नशालु पदार्थ खुवाई चोरी गर्ने व्यक्तिहरु पक्राउ
१            पोखरा नगर क्षेत्र तथा आसपासमा विगतका दिनहरुमा फ्रुटी, विस्कुट, कोक, खैनी जस्ता पदार्थमा नशालु पदार्थ मिसाई खुवाई विभिन्न प्रलोभनमा पारी ठगी तथा लुटपाट गर्ने घट्नाहरु मध्ये मिति २०६६।११।१३ गते स्याङ्गजा राईपुर बस्ने वर्ष ४४ का खेम गुरुङ्गलाई जग्गा देखाउन भनि ट्याक्सीमा मोडेल हस्पिटल नजिक आडमा टेक्सी रोकी फ्रुटी र खैनी खान दिई लठ्याएर साढे ३ तोला सुन लुटि लगेको,  मिति २०६७ आषाढ २७ गते पोखरा १७ छोरेपाटन बस्ने खगेन्द्र गुरुङ्गलाई घर नजिक चिया खादै गरेको अवस्थामा प्लटिङ्गको जग्गा हेर्न जाउँ भनि हेर्न गएको अवस्थामा फ्रुटी खान दिई वेहोश बनाई साथमा रहेको सुनको ५ तोलाको चेन लुटि लगेको, मिति २०६७।४।१० गते कास्कीकोट १ बस्ने डिलमाया सुवेदीलाई बगरबाट फोन गरि जग्गा देखाउँछु भनि  महेन्द्रपुलको होटलमा ल्याई नशालु पदार्थ खुवाई वेहोश बनाई साथमा रहेको सुनका गरगहना साढे ३ तोला र नगद तीन (३) हजार लुटि लगेको, र मिति २०६७।५।१५ गते पर्वत कटुवाचौपारी २ बस्ने पारस अधिकारीलाई पोखरा महेन्द्रपुल स्थित होटलमा ल्याई फ्रुटीमा नशालु पदार्थ राखी खुवाई निजको साथमा रहेको सुन, नगद गरि विगो १ लाख १६ हजार ५०० लुटी लगेको लगायतका घट्नामा अनुसन्धानको सिलसिलामा प्राप्त हुलिया अनुसार यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गरि नगर क्षेत्रबाट पक्राउ गरि छानविन पश्चात नशालु पदार्थ प्रयोग गरी चोरी गर्ने घट्नामा संलग्न रहेको पाईएकोले निजहरुलाई चोरी मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको । 
पक्राउमा परेका व्यक्तिहरु : 
 १.             जिल्ला स्याङ्गजा वालिङ्ग न.पा. वडा नं. – ३ बस्ने वर्ष ४४ को नेत्र बहादुर बि.क. 
(राष्ट्रबैंकचोक बाट पक्राउ
२.             जिल्ला स्याङ्गजा पेलाकोट गा.वि.स. वडा नं. – ६ बस्ने वर्ष ३९ को धन बहादुर बि.क.
( मालेपाटनबाट पक्राउ) 
३.             जिल्ला कास्की निर्मलपोखरी गा.वि.स. वडा नं. १ बस्ने वर्ष २८ कि लक्ष्मी नेपाली । 
( महेन्द्रपुलबाट पक्राउ )
पक्राउ परेका व्यक्तिहरुबाट वरामद चिजवस्तुहरु : 
 १.             खोलिएको बनबन विस्कुट थान १, धातुजन्य पदार्थ काटने कैची १, सोनी इरेक्सन मोवाईल १, नोकिया मोवाईल ३, लठ्याउन प्रयोग गरिने Lora zepan Tablets  ३ पत्तामा (९० वटा चक्की चक्की)
No comments:
Post a Comment
Please, comment about this article.