Saturday, July 7, 2018

सरकारले गर्नुपर्नेकाम जनताले गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री द्धारा प्रसंसा





स्याङजा २३ ,असार ।

   स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्वुलेन्स सेवा शुरुभएकोछ । स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले एक कार्यक्रमका विच स्वरेक टापु बाट एम्वुलेन्स सेवा शुभारम्भ गर्नुभयो । नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले संयुक्त रुपमा संचालन गर्ने एम्वुलेन्सको साचो पत्रकार एवं नमुना स्वरेक सहयोगी समाजका अध्यक्ष घनश्याम पाण्डेय लाई मन्त्रीले हस्तान्तरण गर्नुभयो ।

 मन्त्री अर्यालले एम्वुलेन्स खरिद एकताले नै सम्भव भएको भन्दै स्वदेश विदेश बाट  अभियानमा लाग्नेहरु प्रति प्रसंसा गर्नुभयो ।अब  स्वरेकमा विकासको शुरुवात भएको भन्दै वालिङ मिर्दि देखि स्वरेक मैदान बाटो पिचको काम शुरु हुने बताउनु भयो । उहाँले भीरकोट सुन्दर बजार स्वरेक भञ्ज्याङ हुदै मैदान जोडने बाटो पनि पिच गर्न आफुले पहलगर्ने बताउनुभयो ।विकासको लागि सवै संग हातेमालो गर्ने भन्दै मन्त्री अर्यालले स्वरेक लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराएर छाड्ने बताउनु भयो । सिदार्थ राजमार्गको छेउमा हुदा पनि आज सम्म विकास नभएको भन्दै मन्त्री अर्यालले अब विकास गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले स्वरेकमा स्थास्थ चौकी निर्माण छिटै हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायि समिति सदस्य एवं साँसद मुकुन्द न्यौपानेले स्वरेकमा एम्वुलेन्स ल्याउनको लागि पहलगर्ने सवै प्रति आभार प्रकट गर्दे एम्बुलेन्स आपतकालिन अबस्थामा साथी भएको बताउनुभयो ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले एम्बुलेन्स सञ्चालन दिगो बनाउनु पर्नेमा जोड दिदै खनालले ठिक ढंगले विरामीको रेकर्ड राख्न आग्रह गर्नुभयो । कुल खर्चको ५० प्रतिशत खर्च भीरकोट नगरपालिका साझेदार गर्न तयार रहेको खनालले उदघोष गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता चक्र बहादुर पराजुलीले एम्बुलेन्स सेवा सञ्चालन आउनु स्वरेकीहरुको लागि खुशीको खबर भएको बताउनु भयो ।

वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले एम्वुलेन्स सञ्चालनमा वालिङ नगरपालिकाको पनि साथ रहने बताउनु भयो ।

पर्यटन मन्त्रालयका पुर्व सह सचिव उमाकान्त पराजुलीले आफ्नो जन्मभुमिमा एम्वुलेन्स संचालनमा आएको भन्दै सवै स्वरेकी हर्षित भएको बताउनुभयो ।

पराजुलीले दिगो रुपमा एम्वुलेन्स संचालनको लागि नगरपालिकाले अभिभावको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स अभियानमा  स्वतस्फुर्त रुपमा सहयोग आएको भन्दै सहयोगीहरु प्रति धन्बयाद ब्यक्त गर्दे मन भएकाहरुको सहयोगले आफुहरु सफल भएको बताउनु भयो । पाण्डेय १३ लाख संकलन भएकोमा एम्बुलेन्स सञ्चालन सम्म ल्याउदा कुल ११ लाख ५० हजार खर्च भएको बताउनु भयो । स्वरेकमा एम्बुलेन्स मात्रै देखिएको तर एम्बुलेन्स ल्याउन धेरैको धेरै ठाउँमा पसिना बगेको भन्दै विदेशी भुमिमा बगाएको पसिना बाट एम्वुलेन्स आएको भन्दै दिगो रुपमा सञ्चालन गर्न सवै स्वरेकीले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वालिङ ११ का वडा अध्यक्ष बसन्त मल्ल र र भीरकोट ५का वडा अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण)ले एम्वुलेन्स सञ्चालनको लागि आफुहरुको सधै साथ रहने बताउनु भयो ।

कार्यक्रममा एम्बुलेन्स अभियानमा सहयोग गर्नेहरु लाई स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल , भीरकोटका मेयर छायाराम खनाल, समाजका अध्यक्ष घनश्याम पाण्डेय लगायतले  सम्मान  गर्नुभएको थियो । कार्यक्रममा  एक घर एक आजिवन सदस्यता अभियान अन्तरगत हाल सम्म झण्डै २ सय जना आजिवन सदस्य भएकाहरु लाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । र्काक्रममा समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनी,सचिव इन्द्र प्रसाद पराजुली(नबराज)लगायले बोल्नुभएको थियो ।

नमुना स्वरेक सामाजिक कोष कतार अन्तरगत शुरुमा एम्बुलेन्स अभियानका अभियन्ताहरुमा संयोजक भेषराज पराजुली,सह संयोजक जीवन पौडेल रहुनभएको थियो । सदस्यहरुमा विष्णु पंगेनी,बालकृष्ण पराजुली , गोविन्द पराजुली र इश्वर पराजुली रहुनभएको थियो । नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक घनश्याम पाण्डेय रहुनभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.