Monday, July 9, 2018

रोटरी पोखरा फिस्टेलको १६ औं पदस्थापन -Rotary Club of Pokhara Fishtail


पोखरा, २३ असार । 
रोटरी क्लब अफ पोखरा फिस्टेलको १६ औं र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।  
प्रमुख अतिथि डिस्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले नवनियुक्त बोर्ड डाइरेक्टरलाई शपथ ग्रहण गराउँदै रोटरी क्लबले हालसम्म गरेका कामबारे प्रकाश पारे । उनले रोटरी पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो कदम अग्रसर गराएको प्रति प्रशंसा गरे । समारोहमा रोटरी पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी थापा गिरीले आफ्नो कार्यकाल वर्ष २०१७/०१८ मा गरिएका क्रियाकलापबारे जानकारी गराइन् । यस्तै, नवनियुक्त प्रेसिडेन्ट बाबुराम पाठकले वर्ष २०१८/०१९ मा आफूले गर्ने कार्ययोजना बारे जानकारी दिए । 
क्लबको नवनियुक्त बोर्ड डाइरेक्टरमा प्रेसिडेन्ट इमिडिएट बाबुराम पाठक, निवर्तमान प्रेसिडेन्ट लक्ष्मी थापा गिरी, पे्रसिडेन्ट इलेक्ट अर्जुन थापा, भाइस प्रेसिडेन्ट रमेशप्रसाद कोइराला, सचिव दीपक पोखरेल, कोषाध्यक्ष लक्ष्मी कुवर, सर्जेन्ट एट आर्म पूर्व अध्यक्ष भुवनसिंह गुरुङ, क्लब टे«नर पूर्व अध्यक्ष विनोद कोइराला, क्लब मेन्टर पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, एड्मिन डाइरेक्टर पूर्व अध्यक्ष नरबहादुर गुरुङ, मेम्बरसीप डाइरेक्टर पूर्व अध्यक्ष रमाकान्त बराल, सर्भिस प्रोजेक्ट डाइरेक्टर पूर्व अध्यक्ष नारायण शर्मा, युथ सर्भिस डाइरेक्टर पूर्व अध्यक्ष जयेन्द्र गौचन र वेवमास्टरमा आदित्य चन्द छन् । चियरमेम्बरमा एड्मिनतर्फ अशोक चालिसे, पब्लिक रिलेसनमा बिमला भण्डारी, मेम्बरसीप चियरमा जगनसुब्बा गुरुङ, सर्भिस प्रोजेक्टमा प्रेमबहादुर थापा, टिआरएफमा वासु त्रिपाठी र युथ सर्भिसमा रञ्जु गुरुङ चयन भए । 
सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१७।१८ की अध्यक्ष अमृता पौडेलले वर्ष २०१८।१९ की अध्यक्ष विद्या कोइरालालाई पद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा रोटरियन रोश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘फिस्टेल’ स्मारिका र रोट्रयाक्ट पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरिएको थियो ।
पोखराका सम्पूर्ण क्लबका इनकमिङ र आउटगोइङ प्रसिडेन्ट लगायत डिष्ट्रिक अफिसियल मेम्बरको सहभागिता रहेको कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई अवार्ड प्रदान गरिएको पब्लिक रिलेसन डाईरेक्टर बिमला भण्डारीले जानकारी दिइन् । 
कार्यक्रममा स्वागत रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् । 
पृथ्वीरुपा माविको भवन निर्माणमा सहयोग पु¥याएको रोटरी पोखरा फिस्टेल खानेपानी, शिक्षा, छात्रवृत्ति लगायत सामाजिक कार्यमा सक्रिय रहँदैआएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.