Tuesday, May 17, 2011

एमाले वडा कमिटी पोखरा–७ को अध्यक्षमा रेग्मी


नेकपा एमाले वडा कमिटी पोखरा७ को आठौं अधिवेशनको शनिवार जिल्ला कमिटी अध्यक्ष मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै जि.सी.ले नेपालको राजनीतिमा स्थिरता नभएसम्म शान्ति र विकास असम्भव भएको बताउँदै राजनीतिक दलहरु जस्तोसुकै मुल्य चुकाएर भएपनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

गण्डकी अञ्चल सदस्य सृजना शर्माले पार्टी नेताहरुको फरक फरक दृष्टिकोणले कार्यकर्ताहरुलाई अन्यौल बनाएको बताउँदै पार्टीलाई एकताबद्ध बनाउन कार्यकर्ताहरुको सक्रियता आवश्यक रहने बताउनुभयो ।
           
कार्यक्रममा एनेकपा माओवादीका प्रतिनिधि कमला रानाभाट, नेपाली काँग्रेसका प्रतिनिधि विष्णुप्रसाद बराल र सरोज बराल, मानवअधिकारकर्मी रामबहादुर पौडेल, वडा कमिटी पोखरा ५ का अध्यक्ष उज्वल खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको बन्दसत्रले पुरुषोत्तम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय नेकपा एमाले वडा कमिटी पोखरा७ गठन गरेको छ । कमिटीको उपाध्यक्षमा टिकादेवी अधिकारी, सचिवमा लिलाभक्त बराल, उपसचिवमा ललित गौचनलाई चयन गरेको छ ।

Friday, May 13, 2011

अन्तर क्याम्पस राष्ट्रिय सितोरियो कराँतेको उपाधि पिएनलाई, पोखरामा पन्ध्रौ डोजो उद्घाटन

पोखराको पृथ्बीनारायण क्याम्पस स्ववियुले पोखरामा आयोजना गरेको अन्तर क्याम्पस राष्ट्रिय सितोरीयो कराँते प्रतियोगिताको उपाधि पृथ्बीनारायण क्याम्पसले जितेको छ ।
 प्रतियोगितामा ५ वटा स्वर्ण पदक जित्दै पृथ्बीनारायण क्याम्पसले उपाधि माथि कब्जा जमाउन सफल भएको हो । बुधबारदेखि पोखरामा संचालन भएको उक्त प्रतियोगितामा २ वटा स्वर्ण पदक जितेको ईलामको रत्न राज्य लक्ष्मी बहुमुखी क्याम्पस दोश्रो भयो ।
 पृथ्बीनारायण क्याम्पसका कृष्ण कुमार लामाले दोहोरो उपाधि जिते । उनले कराँते ५५ केजी तौल समुहमा र एकल कांतामा स्वर्ण पदक जितेका हुन् ।  कराँते ४५ केजी तौल समुहमा नरेस अधिकारी, ५३ केजी तौल समुहमा संगिता लामा र महिला काता तर्फ पनि पृथ्बीनारायण क्याम्पसले स्वर्ण पदक हात पार्न सफल भएको हो ।
ईलामको रत्न राज्य लक्ष्मी बहुमुखि क्याम्पसका सुनिता श्रेष्ठ कराँतेको ४८ केजी तौल समुहमा र ६० केजी तौल समुहमा प्रकास आलेले स्वर्ण पदक जितेका हुन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्फ पृथ्बीरानायण क्याम्पसका कृष्ण लामा र छात्रा तर्फ पनि पृथ्बीनारायण क्याम्पसकै संगिता लामा घोषित भए । प्रतियोगिताको उदयमान खेलाडीमा छात्र तर्फ सर्लाहिको चतुरभुज क्याम्पसका गजेन्द्र राई र छात्रा तर्फको उदयमान खेलाडीमा काठमाण्डौको सरस्वती क्याम्पसकी मल्लीका थापा घोषित भईन ।

छात्र तर्फ छात्रा तर्फ  ईलामको रत्नराज्य लक्ष्मी बहुमुखि क्याम्पस अनुसासित टोली घोषित भयो ।
 कार्यक्रममा सितोरीयो कराँते खेलको विकास तथा विस्तार गर्न सहयोग पुराएको भन्दै स्ववियुले ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सितोरीयो कराँते संघका केन्द्रिय अध्यक्ष केदारबाबु शिवाकोटी, कास्कीका जिल्ला अध्यक्ष फत्तबहादुर गुरुङ, वरिष्ठ प्रशिक्षक कराँते महेन्द्रकुमार राई रहनु भएको छ ।

सम्मानित ब्यतिहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि स्ववियु पुर्व अध्यक्ष सोमनाथ अधिकारी प्यासी, क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईराला, सशस्त्र बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) शैलेन्द्र खनाल, स्ववियु सभापति रस्मि आचार्यले सम्मान पत्र, फुलमाला लगाएर सम्मान गर्नू भएको थियो । यसैविच नेपाल सितोरियो कराँते संघका केन्द्रिय अध्यक्ष केदारबाबु शिवाकोटीले एक कार्यक्रमका विच सितोरियो कराँते कास्कीको पन्ध्रौं डोजो राष्ट्रबैंक चोक उपशाखा डोजोको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा शसस्त्र वरिष्ठ प्रहरी उपरिक्षक शैलेन्द्र खनाल, सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ, डोजो प्रशिक्षक बुद्धिबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । डोजोमा हाल २७ प्रशिक्षार्थीहरु प्रशिक्षणरतछन ।




यातायात व्यवशायीको महाधिवेशन सम्पन्न अध्यक्षमा कर्माचार्य


नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघको निर्वाचनमा अध्यक्ष पदमा योगेन्द्र कर्माचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । कर्माचार्य आगामी तेश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । पोखरामा सम्पन्न अधिवेशनबाट ३ वरिष्ठ उपाध्यक्षमा केदार वहादुर खत्री , विजय वहादुर स्वार र श्रीप्रसाद मैनाली विजयी हुनुभएको छ ।

महासचिवमा डोलराज खनाल विजयी हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष पदमा दिपक अधिकारी, रामप्रसाद सुवेदी , छत्रवहादुर वस्नेत, पुष्पा श्रेष्ठ, र लिलादेवी श्रेष्ठ विजयी हुनुभएको छ । उप महा सचिव पदमा हरिसचन्द्र केसी र  कृष्णकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सचिव पदमा श्रृषिकेश घिमिरे र शुरेस हमाल विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा भने पुण्यप्रसाद सिटौला विजयी हुनुभएको छ ।

वर्गीय संयोजक पदमा बसतर्फ ज्ञानेन्द्र श्रेष्ठ विजयी हुनुभएको छभने मिनीवसतर्फ सुरकृष्ण वैद्य विजयी हुनुभएको छ । त्यसैगरी भ्यान टेक्टर पावर टेलर मिनी ट्रकबाट गोकर्ण कार्की , ट्याक्सीवाट पोखरा ट्याक्कसी व्यवशायी समितीका अध्यक्ष गान्धी राज गिरी विजयी हुनुभएको छ । तीन पाङ्ग्रे टेम्पोमा भने दामोदर शाही विजयी हुनुभएको छ । पर्यटकीय तर्फवाट पुरुषोत्तम सिंखडा विजयी हुनुभएको छ ।

क्षेत्रिय संयोजक पदमा पश्चिमाञ्चलवाट धर्मराज अधिकारी , पूर्वाञ्चलवाट हरिनारायण यादव, सुदुरपश्चिमाञ्चलवाट होमवहादुर कुवर, मध्यमाञ्चलको लागि रामहरि श्रेष्ठ र मध्यपश्चिमाञ्चलवाट शोभाखर पौडेल विजयी हुनुभएको छ ।

भरतपोखरी गाउँ कमिटीको सातौं अधिवेशन सम्पन्न


नेकपा एमाले भरतपोखरी गाउँ कमिटीको सातौं गाउँ अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर जिसीले अधिवेशनको उद्घाटन गर्दै तीन राजनीतिक दलले समय थपेर भए पनि अब छिट्टै संविधान बनाउने बताउँदै राष्ट्रिय सहमतिको बाटोबाट मुलुक शान्ति र संविधान प्राप्तिको बाटोमा पुग्ने आशा व्यक्त गर्नुभयो ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य युवराज पौडेलले पार्टीलाई निरन्तर जनताबाट अनुमोदित गराउन पार्टी कार्यकर्ता लगातार पार्टी काममा सकृय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य एवं मुक्ति समाज कास्की कोषाध्यक्ष जगनाथ वि.क., क्षेत्रीय कमिटी सदस्य मनोहर आचार्य, अनेरास्ववियू जिल्ला सदस्य तिलक लामिछाने लगायतले बोल्नुभएको थियो । सहिद तुलराज आचार्यको १९ औं स्मृति दिवसमा वहाँको फोटोमा पुष्पार्पण गरी कार्यक्रममा शुभारम्भ भएको थियो ।

एउटै मञ्चमा पोखराका क्रियाशिल ४७ जना पत्रकार सम्मानित


नेपाल पत्रकार महासंघ संघर्ष समिति कास्कीले आज ४७ जना क्रियाशील  पत्रकारहरुलाई सम्मान गरेको छ । अधिवेशनको माग गर्दै संघर्ष समितिले शुरु गरेको आमरण र रिले अनसनमा सहभागि ४७ जना पत्रकारहरुलाई  आज एक विशेष कार्यक्रम गरि सम्मान गरिएको हो ।
 सम्मानित हुनेहरुमा  अनशनमा सहभागि  नवीन सिग्देल, ओम हमाल, विनोद लामिछाने, प्रकाशचन्द्र सापकोटा,  दुर्गादेवी बाँस्तोला, निरु केसी , अमृत घिमिरे , ऋषि बराल, विजया आचायर्, शिव शर्मा, लक्ष्मीनारायण देवकोटा, दुर्गा अधिकारी, प्रदीप पौडल, हरिप्रसाद भट्टराई , कमल पराजुली, राजेन्द्र अधिकारीलाई सम्मान गरिएको छ ।
 त्यसैगरी रोहितराज पराजुली, राजेश पराजुली  कमल सुवेदी, विष्णु सिग्देल , दिलिप राई, गुप्तप्रसाद शर्मा, एमवी आस्था , राजन उपाध्याय , राजाराम पौडेल, वीरेन्द्र सापकोटा, माधव बराल, जीवन सुवेदी, छवि मगर, सन्तोष पोखरेल , नोमराज गुरुङ आरजु विष्ट, मोतिसागर अधिकारी, गीता विष्ट, शान्ति सुनार , भुपाल गुरुङ, शिशिर पौडेल, लक्ष्मीप्रसाद पौडेल, अर्जुन बस्नेत, नवीन के.सी, हरिराम भण्डारी, दिपक ओझा , हरि पन्त, सागरराज तिमिल्सिना , ईश्वर भट्टराइ,  लिना गुरुङ , कविता श्रेष्ठ, दिननाथ बराल र विष्णु गौतमलाई सम्मान गरिएको हो ।
 त्यसैगरी दलगत संगठनबाट अलग रहि स्वतन्त्र रुपमा पत्रकारीता गर्ने घोषणा गर्नु भएका पत्रकारहरु विजय नेपाल र वि.वि आलेलाई पनि सम्मान गरिएको हो । प्रमुख अतिथि प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले सम्मानपत्र सहित खाँदा लगाएर सम्मान गर्नुभएको थियो ।
 गत वैशाख ६ गते प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका केहि व्यत्तिहरुले अधिवेशन नै नगरी दलिय भागवण्डाबाट पार्षद र कार्य समिति चयन गरेपछि सो कदम विरुद्व पोखराका एक सय ६० जना  पत्रकारहरु अधिवेशनको पक्षमा उभिएर संगठित भएका छन् । अधिवेशनको माग गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाण्डौमा सुरु गरिएको आमरण अनसन अधिवेशन जेठ १५ भित्र गर्ने सम्झौता भएपछि तत्काललाई स्थगित गरिएको थियो
 अवैधानिक  कदमका विरुद्वमा वैशाख ७ गते नै पोखराका क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ कास्कीमा गरेको तालावन्दि जारी नै रहेको छ । त्यसैगरी अवैधानिक तवरबाट गठन गरिएको जिल्ला कार्य समिति र पार्षदहरुको खारेजी तथा अधिवेशनको मागगर्दै पुनरावेदन अदालत पोखरामा दिइएको रिट निवेदन उपर बैशाख १६ गते अदालतले १५ दिनभित्र विपक्षी नेपाल पत्रकार महासंघ कास्की र अवैधानिक अध्यक्ष बद्रि विनोद प्रतिकका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
 साथै आजै सम्मपन्न भेलाले अवैधानिक कार्य समितिले स्वः गजेन्द्र भण्डारी पत्रकारीता पुरस्कार छनोट समिति गठन गरेको भन्दै विरोध समेत जनाएको छ । समितिले विवादित समितिले पत्रकार महासंघका नाममा वितरण गर्ने पुरस्कार कार्यक्रममा विरोध गर्ने समेत निणर्य भेलाले पारित गरेको छ ।