प्र.ना.म.नि. राजेन्द्र सिंह भण्डारीको नाम लिई लाईसेन्स बनाई दिन्छु भन्ने ब्यक्ति पक्राउ मिति २०६९/०४/०८ गते जि.गोरखा ताप्ले गा.बि.स.वडा नं.(७ स्थायी ठेगाना भई हाल जि.तनहुं दमौली बजार बसोबास गर्ने राम चन्द्र भट्ट भन्ने टोप प्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी मिति २०६९/०४/०९ गते जिल्ला प्रशासन कार्यालय कास्की मार्फत केही सार्बजनिक अपराध शिर्षकमा म्यादथप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको छ, निज राम चन्द्र भट्ट भन्ने टोप प्रसाद भट्टले पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्र.ना.म.नि. श्री राजेन्द्र सिंह भण्डारी र यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरुसंग आफ्नो राम्रो सम्बन्ध रहेको भनी लाईसेन्सको ट्रायल दिन आउने सर्बसाधारणहरुलाई भन्ने गरेको तथा आफ्नो सम्पर्कमा रहेका ब्यक्तिहरुको सवारी जांच अनुमति पत्रको ट्रायल हुंने समयमा जांच लिन खटिईएका कर्मचारीहरुलाई निजहरु डि।आई।जि। सापको मान्छे हो पास गरी दिनु पर्छ भनी गलत सुचना दिई प्रभाबित तुल्याउने प्रयास गर्ने गरेको सुचनाको आधारमा निजलाई पक्राउ गरिएको थियो । निजको साथबाट बिभिन्न नं. का ५ वटा सिमकार्डहरु, बिभिन्न नामका ११ जना ब्यक्तिका लाईसेन्स निकाल्न प्रयोग गरिने कागजातहरु ९ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, लाईसन्सको प्रतिलिपीहरु०, लाईसेन्स बनाउन प्रयोग गरिने बिभिन्न ब्यक्तिहरुका अटो र पासपोर्ट साईजका फोटोहरु समेत बरामद भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
जिल्ला प्रहरी कार्यालय कास्की ।


