Monday, March 8, 2010
Nepal’s-first-vice Paramananda-jha- in Pokhara
पोखरा,२३ फाल्गुन
उपराष्ट्रपति परमानन्द झाले शिक्षालाई शान्ति क्षेत्र मुलुकका सामु शिक्षालाई अन्तराष्ट्रियस्तरको गुणस्तर बनाउनु पर्ने र समाजमा पछाडिएकाको पहुँचमा पुर्याउनुपर्ने अभिभारा रहेको झाले उल्लेख गरे । मानव, आर्थिक तथा समग्र र देश विकासको प्रमुख आधार शिक्षा भएकोले यसलाई शान्ति क्षेत्र बनाउनुपर्ने शिक्षक युनियन राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद्को बैठकको आइतबार पोखरामा उदघाटन गर्दै उपराष्ट्रपति झाले भने, पठनपाठनमा अवरोध पार्ने र हतोत्साही बनाउने काम पनि हुदै आएका छन, यसलाई रोक्नु पर्छ ।’ झाले सरकारले शिक्षामा गरेको लगानीले भावी सन्ततिले कसरी फाइदा लिन सक्छन हिमाल, पहाड र तराईका लागि समान र स्तरीय शिक्षा उपलब्ध हुनुपर्ने भन्दै झाले तराईमा विशेष गरी एसएलसी परिक्षाको कृयाकलाप आपत्तिजनक हुने गरेकाले यसलाई सुधार्नुपर्ने । घर निर्माणको आधार जग भएजस्तै उच्चशिक्षा र राष्ट्र निर्माणको आधारशिला गुणस्तरीय शिक्षा हुने उनले बताए । मुलुकको शिक्षा नीतिलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा उनले जोड दिए । सोमबारसम्म चल्ने बैठकमा मुलुकभरका ५७ जिल्लाबाट करीब तीनसय शिक्षकहरु भेला भएका छन । बैठकमा शैक्षिक नीति समसामयीक विषय, विभिन्न समस्या, विगतको समिक्षा, भावी कार्यक्रम तथा बजेटका विषयमा छलफल हुनेछ ।
Sunday, March 7, 2010
पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र
पोखरा, २२ फागुन
मुद्दाको चाप न्यूनीकरण गर्दै न्याय सहज र र्सवसुलभ बनाउन पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । सो मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका न्यायधीश दामोदरप्रसाद शर्माले शुक्रवार उद्घाटन गर्नुभयो । हाल देशका २२ अदालतमा मेलमिलाप केन्द्र स्थापना भइसकेको छ । पाँच वर्षभत्रै ७५ वटै जिल्लाभित्र मेलमिलाप केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सर्वोच्च अदालतका सह-रजिष्ट्रार श्रीकान्त पौडेलले बताउनुभयो । त्यसका लागि बजेट विनियोजन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।कास्की जिल्ला अदालतमा रहेको मेलमिलाप केन्द्रमा ३६ वटा मुद्दा पठाइएकोमा तीन वटाको छिनोफानो भएको सो अवसरमा जानकारी दिइयो । उद्घाटन कार्यक्रममा न्यायधीश दामोदर शर्माले मुद्दाको निर्णय एउटाले जित्ने अर्को हार्ने हुँदा मुद्दाले अर्को मुद्दा जन्माउँछ तर मेलमिलापमा दुवै पक्षले जित्ने भएकोले समय, श्रम र पैसाको वचत हुन्छ भन्नुभयो । मुद्दा हैन मेलमिलाप गर भन्ने मान्यताका साथ मेलमिलाप केन्द्र विस्तार गरिँदै लगिने उहाँले बताउनुभयो । कार्यक्रममा क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारी, सर्वोच्च अदालत बार इकाइका अध्यक्ष इन्द्र खरेल र पुनरावदेन अदालत पोखरा बार इकाइका कार्यवाहक अध्यक्ष बोधराज बरालले मेलमिलाप केन्द्रको महत्वबारे भन्नुभयो ।

Saturday, March 6, 2010
Potato Festival in kaski
कास्की, २२ फागुन
हेम्जामा आलु महोत्सवको आयोजना गरियो सो महोत्सवमा विभिन्न जातका आलु र आलुका परिकार प्रदर्शनीमा राखिएको थियो ।
आलु उत्पादनको पकेटक्षेत्र मानिने हेम्जाको आलुको प्रचारप्रसारका साथै उत्पादनकर्ता र उपभोक्ताबीचको दुरी कम गर्न महोत्सवको आयोजना गरिएको आयोजक बहुउद्देश्यीय किसान सहकारी संस्था लिमिटेड, हेम्जाले जनाएको छ । महोत्सवमा कारडिनल, जनकदेव, एमएस ४२ निलो, खुमल रातो खुमल निलो, टिपिएसलगायत जातका आलु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।“फागुन २२ गते हेम्जा जाऔँ आलुका विभिन्न परिकारमा रमाँऔँ” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद चाख्न पाइने । अन्य भेगका किसानले हेम्जाको आलु भन्दै अन्य ठाउँको आलु बिक्री गर्नेगरेको हेम्जाको आलुको गुणस्तरीयता मापन गर्न पनि महोत्सव आयोजना गरिएको प्रस्ट
महोत्सवमा करिब रु.३० लाखको कारोबार गरिने लक्ष्य राखिएको छ । क्षेत्रीय कृषि निर्देशक वीरेन्द्रबहादुर हमालका अनुसार हेम्जामा मात्रै ४०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिने गरिएको र यसबाट प्रतिवर्षआठ हजार मेटि्रक टन आलु उत्पादन हुनेगरेको छ ।
नेपालको कुल एकलाख ५६ हजार ७३६ हेक्टर जग्गामा बर्षेनी २० लाख ५४ हजार ८१७ मेटि्रक टन आलु उत्पादन हुने गरेको छ । पश्चिमाञ्चलमा कुल २० हजार ९३० हेक्टरमा आलुखेती गरिन्छ भने कास्कीमा मात्र कुल १० हजार ३० हेक्टरमा आलुखेती गरिने गरिएको क्षेत्रीय कृषि निर्देशनालय, मालेपाटन कास्कीले जनाएको छ ।
केपी ओलीले माओबादी नेतृत्वको सरकार सोच्न पनि नसकिने
पोखरा,२१ फागुन,
एमालेका नेता केपी ओलीले माओबादी नेतृत्वको सरकार सोच्न पनि नसकिने बताउनु भएको छ । “सरकार अपरिवर्तनिय हुदैन तर अहिले माओबादी नेतृत्वामा सकरकार बन्ने कुरा सोच्न पनि सकिन्न ।” आज पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गदै ओलिले भन्नुभयो- संविधान निर्माण समय अन्तिम चरणमा पुगेका बेला सरकार परिवर्तनको सम्भावना नभएको स्पष्ट पार्नुभयो । संविधान निर्माणको समय अव धेरै दिन नभएकाले फेरी सरकार परिवर्तन गरेर कहिले संविधान निर्माण गर्ने ओलीले भन्नुभयो अहिलेको सरकार परिवर्तनको आवश्यकता होइन । यदि माओबादीले नेतृत्वमा सरकार बन्ने हो भने हिसा, व्रि्रोह, बल छाडेर नागरिक पार्टीगएको घोषणा गर्नुपर्छ, नेता ओलिले भन्नुभयो-” हत्या, हिसां, कायम रहे सम्म माओबादीलाई नेतृत्व दिन सकिन्न ।”माओबादीको ब्यवहार सच्चिए सहमति हुन सक्ने स्पष्ट पार्दै सरकार परिवर्तनको बाटो कहिल्यै बन्द नहुने भन्दै संवैधानिक प्रक्रियाबाट आउन माओबादीलाई आग्रह समेत गर्नुभयो । उहाँले गृहमन्त्री भिमरावलको पार्टीभित्रै बाटै राजिनामा माग भएको बारे सोधिएको प्रश्नमा शान्ति सुरक्षामा केही चुनौति देखिएपनि रावललाईपार्टीलेफिर्ता बोलाउने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । अहिले हिँसाको रुप लिएरका थुप्रै सशस्त्र समुह जन्मेकाले पनि शान्ति सुरक्षामा केही कमजोरि देखिएको भएपनि स्वभाविक भएको बताउनुभयो । माओबादी लडाकु जति छन त्यतिले नै सरकारी सेवा सुविधान पाउनुपर्छ नभएकाको पनि सुविधा लिनु उचित हैन लडाकुको पुन प्रमाणिकरण हुनुपर्छ ।
छ बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाज
पोखरा, २१ फागुन
विभिन्न छ बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाजले आज देशभरका सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।पोखरामा पनि नाराबाजीसहित निस्किएको जुलुसले जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी देवराज ढकाललाई मध्यान्ह ज्ञापनपत्र बुझायो ।कार्यक्रममा ब्राम्हमण समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पौडेल ज्ञापनपत्रमा उल्लेखित मागहरु प्रस्तुत गर्ने क्रममा एक्कासी अशक्त भएपछि बाँकी बुँदाहरु सचिव भेषराज लम्सालले वाचन गर्नुभएको थियो ।समाजले ब्राम्हण जातिलाई अन्य होइन नेपालको प्रमुख जातिमा सूचीकृत गरिनुपर्ने, आरक्षण जातीय आधारमा नभै वर्गीय आधारमा गरिनुपर्ने, आदिवासी जनजातिका सम्बन्धमा मनपरी परिभाषा गरिन नहुने, जसको राज्य उसको नेतृत्व भन्ने धारणा अन्त्य गरिनुपर्ने लगायतका माग प्रमुखताका साथ उठाएको छ ।ज्ञापन पत्र बुझाउनुअघि पोखराको सिर्जनाचोकबाट निस्किएको जुलुस रत्नचोकहुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सबै नेपाली दाजुभाइ, चाहिएको छ नेपाललाई, देश साझा घर हो, अंशवण्डा नगर, नयाँ नेपाल बनाऔं लगायतका नाराबाजी गरेका थिए ।ब्राहृमण जाति १०१ जातिमध्ये सबैभन्दा पुरानो जाति हो ।
Subscribe to:
Comments (Atom)