Friday, February 5, 2010

फाइलनमा प्रवेश नेपाली सेनाको आर्मी क्लब आहा गोल्डकपको



पोखरा, २१ माघ
 नेपाली सेनाको आर्मी क्लब आहा गोल्डकपको दोस्रो पटक फाइलनमा प्रवेश गर्दा विहीबार न्युरोड टिम-एनआरटी)को चुनौतीलाई - गोल अन्तरले पन्छाएको
 स्ट्राइकर बिकर्ण श्रेष्ठमा पोखराको मैदानमा छाउँदा आर्मीले आहाको संस्करणमा दोस्रो पटक उपाधिको लागि अर्को विभागिय टोली नेपाल पुलिस क्लबसित भिड्ने निश्चित बनेको हो मिडफिल्ड स्ट्राइकरको आपसी असमझदारीको फाइदाँ उठाउँदै आर्मीले आधा घण्टाको बीचमा दुई गोल गरेपछि फाइनल यात्रा पक्का गरेको हो
  खेलको छैटौं मिनेटमा विश्व बैराग समालले क्रस गरिदिएको बललाई बिकर्ण श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रतासँगै आत्मविश्वास बढाएका थिए आर्मीले खेलको २४ औं मिनेटमा बराबरी गोल खाएको थियो नविन न्यौपानेको फ्रीकिकलाई सायन मुसाभीले उत्कृष्ट हेड गर्दै एनआरटीलाई बराबरी गोल गर्दै खेलमा फर्काउँदै दर्शकको र्समर्थन जुटाए
   टिम स्पिरिट शारीरिक क्षमताको नमूना पेश गरेको आर्मीले एनआरटीलाई पन्छाउन खेलको ३२ औं मिनेटमा म्यान अफ दि म्याच बिकर्ण श्रेष्ठले गोल ठोके हरि महतोले दिएको क्रसपासलाई शिव चौधरीले डिबक्सभित्र हेड गरी पास मिलाईदिएपछि विकर्ण व्यक्तिगत दोस्रो तथा खेलको निर्णायक गोल गरेका हुन्
  
एनआरटी पोखराको मैदानमा फेरी एटक अभागी सिद्ध भयो अघिल्ला दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको टोलीले आठौं सस्करणमा सेमिफाइनलको यात्रा तय गरेपनि भाग्यले साथ दिन सकेन्  खेलको १९ औं मिनेटमा सायन मुसाभीको हेड क्रस बारमा रिवाउण्ड भई आफनै अगाडि खसेको बललाई निराजनले पोष्ट प्रहार गर्न नसक्दा अवसरबाट बन्चित हुनुपरेको थियो आर्मीका डिफेन्स एनआरटीका स्ट्राइकर बीच भक्रयाकभुक्रुक हुदाँ आर्मीका डिफेन्सले क्लियर गरेर बचाएका थिए त्यस्तै खेलको ८८ औं मिनेटमा रोशन लामिछानेले प्रहार गरेको बललाई आर्मीका रक्षक चुनबहादुर थापाले गोल लाइनबाट हेड क्लियर गरेका थिए
 ’मिडफिल्ड स्ट्राइकर बीच समन्वयको कमी देखियो उनीहरु बीचमा ग्याब बढी हुदाँ गोल खाँदै प्रेसर थपियो ।शनिबार फाइनलमा दुई विभागिय टोली पुलिस आर्मी



                                                                             

Wednesday, February 3, 2010

तिन वर्ष् मा लोडसेडिङ्ग हट्‍छ - मन्त्री भट्ट

पर्वत २० माघ उmर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टरार्इले आगामी तिन बर्ष्ामा नेपालमा लोडसेडिङ्ग पूर्ण्ा रुपमा हट्‍ने दावी गनर्ुभएको छ । राज्यमन्त्री भट्टरार्इले पर्वतमा रहेको १४ दशमलव ६ मेघावाटको मोदीखोला जलविद्युत केन्द्रको आज निरिक्ष्ाण्ा पछि आन्तरीक चुहावट र पुराना पावर प्लान्टहरु भएकोले क्ष्ामता वढाउँन नसकिएको उल्लेख गनर्ु भयो ।


उहँा आन्तरीक चुहावटलार्इ कम गर्न सरकारले पहल गरिरहेको वताउनुभयो । मन्त्री भट्टरार्इले उत्पादन क्ष्ामता ह्रास हुँदै जाने तर माग भने दैनिक वढ्‍दै जाने भएकोले भारतवाट खरीद गनर्ुको विकल्प नभएको वताउनुभयो । मन्त्री भट्टरार्इले भन्नुभयो ('अहिले ३० मेगावाट मात्रै खरिद गरेका छौ आगामी दिनमा यसलार्इ वढाएर ६० मेगावाट पुर्‍याउँने छौ यसले केही मात्रामा भएपनि लोडसेडिङ्गलार्इ कम गर्छ ।'

आजै पर्वतको तिलाहार र देउपुर गाविसमा रहेको विद्युत उत्पादन क्ष्ामता भएको परियोजना अवलोकन गनर्ुभएको थियो । विद्युत चुहावटलार्इ पुर्ण्ा रुपमा रोक्न सकेमापनि लोडसेडिङ्ग कम हुन्छ राज्य मन्त्री भट्टरार्इले भन्नुभयो(मेरो भ्रमण्ाको मुख्य उद्देश्य यहि हो ।' उहाँले विगतको माओवादी åन्åका कारण्ाले पनि नयाँ संरचनाहरु वन्न नसकेकाले नेपाली जनताले हरेक कुराहरुको अभाव र समस्या भोग्नुपरेको वताउनुभयो ।

मनाङ मर्स्याङदीलाई १- ० ले हराउँदै पुलिस क्लब फाइनलमा


पोखरा, २० माघ
नेपाल पुलिस क्लबले पोखराको मैदानमा सातौं पटक फाइनलमा पुग्ने भाग्यमानी टोली  पाँचौ संस्करणमा अनुपस्थित पुलिस क्लब पोखराको मैदानमा फेरी एक पटक भाग्यमानी हुदैं मनाङ मर्स्याङदीलाई - ले हराउँदै फाइनल प्रवेश गर्दा दुइ पटक फाइनलमा भोगेको पराजयको बदला समेत लियो पुलिस दोस्रो तेस्रो आहाको संस्करणमा मनाङमर्स्याङदीसित फाइनलमै पराजितहुदैं उपविजेतामा चित्त बुझाए
रितेश थापाले दिएको बललाई प्रदीप बानियाँले मिलाईदिएको पासमा पंकज शाहीले नियन्त्रणमा लिदैं मनाङका गोलकिपर विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा फ्लिक गरेको बलले पोष्टको दिशा लिदाँ पुलिस आहाको सातौं पटकसम्म फाइनलमा पुग्ने एकमात्र टोली बन्न सफल पोखराको मैदानमा पुलिसका खेलाडीहरुको स्पष्ट टिमवर्क देखिदाँ खेलको ४९ औं मिनेटमा पंकज शाहीले निर्णायक गोल हिर्काएका हुन् मनाङका दुइ डिफेन्स बाहेक सबैजसो खेलाडीहरु अगाडि रहेको अवस्थमा रितेशले चलाखीपुर्ण रुपमा पास दिदाँ मनाङ मर्स्याङदीले काउण्टर एट्याकमा गोल खादाँ गोल्डकपको आठौं सस्करणबाट आफनो यात्रा विट मार्न बाध्य बन्यो
मनाङ मर्स्याङदीका हरेक प्रयास विफल बनाएका पुलिसका रितेश थापा म्यान अफ दि म्याचको हकदार बने खेल सकिन १५ मिनेट बाँकी छदाँ मनाङ मर्स्याङदी खेलाडीहरु आपसी समन्वयको अभावमा बराबरी गोल गर्नबाट चुकेका थिए गणेश खड्काले दिएको लामो क्रस बललाई सुजल श्रेष्ठले प्रहार गरेको बल आफनै सहकर्मी जगजित श्रेष्ठको ढाडमा लागेर रिवाउण्ड हुदाँ अभागीसिद्ध भएको थियो यार्ड बक्सभित्र दुइपटकसम्म गोलको लागि झडप हुदाँ मनाङले बराबरीको अवसर गुमाए पहिलो हाफको सकिन केही समयअघिमात्रै पोखरेली खेलाडी शिव श्रेष्ठले मनाङका लागि गोल गर्दा रेफ्री सुरेन्द्र सिखाकारले अफसाइडको संकेत गरिदिदाँ मनाङका खेलाडी प्रशिक्षक रेफ्री विरुद्ध खरो उत्रिएका थिए आहा गोल्डकपमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङदी आहाको आठौं सस्करणमा सेमिफाइनलमा पराजय हुदैं बाहिरिएपछि प्रशिक्षक छिरिङ लोप्साङले पत्रकारहरुसित कुनैपनि प्रतिक्रिया दिन चाहेनन् मैले आज कुनै प्रतिक्रिया दिन्न् उनले भने-’प्लिज आज नो कमेन्ट खेलको ५५ औं मिनेट मनाङ मर्स्याङदीको अर्को अवसर गुम्यो डिबक्स भित्र शिव श्रेष्ठले हेडिङ पासलाई सुजल श्रेष्ठको कडा प्रहारलाई पुलिसका जितेन्द्रंसिह विष्टले बचाउ गर्दा पुलिसको संकट टरेको थियो घाइते खेलाडीहरु भएपनि खेलाडीहरुको स्पिरिटले खेल जित्यौं पुलिसका सहायक प्रक्षिक हरि खड्काले भने-’जितको श्रेय खेलाडी हुन् बिहीबार नेपाली सेनाको आर्मी क्लब एनआरटी बीच दोस्रो सेमिफाइनल खेल हुने

Tuesday, February 2, 2010

सहारा एफसी युके टाइब्रकेरमा एनआरटीसित अन्तत ४-२ गोल अन्तरले पराजित



पोखरा, १९ माघ
सहारा एफसी युके आहाको आठौं सस्करणको सेमिफाइनलमा अग्रतालाई कायम राख्न नसकेको सहारा एफसी युके टाइब्रकेरमा एनआरटीसित अन्तत - गोल अन्तरले पराजित हुदैं दुखद विदाई लिएको एनआरटी आहा गोल्डकपको तेस्रो सहभागितामा सेमिफाइनल यात्रा तय गरेको हो खेल सकिन एक मिनेट बाँकी रहदाँ निराजन रायमाझीको प्रेरणदायी गोलमा बराबरीमा फर्किएको एनआरटीले टाइब्रेकमा । पहिलो हाफ हुन पाँचमिनेट बाँकी रहेको अवस्थामा सहारा एफसी युकेका जोर्डन वाटसनले गोलको खाता खोल्दै अग्रता दिलाएका थिए कप्तान नवल गुरुङको पासमा अनमार्क वाटसनले २० यार्डबाट प्रहार गरेको बलले जाली हल्लाउँदा सहारा एफसी युकेले ५० मिनेटसम्म आग्रता लिएको थियो अग्रता लिएको पाहुना टोलीले दोस्रो हाफ पुर्णरुपमा डिफेन्सिप खेलपछि एनआरटीले दबाव सृजना गरेको थियो
अधिकांश समय बल आफनो नियन्त्रणमा राखेको एनआरटीले खेलको अन्तिम मिनेटमा भाग्यले साथ दिदाँ बराबरी पुगेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो कप्तान जीवन सिन्केमानले कर्नर लाइनबाट दिएको पासलाई निराजन रायमाझीले गोल गर्दै एनआरटीको भाग्य उदय गराएका थिए थपिएको आधा घण्टाको समयमा पनि दुवैतर्फाट गोल नभएपछि रेफ्री सुदेश पाण्डेले निणर्याथ पेनाल्टीको संकेत गरेका थिए नविन न्यौपानेले एनआरटीको लागि पहिलो पेनाल्टी प्रहार आकासमा हिर्काएपछि निराश बनेको थियो त्यसपछि क्रमश जीवन सिन्केमान, निराजन रायमाझी, उमेश उप्रेती राजेश शाहीको प्रहार गोलमा परिणत भएपछि सेमिफाइनल यात्रा निश्चित बुधबारको खेल तीन पटकको आहा गोल्डकप विजेता दुइ पटकको विजेता मनाङ मर्स्याङदी क्लब बीच पहिलो सेमिफाइनल खेल हुने


Monday, February 1, 2010

मनाङ मर्स्याङदी सेमिफाइनल भिडन्त पुलिससित

पोखरा, १८ माघ
पोखराको मैदानमा उत्रिएको एन्फा यु १६ को टोलीलाई मनाङ मर्स्याङदीले ४-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुरानो प्रतिद्धन्द्धी नेपाल पुलिसक्लबसित भिड्ने पक्का गरेको छ । मनाङ मर्स्याङदी आठौं आहा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्दा रातारात पोखरा उत्रिएर मैदानमा छिरेको यु १६ टोलीलाई पोखरेली दर्शकको साहनुभूति लिएर फर्कियो ।ढाका स्पोर्टिङ क्लब बंगलादेश अनुपस्थित भएपछि सहारा क्लबले एन्फाको यु १६ टोलीलाई मध्यरातमा खबर गरेर पोखरा मैदानमा उतारेको थियो । राती एघार बजे काठमाडौंबाट आहा गोल्डकप खेल्न विहान चारबजे पोखरा आइपुगेको यु १६ ले अपेक्षाकृत खेल प्रदर्शन गर्न भने सकेनन् ।
सधै मनाङ मर्स्याङदीलाई र्समर्थन गर्दै आएका पोखरेली दर्शकले सोमबार भने एकाएक एन्फा यु १६ को पक्षमा देखिएका थिए । कलिलो युवा जोशलाई दर्शकको र्समर्थनले उर्जा थपेपनि आशातित खेल प्रदर्शनको अभावमा दर्शकहरुमा खेल सकिन आधा घण्टा अगावै प्यारापिट छाडिसकेका थिए ।यु १६ टोलीको गोलपोष्टमाथि निरन्तर प्रहार गरेको मनाङले खेलको २८ औं मिनेटमा आइपुग्दा सफलता प्राप्त गर्यो । मैदानको मध्यभागमा पाएको फ्रीकिकलाई दिपक भुषालले गोल गरेपछि मनाङ जोसिला युवामाथि हावीहुन शुरुभएको थियो । त्यसको दुइ मिनेट लगत्तै ३० औं मिनेट शिव श्रेष्ठले रितेश मल्लको पासमा गोल गर्दै पहिलो हाफ शुन्यका विरुद्ध दुइले अग्रता लिएको थियो ।खेलको ५० औं मिनेटमा यु १६ को टोली गोल गर्दा दर्शकले हौसला थपेका थिए । हेम तामाङले गोलकिपर अगाडि बढेको अवस्थामा हानेको बल सिधै पोष्टभित्र छिरेपछि खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । निरन्तर आक्रमणको रणनीतिमा उत्रिएको मनाङ मर्स्याङदीले ७० औं मिनेटमा निरजरेमी मगरको पासमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता तेब्बर बनाए भने म्यान अफ दि म्याच शिव श्रेष्ठले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सेमिफाइनलको यात्रा पक्का बनाए ।