Tuesday, February 2, 2010

सहारा एफसी युके टाइब्रकेरमा एनआरटीसित अन्तत ४-२ गोल अन्तरले पराजित



पोखरा, १९ माघ
सहारा एफसी युके आहाको आठौं सस्करणको सेमिफाइनलमा अग्रतालाई कायम राख्न नसकेको सहारा एफसी युके टाइब्रकेरमा एनआरटीसित अन्तत - गोल अन्तरले पराजित हुदैं दुखद विदाई लिएको एनआरटी आहा गोल्डकपको तेस्रो सहभागितामा सेमिफाइनल यात्रा तय गरेको हो खेल सकिन एक मिनेट बाँकी रहदाँ निराजन रायमाझीको प्रेरणदायी गोलमा बराबरीमा फर्किएको एनआरटीले टाइब्रेकमा । पहिलो हाफ हुन पाँचमिनेट बाँकी रहेको अवस्थामा सहारा एफसी युकेका जोर्डन वाटसनले गोलको खाता खोल्दै अग्रता दिलाएका थिए कप्तान नवल गुरुङको पासमा अनमार्क वाटसनले २० यार्डबाट प्रहार गरेको बलले जाली हल्लाउँदा सहारा एफसी युकेले ५० मिनेटसम्म आग्रता लिएको थियो अग्रता लिएको पाहुना टोलीले दोस्रो हाफ पुर्णरुपमा डिफेन्सिप खेलपछि एनआरटीले दबाव सृजना गरेको थियो
अधिकांश समय बल आफनो नियन्त्रणमा राखेको एनआरटीले खेलको अन्तिम मिनेटमा भाग्यले साथ दिदाँ बराबरी पुगेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो कप्तान जीवन सिन्केमानले कर्नर लाइनबाट दिएको पासलाई निराजन रायमाझीले गोल गर्दै एनआरटीको भाग्य उदय गराएका थिए थपिएको आधा घण्टाको समयमा पनि दुवैतर्फाट गोल नभएपछि रेफ्री सुदेश पाण्डेले निणर्याथ पेनाल्टीको संकेत गरेका थिए नविन न्यौपानेले एनआरटीको लागि पहिलो पेनाल्टी प्रहार आकासमा हिर्काएपछि निराश बनेको थियो त्यसपछि क्रमश जीवन सिन्केमान, निराजन रायमाझी, उमेश उप्रेती राजेश शाहीको प्रहार गोलमा परिणत भएपछि सेमिफाइनल यात्रा निश्चित बुधबारको खेल तीन पटकको आहा गोल्डकप विजेता दुइ पटकको विजेता मनाङ मर्स्याङदी क्लब बीच पहिलो सेमिफाइनल खेल हुने


Monday, February 1, 2010

मनाङ मर्स्याङदी सेमिफाइनल भिडन्त पुलिससित

पोखरा, १८ माघ
पोखराको मैदानमा उत्रिएको एन्फा यु १६ को टोलीलाई मनाङ मर्स्याङदीले ४-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुरानो प्रतिद्धन्द्धी नेपाल पुलिसक्लबसित भिड्ने पक्का गरेको छ । मनाङ मर्स्याङदी आठौं आहा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्दा रातारात पोखरा उत्रिएर मैदानमा छिरेको यु १६ टोलीलाई पोखरेली दर्शकको साहनुभूति लिएर फर्कियो ।ढाका स्पोर्टिङ क्लब बंगलादेश अनुपस्थित भएपछि सहारा क्लबले एन्फाको यु १६ टोलीलाई मध्यरातमा खबर गरेर पोखरा मैदानमा उतारेको थियो । राती एघार बजे काठमाडौंबाट आहा गोल्डकप खेल्न विहान चारबजे पोखरा आइपुगेको यु १६ ले अपेक्षाकृत खेल प्रदर्शन गर्न भने सकेनन् ।
सधै मनाङ मर्स्याङदीलाई र्समर्थन गर्दै आएका पोखरेली दर्शकले सोमबार भने एकाएक एन्फा यु १६ को पक्षमा देखिएका थिए । कलिलो युवा जोशलाई दर्शकको र्समर्थनले उर्जा थपेपनि आशातित खेल प्रदर्शनको अभावमा दर्शकहरुमा खेल सकिन आधा घण्टा अगावै प्यारापिट छाडिसकेका थिए ।यु १६ टोलीको गोलपोष्टमाथि निरन्तर प्रहार गरेको मनाङले खेलको २८ औं मिनेटमा आइपुग्दा सफलता प्राप्त गर्यो । मैदानको मध्यभागमा पाएको फ्रीकिकलाई दिपक भुषालले गोल गरेपछि मनाङ जोसिला युवामाथि हावीहुन शुरुभएको थियो । त्यसको दुइ मिनेट लगत्तै ३० औं मिनेट शिव श्रेष्ठले रितेश मल्लको पासमा गोल गर्दै पहिलो हाफ शुन्यका विरुद्ध दुइले अग्रता लिएको थियो ।खेलको ५० औं मिनेटमा यु १६ को टोली गोल गर्दा दर्शकले हौसला थपेका थिए । हेम तामाङले गोलकिपर अगाडि बढेको अवस्थामा हानेको बल सिधै पोष्टभित्र छिरेपछि खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । निरन्तर आक्रमणको रणनीतिमा उत्रिएको मनाङ मर्स्याङदीले ७० औं मिनेटमा निरजरेमी मगरको पासमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता तेब्बर बनाए भने म्यान अफ दि म्याच शिव श्रेष्ठले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सेमिफाइनलको यात्रा पक्का बनाए ।

पोखरामा स्थानीय छोटा ‘सेक्स भिडियो क्लीप्स


पोखरामा स्थानीय छोटासेक्स भिडियो क्लीप्सको विगविगी बढेको पोखरा तथा आसपासमा मोवाईलबाट खिचिएका विभिन्न थरीका छोटा अश्लील भिडियो क्लीप्स छ्याप्छयाप्ती भेटिन थालेका छन् रमाईलो वा ब्ल्याकमेलिङ्ग गर्नका लागि खिचिएका भिडियो क्लीस असावधानी पूवक र्सवाजनिक भएका हुन यस्ता भिडियो क्लीप्स कलेज पढ्नेटिन एजरदेखि पाका उमेर समुहका व्यक्तिका समेत छन् केटा केटी यौन क्रिडामा लिप्त भएका नभई केटीका मात्र अश्लील दृश्य भएका भिडियो क्लीप्सहरु आज भोली पोखरामा मोवाईल/मोवाईलमा ट्रान्सफर भईरहेका छन् पोखरामा विभिन्न व्यक्तिका मोवाईलबाट खिचिएका सेक्स भिडियो क्लीप्स र्सार्वजनिक भएका छन्
महिला पुरुष दुवैको सहमतिमा सहवासको दृश्य कस्तो देखिन्छ भनेर रमाइलोका लागि खिचिएका दृश्य मोवाईलको दुरुपयोगबाट र्सार्वजनिक हुदै आएका छन भने कतिपयले व्यक्तिको चरित्र हत्या तथा व्ल्याकमेलिङ्ग गरी भौतिक तथा शारिरिक शोषण गर्नका लागि योजना बद्ध ढंगले दृश्य खिचेको पाईएको समाजका विकृति विसंगति नियन्त्रण गरी समुन्नत समाज निमार्ण जिम्मा लिएको प्रहरी समेत यस्ता कार्यमा आरोपित बनेको र्सवाजनिक छवि बनाएका दुइ पाका उमेरका एक जोडीको अश्लील भिडियो क्लीप्स अहिले पोखरामा चर्चामा यो भिडियो क्लीप्स उनीहरुले खिचेको होइन उनीहरुलाई थाहै नदिई खिचिएको हो यो भिडियो खिचेको आरोप प्रहरीलाई लागेको ।तर, यसको आधिकारीक पुष्टी भने भएको छैन
करिव मिनेट लामो यो भिडियो क्लीप्स व्यवसायिक क्यामरामेनले खिचेको जस्तै हामी प्रहरी हौ, भन्दै उनीहरुलाई केरकार गरिएको सम्वाद पनि भिडियो क्लीप्समा पुरुषले कपडा लगाएको महिलालाई कपडा लगाउन भनेको सम्वाद दृश्य भिडियोमा बजारमा छ्याप्छ्याप्ती भएको उक्त भिडियो क्लीप्समा प्रहरी हौ, भन्ने मध्येका एक जनाको अनुहार पनि देख्न सकिन्छ चियो चर्चो पिछा गरेर दृश्य खिचिएको भएपनि उनीहरुलाई प्रहरी कार्यालयमा लगिएको रेकर्ड छैन यो घटना करिव एक महिना अगाडीको भएको स्रोतको दावी उनीहरुसँग ठुलै रकम लिएर क्लीप्स डिलेट गर्ने शर्तमा छाडिएको भएपनि भिडियो र्सार्वजनिक भएको स्रोतले बताएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता विश्वराज अधिकारीले उनीहरु र्सार्वजनिक ठाँउमा पक्राउ गरेको बारेमा जानकारी नभएको बताए उनले भिडियो क्लीप्स र्सार्वजनिक भएको बारेमा भने जानकारी पाएको अनुसन्धान भईरहेको जानकारी दिए

४-१ को फराकिलो गोल मछिन्द्रलाई हराउदै आर्मी सेमिफाइनलमा



पोखरा १७, माघ
कमजोर प्रतिद्धन्द्धी मछिन्द्र क्लबलाई - को फराकिलो गोल अन्तरले हराउदै नेपाली सेनाको आर्मी क्लबल आहाको आठौं सस्करणको सेमिफाइनल प्रवेश
  पहिलो हाफमै तीन गोलले अग्रता लिएको आर्मीले ८२ औं मिनेटमा खेलको १० औं मिनेटमा रामकुमार विश्वासले गोल गदै अग्रता दिएका थिए ।उनले राजु तामाङको पासमा उत्कृष्ट हेड गर्दै अग्रता दिलाएका थिए
 आर्मीका अगाडि निरिह बनेका मछिन्द्रका खेलाडिको कुनै सिप चलेन शारिरिक रुपमा साना कलिला खेलाडीको जमात आर्मीका बलिया अग्ला खेलाडिले दबदबा कायम
 खेलको १७ औं मिनेटमा दोस्रो गोल बिकर्ण श्रेष्ठले गरे हरि महतोको प्रहार गोलकिपर विशाल मगरको हातबाट फुत्किएको बललाई बिकर्ण श्रेष्ठले गोल गरेका हुन् आर्मीका अग्ला खेलाडीको सामु होचो कदका मछिन्द्रका खेलाडीले रोक्ने प्रयास असफ बन्यो
 दुई गोलले पछिपरेको मछिन्द्रले २९ औं मिनेटमा अर्को दुर्भाग्य सहनुपर्यो रुपेश केसीले आर्मीका विश्व बैराग समाललाई डिबक्समा लडाएपछि पाएको पेनाल्टी अवसरलाई राजु तामाङले गोल गर्दै पहिलो हाफ - मा टुंगियो नरेश पोखरेलको पासमा कर्ण लिम्बुले ७९ मिनेटमा हेड गोल गदै मछिन्द्र लागि सान्त्वना गोल गरेर बाँकी दर्शको सहानुभुति बटुलेका थिए उनले गोल गरेको तीन मिनेट पनि वित्न नपाउदै म्यान अफ दि म्याच बिकर्ण श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै खेल - गोलअन्तरसँगै दोस्रा क्वाटरफाइलनको खेल टुङग्याए बिकर्ण पोखरेली चुनबहादुर थापाको क्रस पासमा बललाई पोष्टको दिशा दिएका थिए
मबारको तेस्रो र्क्वाटर फाइनल खेल मनाङ मर्स्याङदी ढाका स्पोर्टिङ क्लब बंगलादेश बीच हुने

Saturday, January 30, 2010

राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने

पोखरा, १६ माघ
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हालै गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने बताए
उनले उच्चस्तरीय राजनीतिक संयन्त्र नयाँ सरकार गठन गर्नका लागि नभएको पनि स्पष्ट पारे
पोखरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले हालै निःशस्त्रीकरण हुन नसक्ने भनी दिएको अभिब्यक्तिको समेत कडा प्रतिकार गरे
उनले भने, माओवादीको यसखालको अभिब्यक्ति शान्तिसम्झौता अन्तरिम संविधान विपरीत यसले शान्तिप्रक्रियामा आघात पुर्याउँछ
काँग्रेसभित्र नेतृत्व परिवर्तनका लागि चर्चा चलेको नि, भन्ने पत्रकारको जिज्ञासामा काँग्रेस उपसभापति पौडेलले बाहिर सुनिएजस्तो यसखालको कुनै पनि चर्चा नभएको स्पष्ट पारे