Tuesday, December 1, 2015

जापानमा ड्याम साईड क्लब विजयी -Pokhara-News-Japan


पोखरा, १५ मंसीर
जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ ।
आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो । फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश/दश हजार नगद पुरस्कार हात पारेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.