Sunday, May 20, 2012

महोत्सव तथा सामुदायिक क्याम्पस संचालनार्थ आयोजना



सरस्वती टिका उच्च माध्यमिक विद्यालय भरतपोखरीले आगामी भाद्र १६ गते मनाउन लागेको स्वर्ण महोत्सव तथा सामुदायिक क्याम्पस संचालनार्थ आयोजना गरेको अर्थ संकलनमा शनिबार सम्ममा साढे ६१ लाख संकलन भएको जनाइएको छ । कार्यक्रम भरतपोखरी–४ स्थित भगवती चौतार र कालीस्थान भएको अर्थ संकलनमा चन्दादाताहरुमा बुद्धिसागर अधिकारी बाट १ लाख १७ हजार ७ सय १६, दशरथ बस्ताकोटीबाट २५ हजार २ सय ९, प्रेमबहादुर कार्कीबाट १२ हजार २ सय, शशीधर भण्डारीबाट २५ हजार ५ सय ५, शालिकराम अधिकारीबाट १२ हजार १ सय ११, टेकनाथ लामिछानेबाट १२ हजार १ सय ५०, आर्दश टोल आमा समूहबाट ५ हजार ५ सय १, देउमाया बरालबाट १२ हजार २ सय, पूर्णबहादुर गुरुङबाट १२ हजार २ सय, दुर्गाकुमार श्रेष्ठबाट ८ हजार १ सय, नारायणी दाहालबाट १२ हजार ५, सानु खडानन्द अधिकारीबाट १२ हजार १५, पदमलाल अधिकारीबाट १२ हजार १५, रिपु थापाबाट १३ हजार १ सय ५०, गंगाबहादुर वि.क.बाट ५ हजार १ सय ५, कमलबहादुर नेपालीबाट ५ हजार १ सय ५, छविलाल अधिकारीबाट १२ हजार १ सय ५०, रुपादेवी पौडेलबाट २५ हजार ५, विश्वप्रसाद काफ्लेबाट १२ हजार ५, गुणाराज अधिकारीबाट २५ हजार ५ सय ५५, अग्निधर अधिकारीबाट १२ हजार १ सय १५, बेलप्रसाद गुरुङबाट १३ हजार, श्रीभद्र बस्ताकोटीबाट १२ हजार ५ सय ५, शोभाखर अधिकारीबाट २५ हजार ५ सय २५।२५ पैसा, धनमाया पौडेलबाट २५ हजार ५ सय ५, डिलमाया दाहालबाट १२ हजार १ सय ५, चन्द्रकुमारी श्रेष्ठबाट ६ हजार ५०, इन्द्रकुमार श्रेष्ठबाट ६ हजार २ सय ५०, युवराज पौडेलबाट १२ हजार ९ सय, ठाकुरप्रसाद आचार्यबाट १ हजार १ सय १, टिकाराम अधिकारीबाट १२ हजार १ सय ५०, इन्द्रबहादुर थापाबाट १ हजार ५ सय १, विष्णुप्रसाद आचार्यबाट १२हजार १ सय १२, ऋषिराम आचार्यबाट १ हजार १ सय ५, युद्धवीर खड्काबाट १२ हजार १ सय १२, जगन्नाथ शर्माबाट १२ हजार १
सय ५१, ऋषिराम तिवारीबाट १२ हजार १ सय १, दुर्गाप्रसाद आचार्यबाट १२ हजार १ सय २०, हरिचन्द्र पौडेलबाट १२ हजार ५, सानु मणिराज आचार्यबाट १२ हजार ५ सय ५, पदमराज लामिछानेबाट १२ हजार १ सय, राजेन्द्र बरालबाट १२ हजार ३ सय ४५, इन्द्रबहादुर क्षेत्रीबाट १२ हजार १ सय ११, हरि बरालबाट १२ हजार १ सय, पुष्पराज अधिकारीबाट १२ हजार १ सय, बलबहादुर थापाबाट १२ हजार ५०, रेशमलाल थापाबाट १२ हजार ५०, कृष्णबहादुर पौडेलबाट १२ हजार १ सय १२, खेमप्रसाद सुबेदीबाट १ हजार ५५, निमदत्त सापकोटाबाट ५ सय ५, माधवप्रसाद पौडेलबाट १२ हजार १ सय ५, बन्दुराज आचार्यबाट १२ हजार ५०, सुकमाया पौडेलबाट १२ हजार ५, काजीमान भुर्तेलबाट १२ हजार १ सय ५, चन्द्रकान्त आचार्यबाट १२ हजार, रामचन्द्र सुबेदीबाट २५ हजार ५, बोधराज पौडेलबाट १२ हजार १ सय २१, गोपीराज तिवारीबाट १ ३ हजार ३ सय ३३, बयानबहादुर कार्की १२ हजार १ सय १, रामबहादुर भण्डारीबाट १२ हजार ४ सय ५४, कुलप्रसाद पौडे
लबाट १२ हजार ३ सय ५, बाबुराम पौडेलबाट १२ हजार १ सय ५१, भोजराज सुबेदीबाट १ हजार २ सय १, हस्तबहादुर गुरु ङबाट १२ हजार २ सय १, बलबहादुर पौडेलबाट २ हजार १, तिलकबहादुर पौडेलबाट २५ हजार ५१, ओमप्रकाश पौडेलबाट १२ हजार १, निमकुमारी क्षेत्रीबाट १२ हजार ५ सय ५५, पदमराज आचार्यबाट १२ हजार १ सय १, श्रीधर अधिकारीबाट १२ हजार १ सय, नारायणबहादुर कार्कीबाट १ हजार १, केतन सुबेदीबाट ५ सय १०, कुलप्रसाद आचार्यबाट २ हजार ५, दिनेश नेपालीबाट २ हजार १०, मोहन न्यौपानेबाट १२ हजार १ सय ५१, नेत्रबहादुर क्षेत्रीबाट १५ हजार, टेकनाथ आचार्यबाट १२ हजार १, पदमबहादुर क्षेत्रीबाट १२ हजार १५, बाबुराम अधिकारीबाट १२ हजार ५ सय १, र सन्ध्या दाहालबाट १२ हजार १५ रहेको छ । संकलन भएको स्वर्ण महोत्सव मूल समारोह समितिका महासचिव एवं उच्च माविका संयोजक डिल्लीराम बरालले जानकारी दिनुभयो । चन्दा संकलन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारी, प्रअ टिकाराम अधिकारी,अर्थ संकलन सचिव श्रीधर आचार्यलगायतले बोल्नुभएको थियो । भगवती चौतारीमा भएको अर्थ संकलनमा स्थानीय समाजसेवी देवीप्रसाद अधिकारी र कालिकास्थानमा भएको कार्यक्रममा
विद्यालय व्यवस्थापन समितिका सदस्य पदमबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो । चन्दा संकलन कार्यक्रमलाई ७ गते दोविल्ला, ८ गते हनुमान पोखरी, ९ गते खैरेनी, १० गते तिक्लांक, ११ गते लामगादी र १२ गते सिप्लेनीतरामा हुने विद्यालय जनाएको छ ।

बाढीपीडितलाई सहयोगी

सहयोगी हातहरु : गत बैशाख २३ गते सेती नदीमा आएको बाढीपीडितहरुको लागि नेपाल जुनियर रेडक्रस सर्कल
जनप्रिय उच्च मा.वि. सिमलचौरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक, कर्मचारीहरुबाट १ दिनको खाजा खर्च कटाएर रु ६ हजार १ सय ८३ रुपैयाँ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष डण्डराज शर्मा पौडेललाई विद्यालयका शिक्षक, कर्मचारीहरु, शिक्षक नायक डिल्लीराम बराल, स.प्र.अ बाबुराम पौडेल, प्र.अ नारायणप्रसाद पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गर्दै ।

पत्रिका यात्रा–३ को विमोचन कार्यक्रम


पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकाय, स्नात्तकोत्तर तह, नेपाली शिक्षा विभागबाट बार्षिक रुपमा प्रकाशित हुने भाषिक, साहित्यक, समालोचनात्मक एवम् अनुसन्धानमूलक पत्रिका यात्रा–३ को विमोचन पृथ्वीनारायण क्याम्पसको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन तथा पत्रिकाको विमोचन क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्रश्वर कोइरालाले गर्नुभएको थियो । समिक्षक सहप्राध्यापक डा.यदुनन्दन उपाध्याय, उपाध्यक्ष तुलसी तिवारी, सम्पादक मण्डलको तर्फबाट शिवहरि सुबेदी, संस्थापक अध्यक्ष लोकचन्द्र खनाल, यात्रा वर्ष–२ का अध्यक्ष भानुभक्त पोखरेल, संरक्षक एवम् विभागीय प्रमुख डा.रामनाथ ओझा, सल्लाहकारहरु चोलाकान्त ओझा, डा.नरहरि उपाध्याय गौतम, बोधराज ढकाल, डोलराज अर्यालले लगायतले बोल्नुभएको कार्यक्रमकी सदस्य लक्ष्मी सुबेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मिना भण्डारी, लक्ष्मी सुबेदी, नारायण पराजुली, असफल गौतमले गीत तथा गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेशम ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने प्रकाशन समूहका अध्यक्ष हिमाल पौडेलको अध्यक्ष कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन सचिव दिलिप ‘विवश’ अर्यालले गर्नुभएको थियो ।

Saturday, May 19, 2012

सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभा सम्पन्न


News of Pokhara

       सूर्यचन्द्र विकास समाज पोखरा–५, मालेपाटनको १० औं साधारणसभा शनिवार सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा.बीरेन्द्र सिंह गुरुङ्गले सामाजिक परिवर्तनमा युवाहरुको निर्णायक भूमिका रहने चर्चा गर्नुभयो ।
       सोही अवसरमा सूर्यचन्द्र विकास समाजद्वारा प्रकाशित स्मारिका अंक ३ पुस्तकालय विशेषांकको विमोचन गर्दै प्रमुख अतिथि गुरुङ्गले प्रकाशनले संस्थाको गरिमा बढाएको बताउनुभयो । विशिष्ट सहयोगदाता डा.भरत खत्रीले समाजलाई पढाउन पुस्तकालयको माध्यम अर्थपूर्ण रहेको बताउनुभयो ।
       कार्यक्रममा साहित्यकार कुलप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति शिवप्रसाद कोइराला, सल्लाहकार हरि पराजुली, स्थानीय समाजसेवी रामप्रसाद तिमिल्सिना, शोभाकान्त गौंडेलले मन्तव्य राख्नुभएको थियो ।
       कार्यक्रममा सहिद स्मृति पुस्तकालयलाई अर्थिक सहयोग गर्नुहुने गंगा के.सी., कृष्णप्रसाद बराल (पोखरा–७), तर्क तामाङ (हेमजा गा.वि.स.) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विश्वबन्धु भूत्र्याल र डा.भरत खत्रीबाट पुस्तकालयका लागि पुस्तकहरु प्रदान गर्नुभएको थियो ।
       सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभाले लक्ष्मण कोइरालाको अध्यक्षतामा १३ सदस्यीय प्रबन्ध समिति गठन गरेको छ । समितिको कार्यकारी निर्देशकमा धनबहादुर नेपाली, उपाध्यक्षमा बसन्त भण्डारी, महासचिवमा गायत्री भूत्र्याल, सचिवमा केदारप्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण प्रसाद बराल र पदेन सदस्यमा राजु प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कमला गौतम, चिरन्जीवी बराल, सन्दीप कोइराला, यदुनाथ बराल, अर्जुन पौडेल, सावित्री कोइराला रहनुभएको छ ।
       प्रबन्ध समिति पदाधिकारीहरुलाई उमा कोइराला, केशव बरालले बधाई व्यक्त गर्नुभएको थियो ।
       उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष राजु प्रसाद सुवेदी र संचालन महासचिव बसन्त भण्डारी र स्वागत उपाध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले गर्नुभएको थियो ।
       नवनिर्वाचित अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा आजै बसेको बैठकले प्रबन्ध समितिको सल्लाहकारमा कृष्णमणि भूत्र्याल, खगेन्द्रदेवि घिमिरे, रामप्रसाद तिमिल्सिना, सूर्यप्रसाद तिवारी र विनोद कोइरालालाई मनोनयन गरेको छ ।

ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजना एवं सेन्टर फर माइक्रोफाइनान्स काठमाण्डौको सहयोग जेठ १ देखि ५ गतेसम्म संचालन भएको पाँचदिने सहकारी ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
       सिद्धार्थ क्लवका अध्यक्ष सचिन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट शाल्भी बाँस्तोला र सीतादेवि क्षेत्रीले तालिम लिएर आफ्नो संस्थाप्रतिको जिम्मेवारीबोध भएको र यस्ता तालिमहरु बेलाबेलामा संचालन गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
       कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निता बराल, सचिव कमला गिरी, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रा कोइराला, प्रशिक्षक नरेश नेपाल लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिनुभएको थियो ।
       कार्यक्रमको संचालन नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव निर्मला मर्सानीले गर्नुभएको थियो ।