Monday, June 4, 2012

अन्नपूर्ण हिमश्रृंखलाले पारेको प्रभाव विषयमा गोष्ठी सम्पन्न

    संसारका आठहजारमिटर भन्दा अग्ला हिमालहरुमध्ये सर्वप्रथम १९५० जुन ३ तारिखमा मोरिसहर्जोग र उनका फ्रान्सेली आरोहणदलद्वारा अन्नपूर्ण प्रथम हिमालमा सफल आरोहण गरेको दिनको स्मरण गर्दै अन्नपूर्ण नाम रहेका पोखरा स्थित विभिन्न संघसंस्थाहरुको साझा मञ्चल वी दी अन्नपूर्णज्को आयोजनामा अन्नपूर्ण हिमश्रृंखलाले यस क्षेत्रमा पारेको आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक प्रभाव विषय गोष्ठी पोखरामा सम्पन्न भयो ।
       उक्त अवसरमा पर्यटन विद् झलक थापा र भूगर्व विद् डा.कृष्ण के.सी.बाट क्रमशः अन्नपूर्ण हिमश्रृंखला एक सिंहावलोकन र अन्नपूर्ण हिमश्रृंखलाबाट शुरु भएको सेती नदीले पार्ने प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
       कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दु थापाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वी दी अन्नपूर्णज्का सचिव रामजी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
       उक्त अवसरमा प्याब्सनका अध्यक्ष नितेष कोइराला, पर्यटन परिषद्का सल्लाहकार श्रीकान्त खतिवडा, पर्यटन परिषद्का उपाध्यक्ष सूर्य भूजेल, पोखरा उपमहानगरपालिका कार्यालयका प्रवक्ता अनन्त कोइराला, नेपाल इन्जिनियर्स एशोसिएशन क्षेत्रीय केन्द्र पोखराका अध्यक्ष इ.ओम शर्मा, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजु, हेरालो प्रतिष्ठानका अध्यक्ष रोश गुरुङ्ग, इनरह्वील क्लव अफ अन्नपूर्णका अध्यक्ष इनरह्वील शसीज पालिखे, रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रो.पूनम गिरी बाँस्तोला, नेपाल अर्वुद रोग निवारण संघ कास्कीका अध्यक्ष दिनेशशंकर पालिखे, सन् २०११ ३१ मे मा अन्नपूर्ण चौंथो हिमाल सफल आरोहण गर्नुहुने आरोहीहरु निर्मा राई, शान्तिकला राई, सरस्वती वि.क., मिस लिटिल पोखरा विजयी अन्नपूर्ण बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।
       वी दी अन्नपूर्णज्का संयोजक इश्वरप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन विवेक घिमिरेले गर्नुभएको थियो ।

हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न

 एम्नेस्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह ५४ पोखराको आयोजनामा पोखरामा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भयो । वर्तमान परिप्रेक्ष्यमा नेपालले संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १० सन् २००८ मा सर्वसम्मतले पारित गरी २४ सेप्टेम्बर २००९ देखि हस्ताक्षर अनुमोदनको लागि खुला गरिएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धीको ऐच्छिक उपलेख अनुमोदन गरी पक्ष राष्ट्र बनाउनको लागि अपिल गरी सम्माननीय प्रधानमन्त्रीलाई लेखिएको पत्रमा ५ सय २२ जनाको हस्ताक्षर संकलन गरियो ।
       पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं वी द अन्नपूर्णजका संयोजक इश्वरप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्नपूर्ण उच्च मा.वि.का प्राचार्य रामजी शर्मा, रोट्याक्ट क्लव अफ अन्नपूर्णका संस्थापक अध्यक्ष रोट्याक्टर निकेश प्रसाद कर्माचारीको आतिथ्यता रहेको थियो । समूह ५४ का उपसंयोजक सूर्यप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन समूहका सचिव विवेक घिमिरेले गर्नुभएको थियो ।

Accident Discription Kaski,Pokhara


१)              मिति २०६९।२।२० गते ४:०० बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. ३ स्थित मूलपानीको जंगलमा ऐ.ऐ. बस्ने सरोज आचार्य, अशोक आचार्य, आशिष पौडेल, सुभाष लामिछाने र ले.न.पा. १२ वतन भई भरतपोखरी ३ बस्ने सुजित मोहन पौडेल समेत ५ जना कालिज मार्न भनी भरुवा बन्दुक लिई जंगलमा गएको अवस्थामा अशोक आचार्यले बन्दुक बोकी हिडी रहेको समयमा निज अचानक लडन गई सो बन्दुक पडकिदा निज पछाडि हिडी रहेका सरोज अचार्यको पेटमा गोलीको छर्रा लागि घाईते भई चरक अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा निज घाईते सरोज आचार्यको आज मिति २०६९।२।२२ गते बिहान ०५:०० बजेको समयमा उपचार गर्दा गर्दै सोही अस्पतालमा निधन भएको, उक्त घटना बारेमा अनुसन्धान कार्य भईरहेको ।

२)              मिति २०६९।०२।२२ गते ६:४५ बजेको समयमा ले.न.पा. १३ लामेअहाल  स्थित सेती नदीको किनारमा अवधि पुगेर जन्माएर फालेको अवस्थामा पुरुष बच्चा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी शिसुवा तथा व.प्र.का. गगनगौडा बाट प्रहरी टोली खटिई गई घट्नास्थलको कार्य सम्पादन गरी उक्त शव पोष्टमार्टमको लागि प.क्षे. अस्पताल पोखरामा ल्याई राखिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

Sunday, June 3, 2012

चपाकोटमा निशुल्क स्वास्थ्य शिविर

 जिल्ला  जनस्वाथ्य कार्यलय कास्की तथा चापाकोट उप, स्वास्थ्य चौकीको सयुत आयोजनामा एक दिने निशुल्करुपमा महिलाहरुको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।चपाकोटमा  गाउ विकाश समिती वडा नं ६ बाम्दीमा रहेको उप, स्वास्थ्य चौकीको प्रागणमा भएको स्वास्थ्य शिविर ८० जना महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो , स्वास्थ्य शिविरको उद्घाटन गर्दे जिल्ला जनस्वाथ्य  कार्यलय कास्कीका वरिष्ठ जनस्वाथ्य प्रमुख रमेश प्रसाद अधिकारीले मानव स्वास्थ्य के कसरी असर पर्देछ भनेर गाउ ,गाउमा जनचेतना दिनुपर्ने  र पाटेघरको सुरक्षा  जाच  समय समयमा गनु पर्ने साथे सरकारले दिने स्वास्थ्य सम्बन्धी सेवा  लाभ आम नागरकिले लिनुपर्ने बताए जनस्वाथ्य  कार्यलयका सम्भपना ढङ्गाना ,कमला थापा शान्ती पौडेल बाट महिलाहरुको महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो ।, स्वास्थ्य परिक्षणका क्रममा ५ जना को पाठेघर अपे्रशन गर्नू पर्ने भेटियो र उनीहरुलार्इृ निशुल्क अपे्रशनका लाग मणिपाल शिक्षण अस्पताल पठाएको र अन्यहरुलाई औषधी परामर्श दिएको चपाकोटमा  उप, स्वास्थ्य केन्द्रका प्रमुख गोपाल चन्द्र बरालले बताए ,एक दिने  स्वास्थ्य शिविर   जिल्ला  जनस्वाथ्य  कार्यलय कास्की अधिकृत भिमप्साद अर्याल चपाकोट गा.वि. स का.सचिव युवराज पौडेल,चपाकोट आमा समुह,महिला स्वयमसेवक , सहयोग गरेका थिए







 

Marijuana गाँजा नष्ट


१)              मिति २०६९।२।२१ गते घाचोक गा.वि.स.को वडा नं. १ देखि ९ सम्मको वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ४ क्वीन्टल स्थानिय आमा समूह, नागरिक समाज, शिक्षक, विद्यार्थी, राजनैतिक दलका पदाधिकारीहरु तथा घाचोक प्रहरीको सक्रियतामा नष्ट गरिएको ।
२)              मिति २०६९।२।२१ गते ३:३० बजेको समयमा पुरन्चौर गा.वि.स. वडा नं. १ को वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल सार्दीखोला ग्रिन फोर्स यूवा क्लव, ब्ऋब्ए, सार्दीखोला प्रहरी तथा स्थानिय बासिन्दाहरुको सक्रियतामा नष्ट गरिएको ।