पोखरामा आयोजित जातिय छुवाछुत विरुद्ध सचेतना मुलक कार्यक्रममा
विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जातिय विभेद विरुद्ध सामुहिक एक्यवद्धता जाहेर
गरेका छन् ।
असल सासन संजाल , प्रोपव्लिक कास्कीको
आयोजनामा पोखरामा सोमवार आयोजना गरिएको कार्यक्रममा आध्यात्मिक , धार्मीक , जातिय संगठन तथा मानवअधीकारकर्मी,नागरीक समाजका प्रतिनीधी तथा पत्रकारहरुले सामुहिक रुपमा एक्यवद्धता जाहेर
गरेका हुन् ।
जातिय उत्पिडनमा परेका पिढीत कर्ण वहादुर नेपालीको हातवाट उपस्थीत अतिथिहरुले
पानी खाएर उद्घाटन गरिएको कार्यक्रममा वोल्ने व्यक्तिहरुले जातिय विभेद अत्यका
लागि कानुन वनेर मात्र नहुने कुरामा जोड दिदै सोच चेतना र व्यवहारीक परिवर्तनको
आवश्यकता औलाए ।
कार्यक्रममा आध्यात्मिक क्षेत्रवाट वोल्दै आनन्दमार्गी विष्णु प्रसाद वराल ,ओम शान्तिका व्रह्मकुमारी शोभा दिदी ,मानव धर्म सेवा समितिका
चमेली वाई र ओशो उपवनका प्रमुख स्वामी योगानन्दले धर्म र अत्यात्ममा जातिय छुवाछुत
कहि पनि उल्लेख नगरेको वताउदै अध्यात्मीक दृष्टिकोणले सम्पुर्ण मानव जाति एक भएको
वताए । साथै उनीहरुले कर्मको आधारमा मानिसहरु उच निच हुने कुरामा जोड दिदै जन्मेका
आधारमा कोही पनि ठुलो वा सानो नभनी राम्रो र असल कार्यमा जुट्नुपर्ने आवश्यकता
औलाए ।
पिढीत नेपालीले जवसम्म छोइयो भन्ने
शव्दको अत्य हुदैन तवसम्म समाजमा छुवाछुत व्याप्त हुने कुरामा जोड दिदै मान्छे
मान्छे विचको छुवाछुतलाई चिर्न संजालले थालेको अभियानले धेरै पिढीतहरुलाई राहतको
महसुस हुने कुरामा जोड दिए ।
त्यस्तै वरिष्ठ स्वतन्त्र पत्रकार कृष्ण प्रसाद वास्तोला , संचारकर्मी दिपेन्द्र श्रेष्ठ ,
फोटो पत्रकार विश्व शाक्यले
अँधविश्वास , कुरिति र कुसंस्कारका कारण
समाजमा छुवाछुत जस्तो कुप्रथाले जरो गाडेको वताउदै यसको अत्यका लागि सवै एकजुट भएर
लाग्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तैगरि मानवअधिकारकर्मी नेता टेकनाथ वराल , शान्तिका लागि
नागरिक समाजका संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगर,राष्ट्रिय जनजाति महासंघ कास्कीका अध्यक्ष पानवहादुर घर्ती लगायतले सवै
मानवहरु सम्मान जनक वाच्न पाउनुपर्ने अधिकार कसैले पनि हनन् गर्न नहुने कुरामा जोड
दिदै यस्ता अभियानहरुले समाज परिवर्तन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तैगरि व्राह्मण सजमाका तर्फवाट भेषराज लम्साल, तमु धि नेपालवाट देविवहादुर गुरुङ ,नेपाल राष्ट्रिय दलित
मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिम वहादुर विक , विश्व हिन्दु महासंघ
नेपालका महासचिव मुक्तिराम अधिकारी ,नारणप्रसाद पोख्रेल स्मृति
प्रतिष्ठानका अध्यक्ष मिना पाण्डे ,
मानव मिलन नारि जागरण
संस्था नेपालका अध्यक्ष शावित्री शर्मा ,
कलाकार मिलन शेरचन लगायत, विद्यार्थीका तर्फवाट हिरालाल विकलगायतले जातिय छुवाछुत विरुद्धको यस्ता
अभियान अझ गाँउगाँउमा थालनी गर्नुपर्ने
आवश्यकता औलाए ।
असल शासन संजालका अध्यक्ष माधव पहारीले
चेतना र सोचमा व्यवहारीक रुपले परिवर्तन नभएसम्म जातिय विभेद विरुद्ध
जतिसुकै कानन निर्माँण भएतापनि समाजमा परिवर्तन नहुने जिकीर गर्दै सामुहीक रुपमा
व्यवहारीक परिवर्तन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको वताए ।उनले
समाजमा विध्वमान जातिय विभेदका कारण मानिसको आत्मसम्मान पुर्वक वाच्न पाउनुपर्ने
अधिकार उल्लङन भएको दावी गर्दै मानिस मानिस विच विभेद अत्य गर्नुपर्ने आवश्यकता
औलाए ।
कार्यक्रमका सवै सहभागि सभाध्यक्ष वनेको उक्त कार्यक्रमको संचालन संजालका
महासचिव सुष्मा पौडेलले गरेकि थिइन् भने कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष
विष्णु भण्डारीले गरेका थिए भने कार्यक्रममा धन्यवाद मंतव्य हरिकृष्ण तिमिल्सिनाले
ज्ञापन गरेका थिए ।