Tuesday, July 17, 2018

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड-Pokhara News

पोखरा, ३२ असार

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल  टेवानले आयोजना गरेको अशक्त महिला सशक्तिकरणका लागि मेहेन्दी विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटकीय नगरी पोखरामा अशक्त पर्यटकहरुको पनि आगमन हुने भएकोले पोखराका भौतिक संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयको प्रवद्र्धन, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपाल र महिला अपाङ्गता सशक्तिकरण कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय सदस्य तथा गुरुङ ब्युटी पार्लर एकेडेमी प्रा.लि.का प्रबन्ध निर्देशक चिनु गुरुङले अशक्त महिलाहरुको सशक्तिकरणको लागि आफु जहिले पनि सकारात्मक भएको बताउँदै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन उद्यमशिलताको तालिम दिन आफु तयार रहेको बताए । टेवानले आयोजना गरेको मेहन्दी कार्यक्रमले पनि अशक्त महिलाहरुलाई उद्यमशिल बनाउन मद्दत पुग्नेमा गुरुङले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयका अधिकृत प्रदिप गैरे, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपालका अध्यक्ष हेम गुरुङ, महिला अपाङ्गता सशक्तिकरण कास्कीका अध्यक्ष अञ्जना केसी लगायतले अपाङ्गता भएका महिलाहरु पनि सपाङ्गता जसरी उद्यमी गरेर आर्थिक रुपमा सक्षम बन्ने सक्नेमा जोड दिएका थिए । 

मेहेन्दी लगाउन उलेख्य मात्रामा महिलाहरुको सहभागीता रहेको कार्यक्रममा शारीरिक रुपमा अशक्त महिलाहरुले सहभागीलाई मेहेन्दी लगाईदिएका थिए । कार्यक्तम टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल टेवानका अध्यक्ष लक्की कार्कीको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.