Friday, April 29, 2016

आठौ राष्ट्रपति रनिङ्ग शिल्ड जारी आठ सय मिटरमा पवन र जमुनालाई स्वर्ण Sports News Pokhara


पोखरा,  बैशाख १६ गते  
   कास्की जिल्ला स्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड   विद्यालय खेलकुद प्रतियोगिता  अन्र्तगत रगंशालामा विहिबार सम्पन्न ८ सय मिटर छात्र÷छात्रा दौडमा सैनिक आवासिय माविका पवन श्रेष्ठ र गौरिशंक माविकी  जमुना कुँवरले स्वणपदक जितेका छ । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्र तर्फ गण्कडी आवासियका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्यपदक जिते । छात्रा तर्फ भद्रकाली उच्च माविकी सुजाता रानामगरले रजत र गौरीशंक माविकी ओममाया खगाने मगरले कायस्पदक प्राप्त गरिन् । त्यस्तै एक सय मिटर छात्रा दौडमा टप्स उच्चमाविकी शशी चौधरीले स्वण हात पारिन भने छोरेपाटन उच्च मावीकी गोम वि.कले रजत र कास्की मोर्डनाइजकी सृजना क्षेत्रीले कास्य पदक जितिन् । छात्र तर्फ गण्डकी आवासीयका विकास कुमार शाहले  स्वर्ण जिते, सैनीक आवासीयका सिद्धान्त काकीले रजत र हेमजा बोर्डिङका सागर नेपालीले कास्यपदक हात पारे ।

सटफुटमा
राष्ट्रपति रनिङ सिल्ड अन्र्तगत छात्र सटपटमा हिल प्वाइन्ट स्कुलका बेदबहादुर भुजेलले स्वर्ण, गौरीशंकर उच्च माविका विष्णु सेन्चुरीले रजत र रिभर डेल बोर्डिङका विश्वास मित्रकोटीले कायस्पदक जिते । त्यस्तै छात्रा तर्फ भद्रकाली उमाविका सोनु नेपालीले स्वर्ण, टप्स उमाविकी सरस्वती सुनारले रजत र गौरीशंकर माविकी सलिना वि.क ले कास्यपदक जित्न सफल भए ।
लङ्गजम्प
रनिङ्ग शिल्डमा आयोजना गरिएको लङ्गजम्पको छात्र तर्फ हेम्जा बोर्डिङका सागर नेपालीले स्वर्ण, गण्ण्डकी आवासीय स्कुलका विकास कुमार शाहले रजत र टप्स उच्च माविका अर्जुन अधिकारीले कास्य पदक जिते ।  छात्र तर्फ टप्सकी शशी चौधरीले स्वर्ण, हिलप्वाइन्टकी विना रानाभाटले रजत र हेमजा बोर्डिङकी नमुना पराजुलीले कास्य पदक हात पारे ।
ट्रिपल जम्प
राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत संचालित ट्रिपल जम्पमा छात्रा तर्फ सैनिक आवासिय माविका अनु अधिकारीले स्वर्ण जित्न सफल भइन भने गौरीशकरका अनिसा भण्डारीले रजत र गौरीशकरकै मिना नेपालीले कास्य पदक जितिन । छात्र तर्फ कास्की मोडनाइज्ड बोर्डिङका डोविन गुरुङले स्वर्ण जिते भने डायमण्ड उमाविका सन्तोष पतनीले रजत र साइनिङ स्टारका किरण परियाले कास्य पदक हात पार्न सफल भए ।
ज्याभलिङ थ्रा्े
ज्याभलिङ थ्रो छात्र तर्फका प्रतिस्प्र्धामा विष्णु पादुका प्रविण नेपालीले स्वर्ण जिते । भने हिमालयन माविका जेनिस वि.कले रजत र गण्डकी बोर्डिङका जीतेन्द्र गरुङले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ टप्स उच्च माविकी सरस्वती सुनारले स्वर्ण जित्न सफल भइन । कास्की मोडनाइज्डकी इशा गुरुङले रजत र विष्णु पादुकाकी करुया नेपालीले कास्य पदक जित्न सफल भइन् ।
कराँतेमा हिमाली बोर्डिङ स्कुल प्रथम
आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत सचालित सितेरीयो कराँते प्रतियोगितामा हिमाली बोर्डिङ  स्कल प्रथम भएको छ । दुई स्वर्ण, एक रजत र  तिन कास्य सहित हिमाली प्रथम भएको हो । त्यस्तै भास्कर एकेडेमी दोस्रो भयो । दुई स्वण, एक कास्य सहित दोस्रो भएको हो भने २ स्वर्ण एक कास्य सहित भाष्करपनि दोस्रो भएको थियो । दुवै टिमको बराबरी भएपछि गोलप्रथाद्धारा दोस्रो र तेस्रो छुटटयाएको थियो । गोलाप्रथाबाट भाष्कर एकेडेमी दोस्रो हुदाँ बर्डस एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो ।

Friday, April 22, 2016

कालोबजारी गर्ने पक्राउ-Gas Cylinder

पोखरा बैशाख, ९ गते
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ सृजनाचोकमा बिष्णु प्रसाद गौतमले संचालन गरेको  दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री बितरण गरीकालोबजारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०७३/१/९ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि गईनिजले संचालन गरेको पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारी लुकाई छिपाई राखेको भानु ग्यांस भरी सिलिण्डर  थान  ९ सहितउक्त पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा आजै सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०७३/०१/०९गते ।       
 जिल्ला प्रहरी कार्यालय कास्की।

Tuesday, April 19, 2016

सिद्धबाबाको नागरिक अभिनन्दन- Siddha-Baba Pokhara News


पोखरा, बैशाख ६ गते ।
 पोखरामा नौं दिने समाधी सफलता पूर्वक गुरु सिद्धबाबा कृष्णदास महाराजको पोखरामा आज झण्डै दुई दर्जन संघसंसथाहरुले अभिनन्दन गरेका छन् । जसमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, नरनारायण बाबा आश्रम, नारायण स्थान धार्मिक विकास समिति लगायतका रहेका छन् ।
गुरु सिद्धबाबालाई क्षेत्रीय प्रशासक शंखर कोइराला, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, समाजसेवी एवम् विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशराज श्रेष्ठ लगायतले अभिनन्दन गर्नु भएको थियो ।
कार्यक्रममा पद्दम नर्सिङ होमका तर्फबाट डा. नारायण गौतम, कालु शर्माले अभिनन्दन गर्नु भएको थियो भने डा. बुद्धि बहादुर थापाले चिक्सिता विज्ञान र समाधीको बारेमा बोल्नु भएको थियो ।
त्यसै गरी क्षेत्रीय प्रशासक शंखर कोइराला, गोेविन्द बाबु तिवारी, गणेश बहादुर श्रेष्ठ, तीर्थ श्रेष्ठ, काँग्रेश नेता शुक्रराज शर्मा लगायतले समाधीका बारेमा बोल्नु भएको थियो ।


Monday, April 18, 2016

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ-Motorbike Theft Arrest -Pokhara Nepal


  • पोखरा बैशाख, ५ गते 
      पोखरा तथा आसपासका ईलाकामा मोटरसाईकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरिएको छ । मिति २०७२।/०८/२२ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.६ हल्लनचोक स्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नं. को बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गा.वि.स. वडा नं. २बस्ने बर्ष २५ को राहुल तामाङ र ऐ ऐ बस्ने बर्ष २५ को अर्जुन तामाङ  तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी-९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पु(याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी मिति २०७३/०१/०४ गते धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थपअनुसन्धान भईरहेको छ।
        प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ प्रतिवादीहरु मध्येका अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेकोभन्ने बुझिएको ।












Tuesday, April 12, 2016

बालमन्दिर उमाविमा आइटी एजुकेशन सेन्टर-Bal Mandir IT Education Centre-Pokhara.Nepal



पोखरा, २९ चैत
पोखराको नदीपुरमा रहेको बालमन्दिर उच्च माविमा आइटी एजुकेशन सेन्टर सञ्चालनमा ल्याइएको छ । क्यान हेल्प अष्ट्रेलिया, सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयको संयुक्त पहलमा आइटी एजुकेशन सेन्टर स्थापना गरिएको हो ।
एजुकेशन सेन्टरमा इन्टरनेट सहित २० वटा कम्प्युटर रहेका छन् । सेन्टर स्थापना गर्न क्यान हेल्प अष्ट्रेलियाबाट १० लाख र वाकी रकम सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयले व्यवस्थाप गरेका हुन् । आइटी एजुकेशन सेन्टरको सोमबार एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उद्घाटन गरेका हुन् ।
कार्यक्रमा बोल्दै राजदुत ग्लेन ह्वाइटले विद्याललाई सूचना प्रविधिसँग निकटाता बनाउन यस सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान युग सूचनाको युग भएको बताउदै उनले आइटी एजुकेशन सेन्टरलाई सहि सदुपयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक विष्णुप्रसाद अधिकारीले विद्यार्थीलाई गल्ती गर्न नसक्ने वनाउन सकेमा मात्र शिक्षाको गुणस्तरता कायम हुने बताए । विद्यार्थीहरुले कति प्रतिशत ल्याए भन्दा पनि सामाजमा कसरी घुलमिल हुन्छ त्यो चासोको विषय हो उनले भने– सामाजिक व्यवहारमा सधै गल्ती गर्छ भने त्यो शिक्षालाई पूर्ण मानिदैन ।
बालमन्दिर उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पौडेलले सूचना प्रविधि सग नजिक बनाउन यो सेन्टर कोषेढुङ्गा सावित हुने बताए । विद्यालयमा आइट एजुकेश सेन्टर स्थापना हुनु हाम्रो लागि सुखद कुरा भएको उनले बताए । ‘यो अभियानमा सहयोग गर्ने सवैप्रति आभार प्रकट गर्दछु,’ उनले भने ।
कार्यक्रममा क्यान हेल्प अष्ट्रेलियाका प्रमुख ग्य्राहेम करी, क्षेत्रिय प्रशाशन कार्यालय पोखराका उपप्रशाशक लोकराज रेग्मी, जिल्ला शिक्षा कार्यालय कस्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, लम्जुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष कल्याणकुमार कर्मचार्य, सूर्योदय क्लब तथा पुन युनाइटेड क्लवका ईश्वर पुन, विद्यार्थी विकास बसौलाले बोलेका थिए ।
क्यान हेल्प नेपालकी कोषाध्यक्ष समता प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक प्रकाश वाग्लेले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक तीलकबहादुर कार्की र शिक्षिका शर्मीला रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।