Friday, September 10, 2010

Crime News Report ,Pokhara


सामाजिक अपराध तथ्यांक बिवरण : (२०६७ वैशाख देखि हालसम्म )

मुद्धा बिवरण वैशाख जेष्ठ आषाढ श्रावण भाद्र
जुवातासमा पक्राउ संख्या ६२ ५९ ५३ ९५ ५४
मुद्धा चलाईएको संख्या ८ – – – –
छाडिएको संख्या ५४ ५९ ५३ ९५ ५४
गुण्डागर्दी पक्राउ संख्या ३४ ४९ २३ ४७ २४
मुद्धा चलाईएको संख्या १२ १७ ९ ८ ११
छाडिएको संख्या २२ ३२ १४ ३९ १३
वेश्यावृत्ति पक्राउ संख्या ४० ५५ ५१ ३२ ४४
मुद्धा चलाईएको संख्या २६ ३१ २२ १९ २३
छाडिएको संख्या १४ २४ २९ १३ २१
सामाजिक विकृति फैलाउने, होहल्ला गरि अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गर्ने । पक्राउ संख्या २४० २७७ १६५ १४० १३२
मुद्धा चलाईएको संख्या ५६ ४३ ३६ २० १७
छाडिएको संख्या १८४ २३४ १२९ १२० ११५


– जुवातास, गुण्डागर्दी, वेश्यावृत्ति जस्ता सामाजिक अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कारवाही गर्दा आषाढ महिना देखि क्रमश घट्दो रुपमा अपराध भएको देखिन्छ ।

– जुवातास, गुण्डागर्दी, वेश्यावृत्ति तथा सामाजिक विकृति फैलाउने, होहल्ला गरि अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गरी हिडने १६७६ जनालाई पक्राउ गरिएकोमा विभिन्न अपराधमा कारवाही चलाईएको संख्या ३५८ जना र बाँकीलाई १३१८ जनालाई अव आईन्दा उल्लेखित किसिमको गल्ति नगर्ने शर्तमा कागज गराई छाडिएको ।





अन्य गतिविधि ः

– तिज तथा आगामी अन्य पर्वका लागि विशेष प्रहरी परिचालन

– त्यगचष्कm थ्भबच द्दण्ज्ञज्ञ को लागि सम्बन्धित सरोकारवालासँग छलफल अन्तकृया, बढाई आवश्यक थप व्यवस्था गरिदै आएको । त्यगचष्कत ँचष्भलमथि एयष्अिभ को अवधारणा अघि सारिएको ।

– रेष्टुरेण्ट÷होटल, डान्स रेष्टुरेण्ट माथिको उचित व्यवस्थापन तथा शान्ति सुरक्षा व्यवस्थामा थप सुदृढ गर्नेलाई जिल्ला प्रशासन, राजश्व अनुसन्धान, घरेलु तथा नगरपालिका सँग समेत समन्वय गरि सुरक्षा व्यवस्था मिलाईएको ।


मिति २०६७।१।१ गते देखि हालसम्म घटित मुद्धाहरुको मासिक तथ्यांक बिवरण ः

वैशाख जेष्ठ आषाढ श्रावण भाद्र
जघन्य अपराध २१ १५ १३ १६ ११
आत्महत्या सम्बन्धी ११ ७ १४ १२ ४
सार्वजनिक अपराध २४ ३० ४२ ३२ १८


– जघन्य अपराध तथ्यांकलाई तुलानात्मक हिसावले हेर्दा वैशाखमा २१ वटा, जेष्ठमा १५, आषाढमा १३ रहेको छ भने भाद्रमा महिनामा उक्त अपराध घटेर ११ मा पुगेको छ ।
– त्यसै गरि सार्वजनिक अपराधमा वैशाखमा २४, जेष्ठमा ३०, आषाढमा ४२ वटा घटना भएकोमा श्रावण ३२ र भाद्रमा घटेर १८ वटा घटना मात्र घटेको छ ।
– कर्तव्य ज्यानको घटनामा वैशाख महिनामा ४ वटा तत्पश्चात श्रावण सम्म १÷१ वटा घटना भएकोमा भाद्र महिनामा कुनै घटना नघटेको ।
– लागू औषध कारोवारमा वैशाखमा १२ वटा अपराध भएकोमा भाद्रमा आएर ५ वटा मात्र अपराध भएको ।
– चोरीको घटना जेष्ठ र आषाढ महिनमा ४÷४ वटा अपराध भएकोमा श्रावण र भाद्र महिनामा १÷१ वटा मात्र भएको छ ।
– ज्यान मार्ने उद्योग घट्ना वैशाख महिनामा २ वटा भएकोमा तत्पश्चात हालसम्म कुनै पनि घटना नघटेको ।




प्रहरी कारवाही बिवरण

१) मिति २०६७।५।८ गते दिउँसो कास्की जिल्ला लेखनाथ न.पा. वडा नं. ६ स्थित कच्ची सडकमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरुले फायर गरि तत्काल फरार रहेकोमा पिछा गर्दे जाँदा ले.न.पा. वडा नं. १२ गगनगौडा बस्ने वर्ष २४ को सन्तोष भनेर चिनिने सुरेन्द्र गुरुङ्गलाई जि. कास्की थुम्की गा.वि.स. वडा नं. १ पुलचोकमा आधुनिक पेस्तोल र गोली राउण्ड ५ सहित पक्राउ गरि हातहतियार तथा खरखजना मुद्धामा अनुसन्धान भईरहेको । सोही घट्नामा संलग्न ले.न.पा. १२ गगनगौडा बस्ने वर्ष अं. २६।२७ को मोहन पुन फरार रहेकोमा निजको खोजतलास भईरहेको ।
२) मिति २०६७।५।९ गते जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ७ नुवारथोक स्थित एकान्त ठाउँ र सुनसान स्थानमा लुकि एक्लै हिडने महिलाहरुलाई रोकी डर, धाक, धम्की दिई निजहरुले प्रयोग गरेका गरगहनाहरु लुटने कार्यमा संलग्न जि. कास्की सिन्दुजुरे ७ बस्ने वर्ष २८ को चन्द्र प्रसाद गुरुङ्ग लाई पक्राउ गरि जवरजस्ती चोरी मुद्धामा अनुसन्धान भईरहेको ।

३) मिति २०६७।५।१७ गते बेलुका जि. कास्की पुम्दीभुम्दी गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ३४ को जुम बहादुर गुरुङ्गले होटलमा काम गर्ने वर्ष १५ कि बालिकालाई ललाई फकाई प्रलोभनमा पारी ट्याक्सीमा राखी स्याङ्गजा जाने बाटोको एकान्त ठाउँमा लगि जवरजस्ती करणी तथा अप्राकृतिक मैथुन समेत गराएको हुँदा निजलाई मिति २०६७।५।२२ गते पक्राउ गरि जवरजस्ती करणी मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

४) मिति २०६७।५।२० गते अं. १४:०० बजेको समयमा रसियन नागरिकहरु ल्बतबष्थिब ल्बतगकयखब र म्mष्तचष्थ द्यष्नभ लाई स्तुपा जाँदै गरेको अवस्थामा एकान्त ठाउँपारी चक्कु देखाई लुटपाट गरी भागेका म्याग्दी घर भएका कुसल बहादुर कुमाल, कास्की सेदीबगर बस्ने लक्ष्मण नेपालीलाई डुंगा चढी भाग्दै गरेको अवस्थामा चक्कु सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा राखी अनुसन्धान भई रहेको ।
५) मिति २०६७।५।२२ गते पोखरा १३ गौडाकोमुख चोक स्थित सलिम मियाको घर सुत्ने कोठा तलासी लिने क्रममा सलिम मियाले करिष्मा कस्मेटिक सेतो प्लाष्टिकको झोला भित्र प्रभात खवर भारत पत्रिकाले बेरेको नाईट्रोभ्याट चक्की ६०० थान, नोकिया मोवाईल २७०० मोडेलको थान १, नगद रु. ३,१६५।– र निजको घरमा बसेका विरगंज नगरपालिका वडा नं. २ बस्ने वर्ष ४० को राजा हुसेन (छोटे बाबु) ले लगाएको रेनकोटको ज्याकेटको दायाँ गोजी भित्र लुकाई राखेको हिन्दी पत्रिका भित्र वेरी राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४० थान र बायाँ पट्टिको गोजी भित्र ४० थान डाईजापाम समेत वरामद गरी निजहरुलाई ला.औ. मुद्धामा अनुसन्धान कार्य भईरहेको ।
६) पोखरा उप.म.न.पा. वडा नं. ६ डिहीकोपाटन बस्ने चित्र बहादुर बि.क.को श्रीमती बिष्णु माया बि.क.ले छोरा प्रसान्त र प्रतिक बि.क. समेतलाई साथमा लिई २०६७।३।१५ गतेबाट हराई बेपत्ता भएको घट्ना सम्बन्धमा खोजतलासको लागि वडा प्रहरी कार्यालय बैदामबाट प्र.स.नि. बालकृष्ण देवकोटाको कमाण्डमा खटिएको प्रहरी अधिकृत तथा पीडित समेतको संयूक्त प्रयासबाट निज महिला समेतको खोजतलास गर्ने क्रममा मिति २०६७।५।१० गते भारतको हाँसीमारा जाल्पेगुडी १३ नम्बर विज बगान भन्ने स्थानमा निज बिष्णु माया बि.क.को सहोदर दिदिको घरमा भेटिएको र मिति २०६७।५।१२ गते यस कार्यालयमा ल्याई निजको श्रीमान चित्र बहादुर बि.क.लाई जिम्मा लगाई बुझाईएको ।

No comments:

Post a Comment

Please, comment about this article.