Sunday, September 8, 2013

राष्ट्रिय तेक्वान्दो महोत्सव पाल्पामा-National Taekwondo Festival in Palpa

 
माधव अर्याल
पाल्पा– नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना यही भदौ २८ र २९ गते तानसेनमा ‘राष्ट्रिय तेक्वान्दो महोत्सव’ हुने भएको छ । तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा आठौं जनरल चोइ स्मृति आइटिएफ तेक्वाण्डो महोत्सव गर्न लागेको हो ।

नेपाल आइटिएफले चोइको स्मृतिमा हरेकवर्ष प्रतियोगितात्म महोत्सव गर्दै आएको छ । पाचै  विकास क्षेत्रको ३० जिललका ८१ क्लव साथै विभागीय टोलीको सहभागीता रहने छ । पाल्पा आइटिएफएको व्यवस्थापन र नेपाल आइटिएफले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मुल आयोजक समितिका संयोजक  रेवतबहादुर रानाले महोत्सवमा महासंघसंग आवद्ध देशभरका क्लव, डोजाङ्ग, स्कुल दुई विभागीय टोली एपिएफ र नेपाली सेनाबाट सहभागीता हुने बताए । स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशयल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाच विद्या प्रतिस्पर्धा हुनेछ । जसमा १ सय ४ स्वर्ण र रजत र १ सय ४० कास्य गरी जम्मा ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आइटिएफका महासचिवसमेत रहेका रानाले १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको स्पर्धा हुने बताए । यस्तै १४ वर्षमुनिका बालबालिकाहरुको व्ल्याक वेल्ट तथा करण वेल्टहरुको छुट्टाछुट्टै क्याटगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको उनले बताए । एकल स्पारिङ्ग तर्फ ३६ क्याटेगोरी हुनेछ । जसमा महिला, पुरुष र बालबालिका हुनेछन् । एकल प्याट्रनमा ३२ क्याटोगोरी, समूहगत प्याट्रन चार क्याटोगोरी हुनेछ । आयोजकका अनुसार पावर बे्रकिङ्ग दुई, स्पेसल टेक्निक दुई, सेल्फ डिफेन्स दुई क्याटोगोरी हुनेछ । प्रतियोगितामा झण्डै १० लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्ला अध्यक्ष निरबहादुर सारुले पर्यटकीय नगरमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पाउदा जिल्लाकै गौरव बढेको बताए । 

No comments:

Post a Comment

Please, comment about this article.