Sunday, March 7, 2010

पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र

पोखरा, २२ फागुन
मुद्दाको चाप न्यूनीकरण गर्दै न्याय सहज र्सवसुलभ बनाउन पुनरावेदन अदालत पोखरामा मेलमिलाप केन्द्र स्थापना गरिएको सो मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका न्यायधीश दामोदरप्रसाद शर्माले शुक्रवार उद्घाटन गर्नुभयो हाल देशका २२ अदालतमा मेलमिलाप केन्द्र स्थापना भइसकेको पाँच वर्षभत्रै ७५ वटै जिल्लाभित्र मेलमिलाप केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सर्वोच्च अदालतका सह-रजिष्ट्रार श्रीकान्त पौडेलले बताउनुभयो त्यसका लागि बजेट विनियोजन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।कास्की जिल्ला अदालतमा रहेको मेलमिलाप केन्द्रमा ३६ वटा मुद्दा पठाइएकोमा तीन वटाको छिनोफानो भएको सो अवसरमा जानकारी दिइयो उद्घाटन कार्यक्रममा न्यायधीश दामोदर शर्माले मुद्दाको निर्णय एउटाले जित्ने अर्को हार्ने हुँदा मुद्दाले अर्को मुद्दा जन्माउँछ तर मेलमिलापमा दुवै पक्षले जित्ने भएकोले समय, श्रम पैसाको वचत हुन्छ भन्नुभयो मुद्दा हैन मेलमिलाप गर भन्ने मान्यताका साथ मेलमिलाप केन्द्र विस्तार गरिँदै लगिने उहाँले बताउनुभयो कार्यक्रममा क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारी, सर्वोच्च अदालत बार इकाइका अध्यक्ष इन्द्र खरेल पुनरावदेन अदालत पोखरा बार इकाइका कार्यवाहक अध्यक्ष बोधराज बरालले मेलमिलाप केन्द्रको महत्वबारे भन्नुभयो

Saturday, March 6, 2010

Potato Festival in kaski


कास्की, २२ फागुन 
हेम्जामा आलु महोत्सवको आयोजना गरियो सो महोत्सवमा विभिन्न जातका आलु आलुका परिकार प्रदर्शनीमा राखिएको थियो
आलु उत्पादनको पकेटक्षेत्र मानिने हेम्जाको आलुको प्रचारप्रसारका साथै उत्पादनकर्ता उपभोक्ताबीचको दुरी कम गर्न महोत्सवको आयोजना गरिएको आयोजक बहुउद्देश्यीय किसान सहकारी संस्था लिमिटेड, हेम्जाले जनाएको महोत्सवमा कारडिनल, जनकदेव, एमएस ४२ निलो, खुमल रातो खुमल निलो, टिपिएसलगायत जातका आलु प्रदर्शन गरिने आयोजकले जनाएको फागुन २२ गते हेम्जा जाऔँ आलुका विभिन्न परिकारमा रमाँऔँभन्ने नाराका साथ सुरु भएको महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद चाख्न पाइने । अन्य भेगका किसानले हेम्जाको आलु भन्दै अन्य ठाउँको आलु बिक्री गर्नेगरेको  हेम्जाको आलुको गुणस्तरीयता मापन गर्न पनि महोत्सव आयोजना गरिएको प्रस्ट
महोत्सवमा करिब रु.३० लाखको कारोबार गरिने लक्ष्य राखिएको क्षेत्रीय कृषि निर्देशक वीरेन्द्रबहादुर हमालका अनुसार हेम्जामा मात्रै ४०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिने गरिएको यसबाट प्रतिवर्षआठ हजार मेटि्रक टन आलु उत्पादन हुनेगरेको
नेपालको कुल एकलाख ५६ हजार ७३६ हेक्टर जग्गामा बर्षेनी २० लाख ५४ हजार ८१७ मेटि्रक टन आलु उत्पादन हुने गरेको पश्चिमाञ्चलमा कुल २० हजार ९३० हेक्टरमा आलुखेती गरिन्छ भने कास्कीमा मात्र कुल १० हजार ३० हेक्टरमा आलुखेती गरिने गरिएको क्षेत्रीय कृषि निर्देशनालय, मालेपाटन कास्कीले जनाएको

केपी ओलीले माओबादी नेतृत्वको सरकार सोच्न पनि नसकिने


पोखरा,२१ फागुन,
एमालेका नेता केपी ओलीले माओबादी नेतृत्वको सरकार सोच्न पनि नसकिने बताउनु भएको सरकार अपरिवर्तनिय हुदैन तर अहिले माओबादी नेतृत्वामा सकरकार बन्ने कुरा सोच्न पनि सकिन्न आज पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गदै ओलिले भन्नुभयो- संविधान निर्माण समय अन्तिम चरणमा पुगेका बेला सरकार परिवर्तनको सम्भावना नभएको स्पष्ट पार्नुभयो संविधान निर्माणको समय अव धेरै दिन नभएकाले फेरी सरकार परिवर्तन गरेर कहिले संविधान निर्माण गर्ने ओलीले भन्नुभयो अहिलेको सरकार परिवर्तनको आवश्यकता होइन यदि माओबादीले नेतृत्वमा सरकार बन्ने हो भने हिसा, व्रि्रोह, बल छाडेर नागरिक पार्टीगएको घोषणा गर्नुपर्छ, नेता ओलिले भन्नुभयो-” हत्या, हिसां, कायम रहे सम्म माओबादीलाई नेतृत्व दिन सकिन्न माओबादीको ब्यवहार सच्चिए सहमति हुन सक्ने स्पष्ट पार्दै सरकार परिवर्तनको बाटो कहिल्यै बन्द नहुने भन्दै संवैधानिक प्रक्रियाबाट आउन माओबादीलाई आग्रह समेत गर्नुभयो उहाँले गृहमन्त्री भिमरावलको पार्टीभित्रै बाटै राजिनामा माग भएको बारे सोधिएको प्रश्नमा शान्ति सुरक्षामा केही चुनौति देखिएपनि रावललाईपार्टीलेफिर्ता बोलाउने सम्भावना नरहेको स्पष्ट पार्नुभयो अहिले हिँसाको रुप लिएरका थुप्रै सशस्त्र समुह जन्मेकाले पनि शान्ति सुरक्षामा केही कमजोरि देखिएको भएपनि स्वभाविक भएको बताउनुभयो माओबादी लडाकु जति छन त्यतिले नै सरकारी सेवा सुविधान पाउनुपर्छ नभएकाको पनि सुविधा लिनु उचित हैन लडाकुको पुन प्रमाणिकरण हुनुपर्छ

छ बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाज

पोखरा, २१ फागुन
विभिन्न बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाजले आज देशभरका सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको ।पोखरामा पनि नाराबाजीसहित निस्किएको जुलुसले जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी देवराज ढकाललाई मध्यान्ह ज्ञापनपत्र बुझायो ।कार्यक्रममा ब्राम्हमण समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पौडेल ज्ञापनपत्रमा उल्लेखित मागहरु प्रस्तुत गर्ने क्रममा एक्कासी अशक्त भएपछि बाँकी बुँदाहरु सचिव भेषराज लम्सालले वाचन गर्नुभएको थियो ।समाजले ब्राम्हण जातिलाई अन्य होइन नेपालको प्रमुख जातिमा सूचीकृत गरिनुपर्ने, आरक्षण जातीय आधारमा नभै वर्गीय आधारमा गरिनुपर्ने, आदिवासी जनजातिका सम्बन्धमा मनपरी परिभाषा गरिन नहुने, जसको राज्य उसको नेतृत्व भन्ने धारणा अन्त्य गरिनुपर्ने लगायतका माग प्रमुखताका साथ उठाएको ।ज्ञापन पत्र बुझाउनुअघि पोखराको सिर्जनाचोकबाट निस्किएको जुलुस रत्नचोकहुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो सबै नेपाली दाजुभाइ, चाहिएको नेपाललाई, देश साझा घर हो, अंशवण्डा नगर, नयाँ नेपाल बनाऔं लगायतका नाराबाजी गरेका थिए ।ब्राहृमण जाति १०१ जातिमध्ये सबैभन्दा पुरानो जाति हो

उप्रधानमन्त्री गच्छदारले समयमा संविधान निर्माण नभए तिन ठूला दलका नेताले जिम्मेवारी


पोखरा,२१, फागुन
 उप्रधानमन्त्री गच्छदारले निर्धारित समयमा संविधान निर्माण नभए तिन ठूला दलका नेताले जिम्मेवारी लिनुपर्ने बताउनु भएको ।नेपाल निर्माण ब्यवसायी संघ कास्कीको १७ साधारण सभाको आज पोखरामा उद्घाटन गदै उपंप्रधानमन्त्री विजय कुमार गच्छदारले जेठ १४ गते संविधान निर्माण हुन नसके गिरीजा प्रसाद कोइराला, झलनाथ खनाल प्रचण्ड जिम्मेवार हुनु पर्ने बताउनु भएको हो निर्धारित समयमा संविधान निर्माण नभए माधव नेपाल विजय कुमार गच्छदारको कुनै दोस हुदैन त्यसको जिम्म काँग्रेस, एमाले माओबादीका नेताले लिनुपर्छ उहाले भन्नुभयो ।संविधान निर्माण गर्न अव धेरै दिन छैन उहाँले भन्नुभयो-दलहरु संविधान निर्माणमा दत्तचित्त भएर लाग्नुपर्छ ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनु भएका गच्छदारले दलहरु सत्ताको लुछाचुडिमा भन्दा संविधान निर्माणमा जुटन आग्रह गर्नुधभयो ठूला पार्टीका नेताहरु पार्टीले स्वार्थभन्दा माथि उठनुपर्छ सत्ताको लागि छिनाझम्टी गर्ने बेला हैन संविधान निर्माण गरेर माओबादी लडाकुको ब्यवस्थापन गदै दिगो शान्ति स्थापना गर्न सके कोइराला, खनाल प्रचण्डको नेपाली जनताले जय जयकार गर्छन गच्छदारको भनाई थियो ।नेपाली जनताले चाहेको जस्तो संविधान ल्याइदिए जनताको घरघरमा तिन नेताको फोटो एउटै बनाएर राख्ने बताउनुभयो उपप्रधानमन्त्री गच्छदारले माधव नेपाल नेतृत्वको सरकार कुनै पनि हालतमा नढल्ने दावी गदै २२ दलको र्समर्थन लामो अनुभव संगालेका माधव नेपाल नेतृत्वको सरकार त्यसै हटछ उहाँले भन्नुभयो उहाँले एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डलाई सत्तामोह त्यागेर संविधान निर्माण जुटन आग्रह गर्नूभयो देश कुनै पार्टी ब्यक्तिको हैन तर्राईलाई उपेक्षित गरे राजधानी काठमाडौको ढोक बन्द गनै चेतावनी दिनुभयो उप्रधानमन्त्री गच्छदार भन्नुभयो- तर्राई मधेशलाई उपेक्षा गरे तर्राई बन्द गछौ मधेशबादी दललाई माइनस गरेर देश चलाउन खोजे देश टुक्रिने चेतावनी दिदै सरकार परिवर्तन सजिलो नभएको जिकीर गर्नूभयो प्रचण्ड प्रधानमन्त्रि भएमात्र संविधान बन्छ भन्नु माओबादी बखेडा हो, माधव नेपालको टाउको काटेर प्रचण्डले जोड भन्नु गिरीजा, झलनाथले काटेर जोडन खोज्दैमा हुन्छ भौतिक निर्माण तथा योजना मन्त्री समेत रहनु भएका गच्छदारले विकासमा राजनीति हैन विकासका लागि राजनीति गर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो ।पर्यटन वर्ष२०११ लाई सफल पार्न दलहरु बाट बन्द,हडताल नगर्ने प्रतिद्धता गरेका छन त्यो सकरात्मक भएको भन्दै यो अझै अगाडि आउनुपर्ने बताउनु भयो