Wednesday, December 16, 2015

पोखरामा बिहिबार गृहलक्ष्मीको ग्यास बाड्ने (कुन ठाउँबाट समेत)

१. मिति २०७२/९/२ गते कास्की जिल्ला पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको वितरण गर्ने निर्णय गरियो


सि.नं.

गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर
स्थान
kl/df0f
भक्त गौरी सप्लायर्स
मासवार
!!#
डि.एन. आर
डिहिकोपाटन
@!%
भण्डारी टे«डर्स
जरेवर
!%)
के.टि. हाउस
पस्र्याङ
!%*
घिमिरे स्प्लायर्स
मिलनचोक
*%
वि.के. टे«डर्स
छोरेपाटन
(*
कृष्ण सप्लायर्स
औद्योगिक क्षेत्र
@#*
लिला स्टोर्स
नयागाउ
$$
पे्रमकृष्ण
फुलवारी
%@
१०
सोनिय सप्लायर्स
विराटा
!)!
११
किरण तिवारी
नदिपुर
!&#
१२
सर्मा सेवा
सिमलचौर
$&
१३
विशाल रेष्टुरेण्ट
आखा अस्पताल
%)
१४
आकृति अविरल
धारापानी
!@%
१५
युवराज प्रोभिजनल
अर्चलवोट
@@*
१६
कृति ईन्टरप्राईजेज
रानीपौवा
()
१७
अनुप स्टोर्स
पुरनधारा
!!(
१८
अनिश ग्यास सप्लायर्स
सृजनाचोक
!#*
१९
पुजा सप्लायर्स
सिमलचौर
@@^
२०
पौडेल किराना
लामाचौर
#)
२१
वस्नेत किराना
बाटुलेचौर
&)
  २. ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउने ।
३. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
४. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
५. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
६. दिप क्षेत्रमा यथार्थ विवरण लिई १०० थान सिलिण्डर गृह लक्ष्मी ग्यास कम्पनीले उपलब्ध गराउने ।

Tuesday, December 1, 2015

जापानमा ड्याम साईड क्लब विजयी -Pokhara-News-Japan


पोखरा, १५ मंसीर
जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ ।
आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो । फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश/दश हजार नगद पुरस्कार हात पारेका थिए ।

पोखरामा बाह्र भैरव नृत्यको तयारी-Pokhara-News

कृष्ण रानाभाट÷पोखरा १५, मंसीर
प्रत्येक छ/छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ।
नृत्य सुरु हुनु पहिला नृत्य समुह, वाद्य वादन समुह, रागी समुह र अन्य सदस्यहरुको ठुलो समुहले किसली चढाउने गरिन्छ। किसली भनेको एउटा दुनामा एकमुठी चामल, सानो सुपारी, सिक्का, धुप र फुलको थुप्रोलाई भनिन्छ। उक्त किसली चढाउने कार्यक्रम यहि मंसीर १७ गते विहान गरिने भएको समितिले जानकारी दिएको छ।
उक्त दिन भैरवाष्ठमीको दिन पनि भएकोले भैरबलाई मन पर्ने खानाको परिकार ‘रोट र सम्ह्यवजी द्व’ चढाउने गरिन्छ।
बाह्र भैरव नृत्य माघ महिनादेखी निकाली चैत्र÷वैशाख महिनासम्म पोखराका हरेक वस्तीहरुमा प्रदर्शन गरिन प्रचारप्रसार संयोजक अष्ठ्मान प्रधानाङ्गले वताएका छन् ।

Monday, November 30, 2015

हिमाल पारिको जिल्ला मुस्ताङ पनि पूर्ण खोप जिल्ला घोषणा-Mustang Purna Khop District

 पोखरा, १३ मंसिर
हिमाल पारिको मुस्ताङ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । घोषणासँगै मुस्ताङ देशकै बाह्रौं तथा हिमाल पारिको पहिलो पूर्ण खोप जिल्ला बन्न सफल भएको जन स्वास्थ्य कार्यालय मुस्ताङका खोप अधिकृत बद्री आचार्यले जानकारी दिए ।

जिल्ला विकास समिति मुस्ताङको आयोजनामा शनिबार सदरमुकाम जोमसोममा आयोजित एक कार्यक्रममा सांसद श्रीमाया थकालीले मुस्ताङलाई पूर्ण खोप जिल्ला घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले मुस्ताङ दुर्गम र हिमाली जिल्ला भएर पनि पूर्ण खोप जिल्ला बन्न सकेको भन्दै खुशी व्यक्त गर्नुका साथै यसलाई कायम राख्न चुनौतिपूर्ण रहेको बताईन् । उनले भनिन्,–‘मुस्ताङलाई पूर्ण खोप बनाईराख्न यसको घोषणामा जस÷जसले सघाउनुभयो, तपाईं सबैले निरन्तरताका लागि पनि सघाई राख्नुपर्छ ।’

मुस्ताङका स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले पनि बोलेका थिए ।

खुकुरी प्रहार गर्ने पक्राउ-Crime News Pokhara

पोखरा मंसिर१३गते
    जिल्ला कास्की पोखरा उ.मा.पा वडा नं.१० अमरसिंह चोक घर भई हाल पोखरा-१८ छिनेडांडा बस्ने तुलविर वि.क.(सुरज)लाई खुकुरी प्रहार गरी फरार रहेका मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।अभियुक्तहरुले मिति २०७२/०८/१२ गते दिउसो पोखरा १० अंमरसिहचोक स्थित स्वेच्छा खाजा घरमा खाजा खाई रहेको अवस्थामा लेखनाथ नगरपालिकाको पटनेरीमा जग्गा प्लटिङ गरेकोमा सो वापत निजहरुलाई नसोधी जग्गा प्लटिङ गरेको, पल्टिङ गर्दा डिपिसीको काम नदिएको, काम नदिए वापत माग गरेको नगद रकम नदिएको भनी एक्कासी खुकुरी प्रहार गरी फरार भएका थिए ।
  खुकुरी प्रहार गरी फरार भएका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रहरी चौकी शिसुवाबाट खटिईएको प्रहरी टोलीले सोही दिन पोखरा तथा लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरी आज मिति २०७२/०८/१३ गते सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरू:
१.    जि.कास्की ले.न.पा.वडा नं.१ बस्ने बर्ष ३६ को कुमार सुनार
२.    ऐ. ऐ बस्ने बर्ष २६ को सुरज सुनार
३.    ऐ .ऐ बस्ने बर्ष ३५ को उत्तम मगर ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय कास्की ।