्त आँखा शिविरमा २३० जनाले आँखा जाँच गराई आवश्यकता वमोजिमको चस्मा तथा औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको र ६ जना मोतियाविन्दु भएका विरामीहरुलाई पोखरा स्थित हिमालय आँखा अस्पतालमा ल्याई मोतियाविन्दुको अपरेशन गरियो । साथै भर्ना भएका विरामीलाई खान वस्न अपरेशन औषधी सहित लाने ल्याउन व्यवस्था समेत निःशुल्क रुपमा गरिएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.