Sunday, March 14, 2010

Beyond Seven Lakes, Garden city "Lekthnath"

कास्की, १ चैत
प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेका लेखनाथका तालहरूको संरक्षण अभियान सुरु गरिएको छ । सात तालको बगैँचा सहरका रूपमा विकास गर्ने उद्देश्यले तालहरूको ढिलै भए पनि संरक्षणको प्रयास थालिएको हो ।  दिपाङ तालको क्षेत्रफल ६ सय ३७ रोपनी रहे पनि अतिक्रमणका कारण झन्डै आधामा सीमित भएको छ । तर अहिले बाँध निर्माणपछि लगभग पुरानै रूपमा आउने अध्यक्ष लामिछानेको विश्वास छ । दिपाङपछि गुँदे तालमा पनि यस्तै माटोको बाँध निर्माण गरिने जनाइएको छ । मैदीका लागि राष्ट्रिय ताल संरक्षण समितिबाट रकम निकासा भए पनि खर्च हुन नसकेका कारण यो रकम दिपाङ तालका लागि रकमान्तर गरिएको छ । केही वर्षगाडि पोखरा उपत्यका नगर विकास समितिले तालको सीमाङ्कन गरी पिलर गाडे पनि अहिले ती पिलर उखेलेर फालिएका छन् ।  ताल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकालाई सुझाव र सल्लाह दिँदै आएको नगरमा गठन भएको राजनीतिक संयन्त्रका सदस्य पुष्पकमल ढुङ्गानाले बताउनुभयो । उसो त तालहरू संरक्षणको अभावमा अतिक्रमित हुँदै गएकामा नगरपालिकाले मात्र हैन उद्योग वाणिज्य सङ्घले पनि चिन्ता व्यक्त गरेको छ ।अतिक्रमित तालको अवस्था र पर्यटकीय सम्भावनाका बारेमा जानकारी गराउन सङ्घले सञ्चारकर्मीलाई समेत स्थलगत निरीक्षणको व्यवस्था गरेको थियो । नगरमा रहेका बेगनासबाहेक अरू सबै ताल मानव र प्राकृतिक अतिक्रमणको चपेटामा परेका छन् । ताल संरक्षणका लागि सबैभन्दा बढी नगरपालिका, जिविस र सरकारले पहल गर्नुपर्ने देखिन्छ । रूपातालमा स्थानीय समुदायले सहकारी स्थापना गरेर व्यावसायिकरूपमा माछापालन गर्दै आएका छन् भने खाष्टे, दिपाङ र न्युरेनी ताल नगरपालिकाले निजी संस्थालाई भाडामा दिए पनि उल्लेख्य काम हुन सकेको छैन । भाडामा लिएका संस्थाहरूले न त तालको संरक्षण गरेका छन्, न व्यावसायिकरूपमा माछापालन गरेर आम्दानी नै गरेका छन् । संरक्षणका लागि दिपाङपछि खाष्टे, न्युरेनी, मैदी र गुँदेतालका लागि बेलैमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

No comments:

Post a Comment

Please, comment about this article.